‘जानेलाई बाईबाई, आउँनेलाई दुहुनो गाई’ बसाईँसराई न्यूनीकरण अभियान

  • पुस १४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / धनकुटाको छथर जोरपार्टी गाउँपालिकाले बसाई सराई नियन्त्रण गर्ने अभियानलाई अगाडि सारेको छ । गाँउपालिकाबाट बसाई सरी सुविधा सम्पन्न तराईका सहर तथा पहाडी जिल्लाहरुमा जाने क्रम बढेपछि गाउँपालिकाले बसाई सराई नियन्त्रणसँगै बसाई सरेर गाउँपालिकामा आउनेहरुका लागि नयाँ ‘अफर’ अगाडि सारेको छ ।

गाउँपाकिाले बसाई सराईलाई रोक्ने र अन्य स्थानबाट छथर गाउँपालिकामा आएर बस्नेहरुलाई दुहुना गाई उपहार दिने भएको छ । गाउँबाट बसाई सराई गरेर गाउँ नै रित्तिने अवस्था आएपछि यो योजनालाई अगाडि बढाइएको गाउँपालिकाका पशुपन्छी विकास शाखा प्रमुख राजकुमार राईले बताए । उनले भने–‘ गाउँपालिकाले बसाई सराईलाई न्यूनिकरण गर्नका लागि यो अभियान चलाएको हो,यसले बसाई सराईलाई नियन्त्रण गर्न भनेरै गाउँपालिकाले यो अभियान चलाएको हो ।’

गाउँपालिकाले ‘बसाईँ सराई गर्नेलाई बाइबाई आउनेलाई दुहुनो गाई’ कार्यक्रम नै सञ्चालनमा ल्याएको उनको भनाई छ । कार्यक्रम लागु गरेपछि अन्य स्थानबाट छथर जोरपार्टी गाउँपालिकामा बसाई सराई गरी आउने ३५ परिवारले उपहारमा दुहुना गाई लिई सकेको गाउँपालिकाको राईले बताए । उनले भने–‘हामीले यो कार्यक्रम सञ्चालन गरेको तीन महिना भयो, तीन महिनाको अवधिमा ३५ परिवार यो गाउँपालिकामा अन्य स्थानबाट बसाई सराई गरेर आएका छन् गाउँपालिकाले सबैलाई दुहुनो गाई वितरण गरिसकेका छौं ।’

बसाई सराई नियन्त्रण गर्ने उद्देश्यले गाउँपालिकाले यो अभियानलाई अगाडि बढाएको गाउँपालिकाकी उपाध्यक्ष गीता गुरुङ खेवाको भनाई छ । उनले भनिन्–‘यो कार्यक्रम लागू भएपछि यहाँबाट बसाई सराई गर्ने क्रम घटेको छ, भने अन्य स्थानबाट यो गाउँमा आउनेको संख्या बढेको छ ।’ उनले पालिकाले सुरु गरेको दुहुना गाई उपहार कार्यक्रम प्रभावकारी बन्दै गएको बताइन् । उनले भनिन्–‘यो कार्यक्रम शायदै नेपालमै पहिलो कार्यक्रम हुनुपर्छ, यसले गाउँपालिकामा बसेकाहरुले स्थानीय सरकारको आभाष पाउँछन् ।’

धनकुटाका सातवटै स्थानीयतहमध्ये छथरजोरपाटी गाउँपालिकामा बसाइसराईको दर बढि रहेको छथरजोरपाटी गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले बताए । यसलाई रोक्न गाउँपालिकाले यो योजना अगाडि ल्याएको बताए । उनले भने–‘हामीले यो योजना अगाडि ल्याएपछि बसाई सराई नियन्त्रण भएको छ भन्ने अन्य ठाउँबाट यहाँ बसाइसराई गर्ने क्रम बढेको छ, हामीले दुहुनो गाई दिने योजना अगाडि ल्याएपछि आउने संख्या बढेको हो, आउनेहरुले गाउँपालिकाले प्रदान गरेको दुहुनो गाई लिँदा पनि हुन्छ र आफै खरिद गर्नेहरुलाई अधिकत्तम ६१ हजार रुपैयासम्म दिने गरेका छौै ।’

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved