Top 4

    Showing 5,811-5,820 of 9,515 items.
  • कार्कीलाई घण्टाघर, मेन्याङ्बोलाई खरायो चुनाव चिन्ह

    धरान । प्रतिनिधिसभा सदस्यका लागि प्रदेश १ का दरिला उमेद्वारका रुपमा मानिएका कुमार कार्कीलाई घण्टाघर चुनावचिन्ह प्रदान गरिएको छ । सुकुम्बासी समस्या समाधानका लागि लड्दै गएका कार्कीलाई धरानस्थित निर्वाचन अधिकतृको कार्यालयले घण्टाघर चुनावचिन्ह प्रदान गरेको हो । धरानको पहिचान बोकेको घण्टाघर चुनावचिन्हले कार्कीलाई जितको सुनिश्चितातर्फ लगेको उमेद्वार कार्कीले बताए । उनले भने–‘सुनसरी क्षेत्र नं. १ मा धरानको घण्टाघर नसुन्ने र नघुम्ने प्राय कमै होलान्, सबैलाई घण्टाघर धरानमा कहाँ छ भन्ने कुरामा जोकोहीलाई थाहा छ, यसले मलाई धेरै सहज बनाएको छ ।’ यस्तै प्रदेश नं. १ का अर्का शसक्त उमेद्वार

    • प्रकाशित मितिः असोज २६, २०७९
    • 1,674 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जसपा र एमालेको तालमेल राष्ट्रिय आवश्यक्ता

    धरान । राष्ट्रिय आवश्यकतालाई पुरा गर्न नेकपा एमाले र जनता समाजवादी पार्टीले तालमेल गरी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा होमिएको प्रतिनिधि सभा सदस्य जय कुमार राईले बताए । सुनसरी क्षेत्र नम्बर १ को संयुक्त निर्वाचन परिचालक कमिटीले आयोजना गरेको धरान उपमहानगरपालिकाका जनप्रतिनिधिहरु सँगको छलफलमा राईले जनताको आवश्यक्तालाई पुरा गर्न र पार्टीले लिएको लक्ष्य प्राप्तिका लागि दुवै पार्टीले तालमेल गरि अघि बढेको उनको भनाई छ । उनले भने, ‘देशको आर्थिक विकाशका लागि लिएको लक्ष्य पुरा गर्न सरकारमा रहेर मात्रै पुरा गर्न सकिने भएकाले तालमेल भएकाले तिन जना उम्मेदवारलाई जिताउन आवश्यक रहेको छ ।’

    • प्रकाशित मितिः असोज २६, २०७९
    • 871 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खनाल र नेम्बाङलाई एमाले र काँग्रेस जिल्ला सभापतिको चुनौती

    इलाम/ मङ्सिर ४ गते हुने निर्वाचनमा उच्च ओदका नेता विरासत खोस्न जिल्लाका दुई सभापति चुनावी मैदानमा उत्रिएका छन् । क्षेत्र नं १ देखि छैटौँ पटक सम्म लगातार एमालेबाट चुनाव जितेका खनाललाई पराजित गर्न नेकपा एमाले इलामका जिल्ला अध्यक्ष महेश बस्नेत चुनावी मैदानमा छन् । एमाले र माओवादी केन्द्र एकीकरण पश्चात बनेको नेकपा विभाजन पछि एमाले छोडेका खनाललाई काँग्रेस र माओवादीको समर्थन छ । खनाल गठबन्धनको साथले चुनावी मैदानमा उत्रिएका छन् भने एमालेबाटै चुनाव जितेर प्रधानमन्त्री सम्म भैसकेका खनाललाई यस पटक हराउने रणनीतिमा बस्नेत चुनाव लड्दै छन् । खनालले एमाले छोडेपछि एकीकृत समाजवादीबाट पहिलो पटक चुनावी मैदा

    • प्रकाशित मितिः असोज २६, २०७९
    • 628 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • दोब्बर भन्दा बढी मूल्यमा औषधि बिक्री: मारमा बिरामी

    सुनसरी/ वीरगञ्जको सप्लायर्सले भारतमा उत्पादित भएको टिक्रोट ४० एमजी (Tricort 40 mg) औषधी पसललाई सप्लायई गर्दा नै तोकेको मूल्यभन्दा बढी मूल्यमा विक्री वितरण गर्दा पनि सम्बन्धित पक्ष बेखबर झै बनेको छ । पर्साको वीरगञ्जमा लाइफ केयर सप्लायर्स प्रा.लि.ले यो औषधि सप्लाई गर्दा नै बढी मूल्यमा विक्री गर्ने गरेको पाइएको छ । औषधि पसलले खरिद गर्दा नै महंगोमा खरिद गर्नुपर्ने भएकोले यसको प्रत्यक्ष मार विरामीहरुलाई पर्ने गरेको छ । नाम नबताउने शर्तमा एक औषधि सप्लायर्सका अनुसार वीरगञ्जको लाइफ केयरले भारु १ सय १७ पर्ने यो औषधि भारु १ सय ८७ रुपैया विक्री गर्नुपर्ने भएपनिे सप्लायर्सले नेरु २ सय ३६ सम्म मेडिक

    • प्रकाशित मितिः असोज २६, २०७९
    • 855 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नहरको संरक्षण गर

    सार्वजनिक जग्गा जथाभावी अतिक्रमण गर्ने प्रवृत्ति देशभरि नै देखिन्छ । भूमिहीनहरूले मात्र होइन, अवसर पाउँदा धनाढ्यहरूले पनि सार्वजनिक जग्गा अतिक्रमण गर्ने गरेका छन् । नियमनकारी निकायहरू सक्रिय नभएकै कारणले पनि यस्तो अवस्था सिर्जना भएको देखिन्छ । सुनसरी–मोरङ सिँचाइ आयोजनाको चतरा नहर पनि अतिक्रमणको चपेटामा परेको छ । नहरको छेउछाउ घर–टहरा बनाउने क्रम फेरि बढ्न थालेको समाचार आएको छ । यसले फेरि समस्या सिर्जन ागर्ने देखिन्छ । नहरका छेउछाउ भएका घर–टहरा प्रशासनले सात वर्षअघि हटाएको थियो । त्यसपछि केही वर्ष यो क्रम रोकिएको थियो तर अहिले फेरि त्यहाँ घर–टहरा बनाउने क्रम बढेको छ । २०

    • प्रकाशित मितिः असोज २५, २०७९
    • 563 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मनी ट्रान्सफरमा लुटपाट गरेको आरोपमा तीन पक्राउ, ६ लाख नगद र १४३ तोला सुन बरामद

    फुङ्लिङ/ ताप्लेजुङको कञ्चन मनी ट्रान्सफरमा लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले तीन जनाबाट छ लाख १३ हजार ३४० रुपैयाँ र एक सय ४३ तोला सुन सोमबार बेलुकी बरामद गरेको हो। जिल्ला सदरमुकाम फुङ्लिङस्थित उक्त ट्रान्सफरमा कार्यरत कर्मचारीलाई नियन्त्रणमा लिएर चार लुटेराले यही १७ असोजमा नगद तथा सुन लुटेका थिए। लुटपाटमा संलग्न चार आरोपीमध्ये तीन जनालाई सोमबार राति पक्राउ गरिएको र उनीहरूको साथबाट नगद तथा सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ९डिएसपी० कैलाश राईले जानकारी दिए। पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका–२ का २९ वर्षीय राजन भन्ने राजायन्द्र

    • प्रकाशित मितिः असोज २५, २०७९
    • 581 पटक पढिएको
    • "रासस"
  • मोरङमा महिला उम्मेदवारको संख्या न्यून

    मोरङ/ प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि मोरङमा महिला उम्मेदवारको सङ्ख्या न्यून रहेको छ । मोरङमा रहेको कूल छ वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका लागि आइतबार विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरी जम्मा एक सय आठ जनाको उम्मेदवारी कायम रहेको छ । उम्मेदवार मध्ये प्रतिनिधिसभा सदस्य पदका लागि राजनीतिक पार्टी र स्वतन्त्रबाट गरी जम्माजम्मी १२ जना महिलाको मात्र उम्मेदवारी परेको छ । प्रदेश निर्वाचन कार्यालय मोरङका अनुसार मोरङ निर्वाचन क्षेत्र नं। १ बाट राजनीतिक दल र स्वतन्त्रबाट १० पुरुष र पाँच जना महिला गरी कूल १५ जनाले उम्मेदवारी दर्ता ग

    • प्रकाशित मितिः असोज २५, २०७९
    • 594 पटक पढिएको
    • "रासस"
  • सुनसरी १ मा स्वतन्त्र उमेद्वार धेरै

    धरान/ आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनका लागि आइतबार भएको मनोनयन दर्ता भएको छ । मनोनयनका क्रममा दलका उमेद्वारभन्दा स्वतन्त्र उमेद्वार बढी देखिएका छन् । निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि २० जनाको परेको छ । जसमध्ये १३ जना स्वतन्त्र र बाकी ७ जना दलबाट उमेद्वारी परेको छ ।यस्तै प्रदेश १ (१) जम्ममा १५ जनाले उमेद्वारी दिएका छन् । जसमध्ये ८ स्वतन्त्र र ७ दलका प्रतिनिधि रहेका छन् । यसैगरी प्रदेश १ (२) मा १४ जनाले उमेद्वारी दिएका छन् । जसमध्ये दलबाट ६ र स्वतन्त्रबाट ८ जनाले उमेद्वारी दिएका छन् । दोस्रो स्थानीय निर्वाचनमा स्वतन्त्र उमेद्वा

    • प्रकाशित मितिः असोज २५, २०७९
    • 669 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पूर्व युवराज छोरीसँग धरानमा

    धरान/ पूर्व युवराज पारस विक्रम साह सोमबार धरान आएका थिए । धरान – ९ पुतलीलाईनमा रहेको क्लाउड नाईन लन्ज एण्ड बारमा पुर्व युवराज साह दुई छोरीको साथमा आएको स्रोतले जनाएको छ । कृतिका राज्य लक्ष्मी शाह र पूर्णिका राज्य लक्ष्मी शाहका साथ बा १४ च २१३१ नम्बर गाडीमा आएका उनी केही क्षण बसेर धनकुटाको भेडेटार पुगेका थिए । सोही क्लाउड नाईन लन्ज एण्ड बारमा सडक कुकुरहरुलाई आश्रय स्थल व्यवस्थापन सम्बन्धि हेर्ने आत्मोत्सर्ग नामक सस्थाकी संयोजक प्रतिमा घले तथा आकिनियामी ग्रुप धरानका संयोजक रुसन श्रेष्ठद्वारा उनीहरुलाई स्वागत गरेका थिए ।

    • प्रकाशित मितिः असोज २५, २०७९
    • 619 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मोरङका ५० वटा मतदान स्थल अति संवेदनशील

    मोरङ/ मोरङका ५० वटा मतदान स्थल अति संवेदनशील रहेको सुरक्षा निकायले विश्लेषण गरेको छ । स्थानीय तहको निर्वाचनका अनुभवका आधारमा मोरङका ३०६ मतदानस्थल मध्ये ५० वटा अतिसंवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । जिल्लाका १४४ मतदान स्थललाई संवेदनशीलमा राखिएको छ । बाँकी सामान्य छन् । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी निर्वाचनमा परिचालन हुने उनले बताए । जसमा नेपाल प्रहरी र म्यादी प्रहरी पाँच हजार ५ सय परिचालन गरिने भएको छ । सशस्त्र प्रहरी एक हजार १०० र नेपाली सेना ५०० परिचालन गरिनेछ । प्रत्येक मतदान स्थलमा आधा घण्टामा नेपाली सेनाले बाहिरी कभर बना

    • प्रकाशित मितिः असोज २४, २०७९
    • 568 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved