पूर्वी नाकामा हेल्थ डेस्क राखिने

  • पुस १४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / विगतमा कोभिड संक्रमणले पु¥याएको धनजनको क्षतिलाई मध्यनजर गरी भारतबाट प्रवेश गर्ने पूर्वी नाका काँकडभिट्टामा हेल्थ डेस्क राखिएको भएको छ ।

विगतको कारोना कालमा पनि सञ्चालनमा ल्याएको हेल्ट डेस्किलाई छिमेकी मुलुक चीनमा नयाँ भेरियन्ट कोरोना भाइरसको सक्रमण फैलिन थालेपछि पूर्वी नाका काँकरभिट्टामा पुनः हेल्थ डेक्स सञ्चालनमा ल्याउन लागिएको हो ।

नेपाल–भारतबीच खुल्ला सिमानाका कारण निर्वाध रुपमा आवातजावत हुँदा कोरोना संक्रमण फैलिने भन्दै काँकडभिट्टामा हेल्थडेस्क राख्न लागिएकोे प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए ।

मेचीनगर नगरपालिका, नेपाली सेनालगायतको सहयोग र समन्वयमा मेचीनगर–१४ मा निर्माण भइरहेको होल्ङिड सेन्टरमा एक सय बेड तयारी अवस्थामा राख्ने, विद्यालय, हाटबजार अर्थात् बढी भीडभाड हुने स्थलमा अनिवार्य माक्स लगाउन लगाउने र सरकारी तथा गैर सरकारी संस्थाहरूलाई कोरोना रोकथामका उपायबारे सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको उनले बताए । उनले भने–‘कोरोनाको जोखिममलाई मध्यनजर गरी हामीले हेल्थडेस्क लाग्न लागेका हौं, भारतबाट नेपाल प्रवेश गर्नेहरुलाई लक्षित गरेर हेल्थडेस्क राख्ने तयारी गरेका हौं ।’

यस विषयमा वृहत बठक बसेको थियो । बैठकमा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, प्रहरी उपरीक्षक दुर्गाप्रसाद रेग्मी, स्वास्थ्य कार्यालय झापाका निमत्त प्रमुख राजकुमार पोखरेल, प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन टङ्कप्रसाद बारकोटीलगायतको उपस्थिति रहेको थियो ।

विवादबीच पनि पाथीभरा ...

धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथी ...

सुनचाँदी बजार ओरालो: ...

काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गत ...

१५ वर्षीया छात्राले ...

पाँचथर/  पाँचथरको फिदिम नगरपालिका–११ स् ...

रोङ गाउँपालिकाको ‘गु ...

इलाम/ हर निर्वाचनमा किसानका समस्या समाधान गर्ने भन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved