आधारभूत आवश्यकतामै चुक्छन् इलामका पर्यटन व्यवसायी

  • श्रावण २०, २०७९
  • भगीरथ भण्डारी
alt

धरान । इलामको सन्दकपुर गाउँपालिका २ का वडाध्यक्ष सोनाम राईले सन्दकपुर गाउँपालिकामा आएका पर्यटक बाटोमा हिडिरहँदा शौचालयको चावी समेत नदिएको गुनासो आएको बताए । उनले पर्यटनको कुरा गछौ तर एक पटक आएको पर्यटक अर्को पटक नआउने बनाएर पठाएपछि पर्यटनको विकास नहुने भन्दै साना कुरामा जिम्मेवार नबने सम्म पर्यटन विकास नहुने बताउँछन । सन्दकपुर महासँघ गाउँपालिका होमिस्टे इलामका अध्यक्ष जीवन शिवा पर्यटक आएपनि आएका पर्यटक राखेर संस्कार दिन नसकेको गुनासो गर्छन् । आएका पर्यटकलाई गरिने संस्कारमा कहिँ न कँहि चुकेको कारण एक पटक आएका पर्यटक फर्किँदा गुनासो गर्ने गरेको बताउँछन । पर्यटन व्यवसाय बढाउने हो भने प्रत्येक पालिकामा कमिटि गठन गरेर लाग्नु पर्ने उनको भनाई छ । सन्दकपुर महासँघ गाउँपालिका होमिस्टे इलामका उपाध्यक्ष लिला भट्टराई घुम्न आएका पर्यटकको सुरक्षा र सरसफाईलाई प्राथमिकतामा नराख्दा पर्यटन व्यवसाय फस्टाउन नसकेको बताउँछिन । ग्रामिण भेगमा आएका पर्यटकहरुले कतिपय ठाउँमा गालि र कुटाई समेत खाएको गुनासो आउनेगरेको भन्दै यस्ता घटनाले पर्यटन व्यवसायन फस्टाउने उनको धारण छ । पर्यटकको सुरक्षाको व्यवस्थापनमा सबै जिम्बेवार बन्नुपर्ने र प्याकेज बनाएर बेच्न सकियो भने मात्र पर्यटन व्यवसाय फस्टाउने उनको धारणा छ । सन्दकपुर गाउँपालिकाका होटल व्यवसायी चक्रदिप मुखिया होम स्टेको नाममा होटलमा पाउने सामान खुवाई रहेको बताउँछन । होमस्टे भनेर होमस्टेको आधारण अनुसार सेवा दिन सक्नु हुन्न भने होटल भनेरै चलाउनु पर्ने बताउँछन । होमस्टे भन्ने अनि ग्याँस चुलोमा चाउ चाउ बनाएर होटलमा जस्तो टेवलमा दिएर पर्यटकलाई ढाँट्न नहुने भन्दै होमस्टेमा बस्ने पर्यटकले माटोको चुलोमा आगोले पकाएर गुन्द्रिको पिरामा बसेर खान पाउँदैनन भने होमस्टे होईन होटल भन्नुपर्ने बताउँछन । उनी कहिलेसम्म होटलको अवधारण कपि गर्ने र होमस्टे भनेर पर्यटकलाई झुक्याईराख्ने भन्दै गुनासो पोख्छन । सन्दकपुर गाउँपालिका वडा नं ३ का वडाध्यक्ष लिला बहादुर बुर्जा सन्दकपुरमा अथाहा सम्भावना भएपनि त्यसलाई बेच्न नसक्दा पछिपरेको गुनासो गर्छन । ग्रामीण पर्यटनका लागि बाह्रैमहिना यातायात सञ्चालन हुन नसक्दा पनि पर्यटन क्षेत्र पछिपरेको बताउँछन । ग्रामिण पर्यटन व्यवसायको विकास गर्नका लागि बाटो, सार्वजनिक शौचालय, होमस्टेको संरक्षण, विविधता संरक्ष्ण र पर्यटक माथि गरिने व्यवहार परिवर्तन गर्ने र प्याकेज बनाएर अघिबढ्नुपर्ने इलाम नगरपालिकाकी प्रशासकीय अधिकृत लुना खतिवडा बताउँछिन । त्यस्तै सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राई पर्यटन विकास भनेर पाँच वर्ष सम्म पालिका लागि पर्दा समेत सफल नभएको भन्दै जिल्लाका सबै पालिका एक भएर लाग्नुपर्ने बाताउँछन । स्थानीय स्तरबाटमात्रै पर्यटन विकास सम्भव नहुने भएकाले निजि क्षेत्रलाई लगानी गर्नकालागि प्रोत्साहन गर्नुपर्ने राईको भनाई छ ।

सन्दकपुर गाउँपालिकाका उपाध्यक्ष हरी लंगेलीले अवको एक वर्ष पछि सन्दकपुरमा आउने पर्यटक कारमा आउन सक्ने बताएका छन । उनले पालिकाले बजेट विनियोजन गर्दा विभिन्न क्षेत्रमा छुट्याएको बजेट पर्यटन विकासमा लगानि गर्न आग्रह गरेका छन । महिलाको क्षेत्रमा छुट्याएको बजेटले त्यस क्षेत्रको पर्यटन विकासमा लगानी गर्ने, क्षेधमा छुट्याएको वजेट संस्कृति अनुसार पर्यटन क्षेत्रमा लगानि गर्ने हो भने विकस गर्न कुनै समस्या नरहने बताए । उनले एक वर्ष सबै क्षेत्रको बजेट पर्यटन विकासमा सपोट पुग्नेगरी काम गर्नेहो भने पर्यटन व्यवसायमा विकास गर्न सकिने बताएका छन ।

इलामको पर्यटन विकासका लागि पर्यटकलाई गर्ने व्यवहारमै भरपर्ने केचना कञ्चनजंघा पर्यटन प्रवर्दन विकास समितिका कार्यकारी निर्देशक केशव धौराली बताउँछन । सेवासुविधा, सुरक्षा, सरसफाई, सूचना, समन्वय र संस्थागत विकास जस्ता कुरामा ध्यान दिन नसके पर्यटन क्षेत्रको विकास हुन नसक्ने बताउँछन ।

प्रसस्तै सम्भावना बोकेको इलाम आधारभूत आवश्यकतामै कमजोर बन्दा पर्यटन व्यवसाय फस्टाउन नसकेको पाइएको छ । ग्रामीण पर्यटकका रुपमा आउने पर्यटकलाई आकर्षण गर्न त्यहाँको संस्कार अनुसार व्यवहार नगरेको कारण पर्यटन व्यवसायको विकास हुन नसकेको पाईएको हो । घुम्न आएका पर्यटकलाई काहँ जाने के खाने र बास बस्न कहाँ पुग्ने भन्ने जानकारी सम्म नहुँदा पर्यटक अलपत्र पर्ने गरेका कारण पर्यटन व्यवसाय फस्टाउन नसकेको हो ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved