मोरङ / नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा विराटनगरमा जारी सीएनआई कोसी एक्स्पो २०७९ मा अवलोकनकर्ताहरुको भीड बढेको छ । एक्स्पोको साझेदार संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको समन्वयमा शुरु भएको एक्सोमा लघु, घरेलु, साना र कृषि उद्यमीहरुका लागि मात्रै ७२ वटा स्टल रहेका छन् । ताप्लेजुङको राडी, तेह्रथुमको ढाका, भोजपुरको खुकुरी, विभिन्न जिल्लामा निर्मित हस्तकलाका सामानहरु, घरेलु सामग्रीबाट निर्मित जुत्ताचप्पल, ढाकाका कपडा, विभिन्न जातका फलफुल र अचारका स्टलहरु रहेका छन् । त्यसैगरी हिमाली जिल्लाका जडिबुटी औषधी, छुर्पी, मह, चिज, अकबरे खोर्सानी लगायतका अर्गानिक कृषि उत्
मोरङ / अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा एभरेष्ट सेकेण्डरी स्कुलका इशल भट्टराई प्रथम भएका छन् । विराटनगर महानगर पालिकाको सभा हलमा आयोजित प्रतियोगितामा १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै एभरेष्ट बोर्डिङ स्कुलका भट्टराई प्रथम भएका हुन् । विराटनगरस्थित विकल्प–एन अल्टरनेटिभले आयोजना गरेको प्रतियोगितामा बूढानिलकण्ठ स्कुलका छात्रा शिरिन भट्टराई द्वितीय, सेन्टजोसेफका जयश कर्ण तृतीय र आदर्श माविका युनिश नेपालले सान्त्वना पुरस्कार प्राप्त गरे । प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । विजेताहरुलाई विराटन
धरान / धरानमा आजबाट आयोजना हुन लागेको प्रदेश १ स्तरीय पाँचौं पुष्प व्यापार प्रदर्शनी मेलाको उद्घाटन प्रदेश १ का कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले गर्ने भएका छन् । आयोजक फ्लोरीकल्चर एसोसिएसन सुनसरीले मंगलबार दिएको जानकारी अनुसार मेलाको तयारी पूरा भएको र उद्घाटन मन्त्री सिटौलाले गर्ने जानकारी गराएका हुन् । आयोजक फ्लोरिकल्चर एसोसिएसन सुनसरीका सचिव राजेश राईका अनुसार सबै तयारी पुरा भएको बताए । उनले भने–‘तयारी पूरा भएको छ, दुई वर्ष कोरोना कहरका कारण गर्न नसकिएको मेला यस वर्ष भव्य तरिकाले गर्ने योजनामा हामी छौं ।’ महोत्सव पव्लिक हाईस्कुल धरान–१२ को खे
मोरङ / पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत सेमेष्टर प्रणाली बमोजिम सञ्चालित स्नातकोत्तर तहको एमविए स्नातकतहको विविए शैंक्षिक कार्यक्रमहरुको नयाँ परिमार्जित पाठ्यक्रमको बारेमा एक दिने शिक्षकहरुलाई अभिमुखिकरण गरेको छ । पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकाय सम्बन्धित कलेजमा अध्यापन गराउने शिक्षकहरुलाई जानकारी दिन र अभिमुखिकरण गराएको हो । गोष्ठीकोको उद्घाटन पूर्वाञ्चल विश्वविद्यालयका उपकूलपति प्रा.डा. यादवराज कोइरालाले गरे । मधेश विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक शाक्य ले एमविए र विविए शैक्षिक कार्यक्रमको पाठ्यक्रम वारे प्रकाश पारे । पू.वि.व्यवस्थपन संकायका डीन
रुस–युक्रेन युद्धका कारण सुरु भएको महङ्गी चालू आर्थिक वर्ष २०७९÷८० को छैटौँ महिनामा पनि घटेको छैन । महङ्गीका कारण सर्वसाधारणको ढाड सेकिएको छ । खास गरी पेट्रोलियम पदार्थको मूल्य बढेको बढ्यै छ भने खानेतेलमा मूल्यवृद्धि आकाशिँदो छ । इन्धनमा भएको मूल्यवृद्धिले हरेक क्षेत्रमा प्रभाव पारेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ६ महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार गत पुस महिनामा उपभोक्ता मुद्रास्फीति ७.२६ प्रतिशत छ । गत वर्ष समीक्षा अवधिमा यस्तो मुद्रास्फीति ५.६५ प्रतिशत थियो । हामी सङ्कटोन्मुख दिशामा छौँ भन्ने यसबाट पनि देखिन्छ । पुसमा काठमाडौँ उपत्यकामा
बिर्तामोड / झापाका किसानले बिर्तामोडको मुक्ति चोकमा अण्डा र कुखुरा फालेर विरोध जनाएका छन् । आफ्ना उत्पादनले उचित मुल्य र बजार पाउनु पर्ने माग गर्दै आफूहरुले अण्डा र कुखुरा सडकमा फालेर सरकारको ध्यानाकर्षण गराएको प्रदर्शनमा सहभागी किसानले बताए । कृषिमा आत्मनिर्भर होउ भनेर सरकारले गरेको आग्रह अनुसार आफूहरु कृषि कर्ममा लागेर र उत्पादन पनि गरेको तर सरकारले त्यसको बजारीकरण नगरेकाले सडकमा उत्रिनु परेको बताए । महँगीका कारणले देशभरका किसानहरु मारमा परेको भन्दै प्रदर्शनमा सहभागी किसानहरुले यो प्रतिनिधिमुलक आन्दोलन भएको र यसमा झापाका सबै किसानको समर्थन रहेको बताएका छन्
मोरङ/ दलित उत्थान समन्वय समिति सुन्दरहरैचाको अध्यक्षमा कुमार मिजार चयन भएका छन । आइतवार सम्पन्न साधारण सभाबाट मोरङको सुन्दरहरैचा नगरपालिका दलित उत्थान समन्वय समितिको अध्यक्षमा कुमार मिजार चयन भएका हुन । समितिको उपाध्यक्षमा धनराज रसाईली र मदन परियार अनि सचिवमा माधव शिवा र सहसचिवमा कुमार बयलकोटी र कोषाध्यक्षमा दिपा विश्वकर्मा चयन भएका छन् । सुन्दरहरैचा नगरपालिका भित्र रहेका सबै थरका दलित समुदायको हक अधिकारका लागि निर्माण भएको दलित उत्थान समन्वय समितिको पदाधिकारीहरु सहित जम्मा १७ जनाको कार्यसमिति चयन भएको अध्यक्ष कुमार मिजारले बताए । साधारण सभाको क्रममा दलित उत्थान समितिको श्रमदान र नगरप
प्रदेश १ को प्रदेशसभा बैठक छुट्टाछुट्टै दुईवटा समिति गठन गरेको छ । प्रदेशसभा नियमावली २०७४ को नियम १३ बमोजिम ११ सदस्यीय कार्य व्यवस्था परामर्श समिति गठन भएको छ । समितिको सदस्यमा अम्बरबहादुर विष्ट, नारायण मगर, रेवती रमण भण्डारी, सिर्जना राई, भुपेन्द्र राई, विद्या विद्या चाम्लिङ, भीम पराजुली र ज्ञानेन्द्र सुवेदी रहेका छन् । प्रदेशसभा नियमावली २०७४ को नियम १३ बमोजिम सभामुख अध्यक्ष, उपसभामुख र आन्तरिक मामिला तथा कानुनमन्त्री पदेन सदस्य रहने व्यवस्था छ । यसैगरी पदेश सदस्य नियमावली मस्यौदा समिति समेत गठन भएको छ । समितिमा गीता तिम्सिना, कमलप्रसाद जवेगु, शोभा चेम्जोङ, केदार कार्की,
संखुवासभा / अलैची निर्यातमा तीनै सकारको सहयोग रहनु पर्ने अलैची व्यवसायीहरुले सरकारसँग माग गरेका छन् । अलैची व्यवसायीहरुको छाता संगठन अलैची व्यवसायी महासंघले सरकारसँग यस्तो माग गरेको हो । म्हासंघका अध्यक्ष निर्मल भट्टराईले अलैची निर्यातमा तीनै सरकारको सहयोग आवश्यक रहेको बताएका हुन् । उनले भने–‘अलैची निर्यातमा सरकारको आवश्यकताको खाँचो छ, अलैँचीलाई आफ्नै ब्राण्ड र प्याकेजिङमा अन्तरराष्ट्रिय बजारमा लैजान तीनै तहका सरकारको सहयोग आवश्यक छ ।’ प्रदेश १ को कृषि मन्त्रालयको सहयोगमा तथा नेपाल अलैँची व्यवसायी महासंघको केन्द्रीय कार्यालय बिर्तामोडको आयोजनामा अलैँचीको समस्याबारे कृषक र स
विजयपुर/ नागरिक हेल्थ प्रोग्राम र बगरकोट यातायात प्रा.लि को सर्कायमा धरान १५ बगरको नमुना मार्गमा सोमबार देखि ५ दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नागरकि हेल्थ प्रोग्राम एक सामाजिक संस्था हो । यो सरकारी तबरबाट चलेको संस्था भएकाले बेला बेला यस संस्थाले सहुलियत शुल्कमा स्वास्थ्य जाँच गर्ने गरेको बताएको छ । २०७२ साल देखि धरान उपमहानगरपालिका वडा नम्बर ५ मा नागरिक हेल्थ प्रोग्रामको कार्यालय रहेको छ । यस संस्थाले अहिले सम्म ३५ हजारको स्वास्थ्य परीक्षण गरिसकेको संस्थाका प्रतिनिधि खगेन्द्र भण्डारीले बताएका छन् । पहिलो दिन शिविरमा स्वास्थ्य जाँच गर्ने २५ जनाको सहभागिता रहेको थियो ।