Top 4

    Showing 5,711-5,720 of 9,515 items.
  • धरानको व्यस्त सडक सधै जाम: ट्राफिक प्रहरीलाई व्यवस्थापन गर्न हम्मे हम्मे

    धरान/ दिनप्रतिदिन बढ्दै गएको सवारी साधनका कारण धरानको भानुचौक सधै अस्तव्यस्त रहने गरेको छ । विशेष गरेर धरानको मुटु भानुचौकबाट छाताचौकसम्मको सडकमा अत्याधिक जाम हुने गरेको छ । जामलाई व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मे हम्मे पर्ने गरेको छ । साँघुरो सडक त्यसमाथि सवारी चापका कारण व्यवस्थापनमा चुनौति थपिएको ट्राफिक प्रहरीले जनाएको छ । जामकै कारण सवारी चालकलाई समेत अत्यन्तै असजिलो हुने गरेको छ । भानुचौकबाट छातार्चाैक पुग्न सवारी चालकलाई २० देखि २५ मिनेट लाग्ने गरेको छ । धरान १५ का मिलन लिम्बुले धरानको भानुचौकदेखि छाताचौकसम्मको सडक अत्यन्तै व्यस्त सडक भएको बताउँछन् । यो सडक क्षेत्रमा प्राय

    • प्रकाशित मितिः मंसिर १८, २०७९
    • 700 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उषा राई मृत्यु प्रकरण: संलग्न भएको आरोप लागेका थप दुई पक्राउ

    सुनसरी/ धरान धरान–१३ की उषा राई मृत्यु प्रकरणमा संलग्न रहेको आरोप लागेका थप दुई जनालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ ।घट्नाकी मुख्य आरोपी उर्मिला राईलाई केही दिन अगाडी प्रहरीले पक्राउ गरेको थियो । शुक्रबार साझ उनीहरुलाई पक्राउ गरे हो । पक्राउ पर्नेमा सुसेली राई र सुमित्रा राई रहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए । एकल महिला उषा राईको कुटपिटमा संलग्न रहेको भन्दै पीडित परिवारले ७ जनाको नाममा प्रहरीमा किटानी जाहेरी दिएका थिए । यही विषयलाई लिएर शुक्रबार आफन्त तथा छिमेकीहरुले विरोध गरेका थिए । हत्यारालाई कारबाही गर्नुपर्ने माग राख्दै

    • प्रकाशित मितिः मंसिर १७, २०७९
    • 950 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • व्यवस्थित र विकसित महानगर बनाउने अभियानमा साथ दिन मेयरको आग्रह

    मोरङ/ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला सफा, सुन्दर, हराभरा, व्यवस्थित र विकसित महानगर बनाउने अभियानमा साथ दिन नगरबासीलाई आग्रह गरेका छन् । सचिवालयमार्फत विज्ञप्ति जारी गर्दै मेयर कोइरालाले निर्वाचित भएर आएपछि सरसफाईलाई पहिलो प्राथमिकतामा राखेको उल्लेख गरेका छन् । हाल महानगर फुटपाथ नियन्त्रण र सहरको सुन्दरतामा ह्रास आउने गरी जथाभावी निर्माण गरिएका पसल अगाडिका संरचना हटाउने अभियानमा केन्द्रित भएको मेयर कोइरालाले बताएका छन् । सरफाईमा जस्तै फुटपाथ खाली गर्ने र अवैध संरचना हटाउने अभियानमा पनि विराटनगरवासी र व्यापारीको अत्यन्तै राम्रो सहयोग रहेको मेयर कोइरालाले विज्ञप्तिमा उल्लेख गरेका छन्

    • प्रकाशित मितिः मंसिर १७, २०७९
    • 690 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एक्स्काभेटर र ट्याक्टर नियन्त्रणमा

    खोटाङ/ खोटाङमा काम बीचैमा छोडेर अलपत्र पार्ने एक निर्माण कम्पनीले प्रयोग गदैै आएको एक्स्काभेटर र ट्याक्टर खोटाङकै एक नगरपालिकाले नियन्त्रणमा लिएको छ ।ठेक्का लिएर काम अलपत्र पार्ने निर्माण कम्पनीको एक्स्काभेटर र ट्याक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नियन्त्रणमा लिएको हो । दिक्तेल हाटडाँडादखि लफ्याङ काफ्लेगाउँ घुम्तीबर सडक स्तरोन्नतिको ठेक्का लिएर बीचैमा छोडेर अलपत्र पार्ने लगलगे कन्ट्रक्सनको एक्स्काभेटर र ट्याक्टर नियन्त्रणमा लिइएको हो ।करिब ४६ लाख रुपैयाँको लागतमा असार मसान्तसम्म सक्नेगरी सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुङ्गासँग २०७८ माघ २० गते सम्झौता गरेको थियो । पटक पटक

    • प्रकाशित मितिः मंसिर १७, २०७९
    • 644 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • १७ औ ललित अम्वर डिपो कप,धरान लिगामेन्ट र हिमशिखर तरहरा सेमिफाइनल प्रवेश

    धरान । १७ औ ललित अम्वर डिपो कप प्रतियोगितामा धरान लिगामेन्ट र शिमशिखर तरहरा सेमिफाइनल प्रवेश गरेका छन ।मंगलवार भएको क्वाटरफाइनल खेलमा धरान लिगामेन्टले इमानुयल स्कुललाई १–० र हिमशिखर तरहराले देउरालि चिल्ड्रेन एकेडेमिलाई १–० गोल अन्तरले पराजित गर्दैै सेमिफाइनलमा प्रवेश गरेका हुन । पहिलो क्वाटर फाइनल खेलमा लिगामेन्ट स्कुलका हाङगेन लिम्वु र हिमशिखर तरहराका राजन चौधरीले गोल गरेका थिए । सोहि दिन भएको लेट दिलवहादुर प्लेट च्याम्पियन तर्फको खेलमा दिल्लि पव्लिक र हिविकस स्कुल सेमिफाइनल प्रवेश गरेका छन ।दिल्लि पव्लिकले विष्णु स्कुललाई २–० र हिविकस स्कुलले नोवेल स्कुललाई ५–० गोल अ

    • प्रकाशित मितिः मंसिर १४, २०७९
    • 1,164 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नवनिर्वाचित सुदन किराँतीलाई रमेश हतुवालीको खुल्ला पत्र

    सुदन दाइ अभिवादन।।भोजपुर जिल्लाले एउटा जुझारु युवा पाएकोले व्यक्तिगत रुपमा म धेरै खुशी भएको छु र सम्पुर्ण भोजपुरबासी नागरिकहरु पनि खुसियालीमा छन, भन्दै तपाईंलाई बधाई तथा शुभकामना दिन चाहन्छु ।मलाई २०५६ सालदेखि यता मात्रै राजनीतिको केही कुराहरु थाहा भएको अवगत गर्दछु। तपाई २०६४ सालमै अत्यधिक मत ल्याएर माननीय बन्नु भएको थियो तर २०७० सालतिरै फेरि तपाईंलाई भोजपुरे जनताले अविश्वास गरेकै हो फलतः हार बेहोर्नु परेको थियो । त्यस्तै फेरि २०७४ मा अत्यन्तै धेरै जनताको अभिमत ल्याएर संसद भवन फेरि दोस्रोपटक छिर्नु भएको थियो । र आज मलाई विश्वास छ, मंसिर ४ को चुनाव पछिको जितले भने तपाईँमा तीव्र इच्छाशक्ति तथा उ

    • प्रकाशित मितिः मंसिर १४, २०७९
    • 1,567 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरमा रोजगार मेलाको आयोजना

    मोरङ/ स्वदेशमै कामको खोजीमा रहेका तथा वैदेशिक रोजगारबाट फर्किएकाहरु युवाहरुलाई रोजगारको अवसर सिर्जना गर्ने उदेश्यले विराटनगरमा रोजगार मेलाको आयोजना गरिएको छ । अन्र्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को वेलकम होम परियोजनाको सहयोग तथा सहकार्यमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ र कटहरी गाउं पालिका, मोरङ्गको आयोजनामा एकदिने रोजगार मेलाको आयोजना भएको हो । विराटनगरस्थित फलफूल तथा कृषि थोक बजार कटहरीमा आयोजित मेलामा रोजगारका लागि करीव नौ सयजनाले विभिन्न कम्पनिहरुसँग सम्पर्क स्थापित गरेका छन् । मेलाका अवसरमा रोजगारको खोजी रहेको जनशक्तिलाई रोजगारदातासँग सम्पर्क स्थापित

    • प्रकाशित मितिः मंसिर १३, २०७९
    • 693 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विजयपुरमा साप्ताहिक रुपमा सरसफाई: सचेतनाको कमीका कारण सरसफाई प्रभावकारी भएन

    धरान/ पूर्वकै पर्यटकीय स्थल विजयपुरलाई स्वस्थ, सफा राख्ने उद्देश्यले धरान उपमहानगरपालिका वडा नं. १४ ले प्रत्येक शुक्रबार सरसफाई गर्ने गरेको छ । वडाले विजयपुरमा रहेका मठमन्दिर, चौक, गल्ली गल्लीमा सरसफाई गर्ने गरेको छ । नियमित हुदै आएको सरसफाई प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनले केही समय रोकिएको थियो । अहिले पुन ः नियमित सरसफाई शुरु गरिएको छ ।तर जति सरसफाई गरे पनि सर्वसाधारणमा सचेतना नहुदा चौक, बजार एरियामा मात्र हैन मन्दिर वरिपरि फोहोरको डंगुर हुने गरेको छ । विशेष गरेर स्थानीय सर्वसाधारण तथा मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुले रुपमा गुट्का खाएर जथाभावि खोल फाल्ने गरेका कारण फोहोर थु

    • प्रकाशित मितिः मंसिर १२, २०७९
    • 723 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी १ मा जसपाका अशोक राईको अग्रता

    धरान/ मतगणना जारी रहेको सुनसरी क्षेत्र नं. १ मो मत परिणाम थप रोचक बन्दै गइरहेको छ । निर्वाचन आयोगको पछिल्लो मत परिणाम अनुसार यहाँ अहिले जसपाका उम्मेद्वार अशोक कुमार राईले झिनो मतले अग्रता लिएका छन् । उनले १३ हजार ८ सय १ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा तामाङले १३ हजार ७ सय ९७ मत प्राप्त गरेकी छिन् । उनिहरु दुई बिच ४ मतको अन्तर रहेको छ । त्यसैगरी मओवादीका मुक्सामहाङ सुब्बाले १० हजार ७ सय ८४ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेद्वार मनोज म्यानाङ्बोले ६हजार ८ सय ३४ मत प्राप्त गरेका छन् । सुनसरी क्षेत्र नं. १ मा पर्ने धरान का २० वटै वडाको मतगणना सम्पन्न भइसकेको

    • प्रकाशित मितिः मंसिर ११, २०७९
    • 880 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एन्टिमाइक्रोबियल सचेतनामा नाटक प्रस्तुत

    धरान/ रोटर्याक्ट क्लब अफ धरान घोपाले एन्टि माइक्रोबियल सचेतनामूलक नाटक प्रस्तुत गरेको छ । रोटर्याक्ट क्लब अफ धरान घोपाले ‘विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताह’ अवसर पारेर एन्टिमाइक्रोबियल रेजिस्टेन्स विषयमा नाटक स्वास्थ्य शिक्षाको आयोजना गरेको थियो । कार्यक्रमको मुख्य उद्देश्य ग्लोबल एन्टिमाइक्रोबियल रेजिस्टेन्स (एएमआर) बारे चेतना अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ । जनसङ्ख्या, स्वास्थ्यकर्मी र नीति निर्माताहरू बीचको उत्कृष्ट अभ्यासलाई थप उदीयमानलाई पार गर्न प्रोत्साहन गर्ने , लागुऔषध प्रतिरोधी संक्रमणको फैलावटको बारेमा आम जनतालाई शिक्षित गर्न, एन्टिबायोटिक औषधिको दुरुपयो

    • प्रकाशित मितिः मंसिर ११, २०७९
    • 690 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved