धरान/ धरान–१२ को मेघा हिमालयन कलेजले कक्षा ११ मा भर्नाका लागि सोमबार प्रवेश परीक्षा लिएको छ । २०७८ मा एसईई दिएर उत्तीर्ण भएका विद्यार्थीहरू परीक्षामा सहभागी भएका हुन् ।प्रवेश परीक्षामा ५ सय ७८ विद्यार्थी सहभागी भएको व्यवस्थापन सङ्काय संयोजक चन्द्र वनेमले जनाए । विद्यार्थीहरूको उत्साहजनक सहभागिताले आपूmहरूलाई उत्साही बनाएको उनको भनाइ छ । आफूहरूले प्रदान गरिरहेको गुणस्तरीय शिक्षाकै कारण मेघाप्रति विद्यार्थीहरूको यो आकर्षण देखिएको कलेजका प्रिन्सिपिल भाष्कर पौड्यालले बताए । ‘गुणस्तरीय शिक्षा नै हाम्रो मुख्य लक्ष्य हो’, प्रिन्सिपिल पौड्यालले भने, ‘यसमा कुनै सम्झौता हुँदैन ।&
धरान/ धरान–१२ को एम्स एकेडेमीले कक्षा ११ मा भर्नाका लागि सोमबार प्रवेश परीक्षा लिएको छ । २०७८ मा एसईई दिएर उत्तीर्ण भएका विद्यार्थीहरू परीक्षामा सहभागी भएका हुन् । प्रवेश परीक्षामा ४ सय ५० भन्दा बढी विद्यार्थी सहभागी भएको एकेडेमीका संयोजक हेमन्त भण्डारीले बताए । एकेडेमीमा अहिले साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, शिक्षा र मानविकी सङ्कायमा अध्ययन–अध्यापन भइरहेको छ । विद्यार्थीहरूबाट माग आएकाले यसै शैक्षिक सत्रबाट होटल म्यानेजमेन्टको पठनपाठन पनि शुरु गरिएको व्यवस्थापन सङ्कायका संयोजक दुर्गा सुवेदीले बताए । गुणस्तरीय शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा समेत विशेष जोड दिइने
धरान । बचत गरिएको रकम फिर्ता गर्न पहल गरिदिन माग गर्दै आन्दोलनमा रहेका बराह बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दिएको जवाफले भिडलाई द्वन्दात्मक अवश्थामा पु¥याएको छ । मेयर साम्पाङले आइतबार धरान उपमहानगरपालिका पुगेका बचतकर्तालाई सहकारीमै गएर माग्नुस भन्दै जवाफ दिए पछि अवश्था द्वन्दात्मक अवश्थामा पुगेको छ । न्यायका लागि स्थानीय सरकारलाई गुहारिरहेका बचतकर्ता प्रति मेयरले दिएको गैह्रजिम्मेवार जवाफले सहकारी र बचतकर्ता बिच द्वन्द बढ्ने सक्ने भन्दै सामाजिक सञ्जालहरुमा नागरिकहरुले चिन्ता व्यक्त गरेका छन् । मेयर साम्पाङले बराहमै गएर आफ्नो फसेको रकम उठाउन
धरान । सूर्योदय नगरपालिका इलामले आर्थिक वर्ष २०७९÷८० को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाले एक कार्यक्रम आयोजना गरी १ अर्ब ३५ करोड ७९ लाख ५७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो । शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई प्राथमिकतामा राखेर निर्माण गरिएको बजेट सार्जजनिक गरिएको हो । नगरप्रमुख रणबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश १ का संस्कृति तथा पर्यटन मन्त्री खिनु लङ्वा लिम्बुले नगरपालिकाले ल्याएको बजेटको प्रशंसा गरिन् । लैङ्गिक समानताका आधारमा बजेट ल्याएको भन्दै पूर्ण कार्यान्वयनको शुभकामना व्यक्त गरिन् । मन्त्री लिम्बूले त
धरान । एम्स कलेज विराटनगरले अध्ययनरत बिद्यार्थीहरुलाई समावेश गराएर फुटससल प्रतियोगिता आयोजना गरेको छ । बिराटनगर–९ मा रहेको कलेजले बिबिएस्, बिएचएम र बिएससि सिएस. आइटी संकायमा अध्ययनरत बिद्यार्थीहरु प्रतिस्पर्धामा सहभागी गराएको थियो । पढाइका अतिरिक्त अतिरिक्त क्रियाकलापबाट विद्यार्थीको शारीरिक तथा मानसिक तन्दुरुस्त राख्न सहयोग पुगोस् क्याम्पसका प्रबन्ध निर्देशक दिक्षान्त पोखरेलले बताए ।
धरान । सर्दूजलाधार क्षेत्रमा नपर्ने जग्गा समेत रोक्का भएपछि बैंकिङ कारोबार तथा विक्री गर्न नपाएपछि धरान १३ का सर्वसाधारण पीडित बनेका छन् । साविकको बाँझागारा ९.‘क’ मा पर्ने शहरी क्षेत्रका जग्गा रोक्का भएपछि स्थानीय सर्दु जलाधार क्षेत्रको क्षेत्र छुट्याएर सिमांकन गर्न र जलाधार क्षेत्रमा नपरेका घर जग्गालाई फिर्ताको माग गर्दै आन्दोलित भएका छन् । वर्षौदेखि भोगचलन गर्दै आएको शहरी क्षेत्रको जग्गालाई समेत सर्दू जलाधार क्षेत्रसँग जोडिएर रोक्का गरिएपछि स्थानीय आन्दोलित भएका हुन् । यसको समाधानार्थ पीडितले पहल समिति निर्माण गरेका छन् । उनीहरुले पहिले शान्तिपूर्ण आन्दोलन र पछि संघर्षका कार्यक
धरान । नेपाल प्रेस युनियन सुनसरीले निर्माण गरेको भिडियो डकुमेन्ट्री सार्वजनिक गरेको छ । नेपाल प्रेस युनियन सुनसरीको आधिकारिक युट्युब च्यानलमार्फत उक्त डकुमेन्ट्री सार्वजनिक गरिएको हो । प्रेस युनियनको नवौँ महाधिवेशनमा समय अभावका कारण प्रस्तुत गर्न नसकिएपनि आफूहरूले शुक्रबार युट्युबमार्फत वृत्तचित्र सार्वजनिक गरिएको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले जानकारी दिए । ‘म अध्यक्ष भएर आएको करीब २८ महिनाको अवधिमा हाम्रो कार्यसमितिले गरेका महत्वपूर्ण कामबारे वृत्तचित्रमार्फत प्रस्तुत गरिएको छ’ अधिकारीले भने, ‘१५ मिनेटको वृत्तचित्रमा हामीले सञ्चारकर्मीहरूका लागि गरेको महत्वपू
धरान । श्रावण महिनाको हरेक सोमबार रोट्रयाक्ट क्लब अफ धरान घोपाले रोटरी क्लब अफ धरानसँग सहकार्य गरेर निः शुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । शिविरमा निःशुल्क सामान्य परीक्षण, निःशुल्क बीपी जाँच, निःशुल्क प्राथमिक उपचार र निःशुल्क आवश्यक औषधि उपलब्ध गराएको क्लबले जानकारी दिएको छ । सप्तकोशीबाट जल ल्याई पिण्डेश्वर मन्दिरमा चढाउन आएका भक्तजनहरुको सेवाका लागि क्लबले पिण्डेश्वर स्वास्थ्य शिविर राखेको छ । क्लबले जल चढाउन भक्तजनहरुको स्वाथ्यमा कमजोर देखिएमा जीवनजल, खाली खुट्टा पैदल हिडेर आएकाहरुका घाउ चोट लागेमा प्राथमिक उपचार र दुखाई कम गर्न पेनकिलर निःशुल्क वितरण गर्ने गरेको छ । शिवरमा डा.
धरान । दक्षिण एसियाकै उत्कृष्ट अस्पताल धरानस्थित बीपी कोइराला प्रतिष्ठानमा मा उपचारमा आउने विरामीले साना साना समस्याबाट हैरानी व्यहोर्नु परेको छ । प्रतिष्ठानभित्र उपकरण विग्रिरहने रोग त पहिलादेखि नै थियो तर त्यो भन्दा पनि सुधार गर्दा हुने कुरालाई समेत प्रतिष्ठानले वेवास्ता गरेका कारण सर्वसाधारणले हैरानी व्यहोर्नु परेको हो । विर्तामोडका हरि कार्की आफै विरामी भएर प्रतिष्ठानमा उपचार गराउन आए । थाइराइड्स र कोल्डस्टोरका विरामी उनी ‘फ्लोअप’ का लागि चिकित्सकलाई देखाउन आएका हुन् । शुक्रबार विहान विल काटेर लाइनमा लगाएर रिपोर्ट लिन जाँदा उनको पालो कटिसकेको थियो । रिपोर्ट दिने ठाउँमा
धरान । शुक्रबार पूर्वको भ्रमणमा निस्किएका सहरी विकासमन्त्री मेटमणि चौधरी धरान ६ पानबारीमा भएको भेन्जर वेष्ट टु इन्नर्जी प्रा.लि.द्वारा सञ्चालित फोहोर प्रशोधन केन्द्रको निरीक्षण गर्न पुगे । उपमहानगरमा केही व्यवसायीहरुले फोहोर संकलन गरी ग्याँस र मल उत्पादन गर्ने गरेको सुनेपछि उनी त्यहाँ रहेको फोहोर प्रशोधन केन्द्रको विषयमा नबुझी फर्कन सकेनन् । उनले त्यहाँ रहेको सम्पूर्ण उपकरणको अवलोकन गरे । अवलोकन गरेपश्चात उनी मोहित बने । उनले अवलोकनकै क्रममा भने–‘धरानले गरेको फोहोरबाट मोहर कमाउने अभियान अब सबै सहरहरुमा गर्ने योजना अगाडि बढाएर म मन्त्रिपरिषद्मा कुरा राख्छु । ’ उनले ठूला सहर