सुनसरी/ आउँदो विहिबार देखि शुरु हुने १२ औं राष्ट्रिय जनगणनाको सम्पूर्ण तयारी पुरा भएको सुनसरी जिल्ला जनगणना कार्यालयलेजनाएको छ । जिल्लाको १२ वटै स्थानीय तहको १ सय २४ वटै वडाका विभिन्न समुदाय तथा समाजका सबै तहतप्काको सहभागिता गराउने गरि तयारी पुरा भएको कार्यालयले जनाएको छ । मंगलबार जिल्ला जनगणना कार्यालय सुनसरीले राष्ट्रिय जनगणना २०७८ को सन्दर्भमा पत्रकार भेटघाटमा प्रत्येक वडामा गणकहरुलाई स्थलगत तथ्याङ्क संकलनका लागि सम्बन्धित स्थानमा पठाउने काम भएको जनाएको छ । यसअघि राष्ट्रिय जनगणनामा खटिने एक हजार २४ गणकका लागि चार दिने अभिमुखिकरण तालिम दिइएको थियो भने २ सय ३५ जना सुपरिवेक्षक खटाएर भदौ
धरान\ पछिल्लो समय हरेक पर्व नेपालीहरुको राष्ट्रिय पर्व बन्दै गएका छन् । विगतमा मधेशी समुदायलेमात्र धुमधामका साथ मनाउदै आएको छैठ पर्व अहिले पहाडी समुदायभित्र रहेका हरेक जातजातिले छैठ पर्व मनाउन थालेका छन् । धरानमा समेत यो पर्व राष्ट्रिय पर्वको रुपमा मनाउन थालिएको छ । विगतमा दुई चार जना मधेशी समुदाय सेउती तथा सर्दु खोलामा गएर छैठ पर्व मनाउने गर्दथे । अहिले यो पर्व सबैको पर्व बन्न थालेपछि छैठपर्वलाई भव्यताका साथ सम्पन्न समिति नै बन्न थालेका छन् । यसलाई सकारात्मक रुपमा लिन सकिन्छ । समग्रमा भन्दा छैठ पर्वले धार्मिक तथा सामाजिक सद्भावलाई बढाएको छ ।छैठपर्व आउन एक दिन अगाडि धरानमा सेउती र सर्दु
धरान/ नेकपा एमालेभित्रको विवाद समाधान भएको प्रचार बाहिर आएपनि जेष्ठ २ गते अघिको कमिटीका जिल्ला सदस्यहरुले वैठकमा सहभागी नहुने जनाएपछि अझै पनि विवाद कायमै भएको स्पष्ट भएको छ । बुधबार बिहान होटल ड्रिमल्याण्ड होटलमा भएको असन्तुष्ट पक्षहरुको भेलाले आधिकारिता नै नभएको बैठकमा आफूहरु सहभागि नहुने भन्दै विज्ञप्ती नै प्रकशित गरेपछि एमालेभित्र अन्तरद्वन्द्व झन झन चर्किदै गएको प्रष्ट हुन्छ । जिल्ला कार्य समितिमा रहेका लक्ष्मी बानिया, राजमणि निरौला लगायत ३२ जनाले विज्ञप्तीमा हस्ताक्षर गरेका छन् । हस्ताक्षरित विज्ञप्तीम, पाटीबाट सञ्चालन हुनुपर्नेमा सुनसरीमा भने व्यक्तिगत तजविजले सञ्चालन भएको, एउट
भोजपुर / खुकुरीबाट देश, विदेशमा चिनिएको भोजपुरमा खुकुरी बनाउने कालीगढ नहुँदा पेशा लोप हुन थालेको छ।खुकुरीले ख्याती कमाएको जिल्लामा दक्ष कालीगढ अभावले उत्पादनमा कमी आएको स्थानीय व्यापारीहरूको भनाइ छ। खुकुरी बनाउने पेशालाई इज्जत नदिने गरिएकाले पनि यो पेशा संकटमा परिरहेको उनीहरूको भनाइ छ। यस क्षेत्रमा भोजपुरे, सिरुपाते, चित्लाङ्गले कोथीमोडा लगायतका खुकुरी बन्ने गरेका छन्। यी खुकुरीको माग बजारमा राम्रो छ। तर कालीगढ र कच्चा पदार्थ अभावसँगै यो पेशा संकटमा पर्दै गएको ४० वर्षदेखि खुकुरी बनाउँदै आएका हर्कबहादुर विश्वकर्मा बताउँछन्। ‘खुकुरी बनाउने पेशा संकटमा छ। पेशा संकटमा पर्नुको मुख्य कारण यस
धरान/ आर्थिक अभावका कारण उपचार हुन नसकेपछ घरमै साङलोले बाध्य बाध्य हुन्छ ।पछिल्लो समय फक्ताङलुङ गाउँपालिका–४ इखाबुका एक युवकलाई सात महिनादेखि साङ्लोले बाँधेर राखिएको घट्ना सावजनिक भएको छ । घर छोडेर हिँड्न थालेपछि मानसिक बिरामी १९ वर्षीय सरोज लिम्बुलाई घरमै बाँधेर राखिएको हो । उपचारका लागि आर्थिक आभव भएकाले समयमै उपचार हुन नसकेको परिवारका सदस्यहरूले बताएका छन् । निको हुने रोग भएपनि उनी सात महिनादेखि घरमै पशु झै सांग्लोले बाधिएर बस्न बाध्य भएका छन् । यस भन्दा अगाडि पनि यस्ता घट्नाहरु धेरै भएपनि सम्बन्धित पक्षले कहिलै आँखा लगाएको पाइएन । पीडितका परिवारले समेत लिम्बुको उपचारमा धेरै पटक प्र
काठमाण्डौं/ बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिनुहुने भएको छ । उहाँ यही कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । सरकार गठन भएको ३० दिनभित्र प्रदेशसभामार्फत विश्वासको मत लिनुपर्ने प्रावधान छ । प्रदेशसभा बैठक आज दिउँसो ३ बजे बस्ने र सोही बैठकमा आज नै विश्वासको मत लिने प्रक्रिया सुरु गरिने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो । “भ्याएसम्म विश्वासको मत लिने सबै प्रक्रिया आजै सकिन्छ, नभ्याए मात्र बाँकी प्रक्रिया भोलिका लागि सर्छ”, उहाँले भन्नुभयो । प्रदेशसभामा १०९ सदस्यमध्ये ५९ का समर्थनमा मुख्यमन्त्री बन्नुभएका पाण्डेले सजिलैसँग विश्वासक
धरान/ उदयपुरको बेलका नगरपालिका वडा नं. ५ मा रहेको भुतिया दह प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । भ्रमण बर्ष २०२० मा अधिक भन्दा अधिक आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउदै भुतिया तालमा पर्यटक भित्र्याउने उद्देश्य लिएपनि कोरोना संक्रमणका कारण भ्रमण बर्ष नै प्रभावित बनेपछि यो तालको प्रचारप्रसारमा अझ बाधा पुगेको थियो । बेलका नगरपालिका वडा नंं ५ को वडा कार्यालयबाट करिब अढाइ किलोमिटर दूरीमा रहेको यो ताल अत्यन्तै आकर्षक रहेता पनि यहा सोचेजस्तो पर्यटक आउन नसकेको बेलका नगरपालिका वडा नंं ५ का वडा सदस्य बीरबहादुर मगर बताछन । उनले भने–‘यो ताल नेपालको आकर्षक तालमध्ये एक हो, तर प्रचारप्रसा
फुङ्लिङ / ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सञ्चालन गरेको मे १ झ ३१७० नं को एम्बुलेन्स दर्घटना हुँदा एक महिलाकोे मृत्यु भएको छ । शनिबार राति मैवाखोलाको मिल्केडाँडामा सो एम्बुलेन्स दुर्घटना भएको थियो । त्यसमा परेर मैवाखोला–२ की १६ वर्षीया हेमकला थोप्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । एम्बुलेन्समा चालकसहित सात जना सवार थिए । अरु छ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिनुभएको छ । मैवाखोला गाउँपालिका केन्द्र साँघुबाट बिरामी वीरबहादुर लिम्बूलाई लिएर धरान जाँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको
काठमाण्डौं / नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र संविधानलाई संरक्षण गर्दै मुलुकलाई समृद्ध बनाउन आफ्नो पार्टी कटिबद्ध भएको बताउनुभएको छ । एमालेको कर्णाली काठमाडौँ सम्पर्क कमिटीले आज काठमाडौँमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले एमाले नभएको भए विसं २०१७ सालमा झैँ अहिले पनि व्यवस्था र संविधानलाई च्यातेर फाल्ने काम भइसक्ने टिप्पणी गर्नुभयो । उहाँले एमाले शक्ति मुलुकमा रहेकै कारण नयाँ संविधान जारी भएको चर्चा गर्दै संविधानको रक्षा भएकाले सबै कार्यकर्ताले यसबारे जनस्तरमा चेतना फैलाएर आगामी निर्वाचनमा जित्ने गरी काम गर्न आग्रह गर्नुभ
धरान। बराह ग्रुप अफ कम्पनीले तिहारको अवसरमा बराह लक्की बम्पर उपहार योजना ल्याएको छ । ग्राहकहरुले बराहमा नुन देखि सुनसम्मको खरिदमा यो योजनामा सामेल हुन बराहले जनाएको छ । भाग्यशाली ग्राहकले निसान ब्राण्डको म्यागनाईट शानदार कार र १ किलो सुन जित्न सक्ने बराहले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ । यस्तै, बराह स्पेसल डिसकाउन्ट कुपनसंगै बराह लक्की पर्सन अफ द डे पनि बन्न सक्ने घोषणा गरेको छ। कम्पनीका अनुसार बराह लक्की बम्पर उपहार योजना अन्तर्गत १ किलो सुनको लक्की ड्र मा देशै भरीका बराहको शाखामा सुन खरिद गरेबापत ग्राहकहरु सामेल हुनेछन् । यस्तै, निसान ब्राण्डको म्यागनाईट कारको लक्की ड्र मा