Top 4

    Showing ५,४९१-५,५०० of ९,८२३ items.
  • प्रदेश १ स्तरीय अल्फाविटा अन्तर कलेज बास्केटवल महिला पुरुष दुवै उपाधि धरान मेघाको पोल्टामा

    धरान / धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा सम्पन्न प्रदेश १ स्तरीय अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबल प्रतियोगिताको दुवै उपाधि धरान मेघा हिमालयन कलेजले जितेको छ । धरान उपमहानगरपालिका प्रमुख मेयर हर्कराज साम्पाङ राइको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा महिलातर्फ सियोन स्कुललाई २९–११ र पुरुषतर्फ राष्ट्रिय जनसहयोग कलेज इटहरीलाइ ४२–३९ अंकले पराजित गर्दै धरान मेघाले उपाधि जितेको हो । धरान मेघाले उपाधिसँगै पुरुषतर्फ नगद ३० हजार र महिलातर्फ २० हजार रुपैया नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यसैगरि पुरुषतर्फका उपविजेता राष्ट

    • प्रकाशित मितिः फागुन ११, २०७९
    • ९०० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मिसेस कोशीको फाइनलमा १७ जना

    मोरङ /  चौथो संस्करणको मिसेस कोशीको ताज पहिरन १७ जना प्रतियोगीले फाइनलमा प्रतिस्पर्धामा गर्ने भएका छन् । मिसेस कोशी २०२२ प्रतियोगितामा २१ जना प्रतियोगीहरुबाट १७ जना फाइनलको लागि छनौट भएका हुन् । प्रारम्भिक चरणको प्रतिस्पर्धामा ४ जनाप्रतियोगिहरु बाहिरिएका छन् । फाइनलमा १७ जना प्रतियोगी प्रतिस्पर्धामा उत्रिने जय मिडिया मेनेजमेन्ट प्रालिका सिइओ नीशा खतिवडाले जानकारी दिइन् । फाइलनमा पुग्नेहरुमा विराटनगरकी ज्योतीशाही श्रेष्ठ, आस्मा देव राठी, सकुन्तला राजवंशी, जानुका राजवंशी, सम्झना कार्की थापा, कविता अधिकारी, शिखा श्रेष्ठ, रन्जु सुब्बा र विराटनगरकै नितु देव रहेकी छिन् । धरानबाट रीता राई

    • प्रकाशित मितिः फागुन ११, २०७९
    • ८३४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रोङको गुन्द्रुक ब्रान्ड बन्दै

    इलाम / धेरै जसो इलामका ग्रामीण भेगमा उत्पादन भएको सागले बजार नपाउँदा गाई बस्तुलाई खोले खुवाउने गरेका छन् । स्थानीय तहले किसानका उत्पादन प्रवर्द्धन गर्न नसक्दा हरेक किसानका घरमा उत्पादन हुने साग खेर गइरहेको छ । तर इलामको रोङ गाउँपालिकाले भने किसानको जीवनस्तर उकास्नका लागि स्थानीय स्तरमै उद्योग सञ्चालन गरी कृषि उत्पादनलाई प्रशोधन गर्न थालेको छ ।सुरुवाती चरणमा रोङ गाउँपालिकाको देवनछाप साना किसान कृषि सहकारी मार्फत उद्योग सञ्चालन गरी गुन्द्रुक उत्पादन सुरु गरेको हो । स्थानीय कृषकले उत्पादन गरेको कृषि सामाग्रीको त्पादन सिधै कृषकले नै पाउनुपर्छ भन्ने मूल उद्देश्य लिएर उद्योग सञ्चालनबाटै उत्पादन

    • प्रकाशित मितिः फागुन ११, २०७९
    • १,३६७ पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • सिटी, टेम्पो चालक आन्दोलित ‘हाम्रो रोजीरोटी गुम्यो, समाधान नभए आन्दोलन गर्छौँ’

    धरान /  अझै पनि सिण्डिेट प्रथा कायम रहेको, एकतर्फी पार्किङले समस्या निम्त्याएको भन्दै सिटी तथा टेम्पो सफारी चालकहरुले धरान उपमहानगरपालिका घेराउ गरेका छन् । उनीहरुले समस्याको समाधान गरिदिन माग गर्दै मेयर हर्क साम्पाङलाई ज्ञापनपत्र समेत बुझाएका छन् । उपमहानगरपालिकाको गेट अगाडि सिटी सफारी र टेम्पो राखेरै आन्दोलनमा उत्रिएका उनीहरुले आफूहरुको मागको सम्बोधन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । टेम्पो, सफारी चालक संघर्ष समितिका अध्यक्ष दलप्रकाश लावतीले फागुन ८ गतेबाट धरान उपमहानगरपालिकाले एकतर्फी सवारी सञ्चालन गर्ने निर्णयले टेम्पो र सफारी चालक व्यवसायीहरुलाई प्रत्यक्ष रुपमा असर परेको

    • प्रकाशित मितिः फागुन ११, २०७९
    • ८३४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एक्स्पोको तयारी पूरा उद्घाटन प्रदेश १ का मुख्यमन्त्रीबाट

    धरान /  लगानीमा प्रवर्धन गर्ने उद्देश्यले सुनसरी उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको एक्स्पोको तयार पूरा भएको आयोजक सुनसरी उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।बुधबार एक्सो हुने स्थल धरान १६ स्टेडियममा पत्रकार सम्मेलको आयोजना गरी तयारी पूरा भएको जानकारी दिएको हो । एक्सोको बिहीबार साढे १२ बजे प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने भएका छन् । स्थानीय स्तरको उत्पादनलाई प्रवर्धन गर्ने मुख्य उद्देश्य राखेर ‘धरान एक्स्पो २०७९’ को आयोजना गर्न लागिएको सुनसरी उद्योग वाणिज्य सघका अध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । देशकोसंक्रमणकालीन अवस्थालाई चिर्दै लगानी गर्न

    • प्रकाशित मितिः फागुन ११, २०७९
    • ९०७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ई–पासपोर्टमा बिचौलिया रमिते निःशुल्क फर्म भर्दै जिल्ला प्रशासन

    इलाम / सरकारले अनलाइनबाट पासपोर्ट भर्ने व्यवस्था गरेसँगै इलामका सेवाग्राहीहरूले फर्म भर्न नपाएर हैरान पाएका थिए । दैनिक निश्चित कोटामा फर्म भर्न पाउने भएसँगै सबैको पहुँचमा नभएको र निश्चित ठाउँमा मात्रै फर्म भर्ने भएको कारण हैरान पाएका थिए । जिल्लामा सबैको पहुँचमा नपाउँदा निश्चित ठाउँबाट हजारौँ खर्च गरेर फारम भर्न बाध्य सेवाग्राहीमा यति वेला बिचौलियाबाट मुक्त छन् । नयाँ प्रमुख जिल्ला आएसँगै कार्यालयबाटै निःशुल्क फर्म भर्ने व्यवस्था भएपछि सेवाग्राही बिचौलियाबाट मुक्त भएका हुन् । सरकारले २०७८ साल मङ्सिर ८ गतेदेखि ई पासपोर्ट प्रविधि लागू गरेदेखि राहदानी विभागमा समेत भिडभाड हुने गरेको थियो ।

    • प्रकाशित मितिः फागुन १०, २०७९
    • ८७८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘भाषण थोरै काम बढी गर्नुस्’

    धरान । नेकपा एमालेका केन्द्रिय सदस्य तथा नेपाल सरकारका भुुमि ब्यबस्थापन,सहकारी तथा गरिवी निवारण मन्त्री राजेन्द्रकुुमार राईले भाषण भन्दा काम बढि गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । बुुधबार धरानमा एमाले नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दे उनले ठुुला र लामा भाषण भन्दा जनतका काममा लाग्न निर्देशन दिएका हुन् । नेकपा एमालेको ‘मिसन ग्रास रुट’ अभियान सञ्चालनका लागि सुुनसरी क्षेत्र १ को जिम्मेवारी पाएका राईले कार्यकर्ता विनाको नेता हुुनुुको कुनै अर्थ नरहेको बताए । अब जनताप्रति उत्तरदायी नेतृत्व निर्माण हुनुु पर्ने उनको भनाई छ । राजनैतिक पार्टिको उदेश्य जनताका लागि काम गर्ने

    • प्रकाशित मितिः फागुन १०, २०७९
    • ८३६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘व्यावसायिक प्रवर्धन गर्न एक्स्पोको आयोजना गरेका हौँ’

     धरान /सुनसरीको व्यापारिक प्रवर्धन गर्ने उद्देश्यका साथ फागुन ११ बाट सुरु हुन लागेको धरान एक्स्पो २०७९ को तयारी अन्तिम चरणमा पुगेको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनमा हुन लागेको एक्स्पोलाई धरान उपमहानगरपालिका र प्रदेश १ सरकारले सहयोग गरेको छ । दश दिनसम्म सञ्चालन हुने एक्स्पो धरान रंगशाला छेउमा रहेको खाली मैदानमा डोम प्रविधिको सहयोगमा निर्माण गरिएको अस्थायी संरचनामा सञ्चालन हुनेछ । प्रदेश १ का स्थानीयलाई बदलिदो प्रविधि, उत्पादन र बजारीकरणको अनुभव गराउन, सुनसरी क्षेत्रका रैथाने उत्पादनलाई व्यावसायीकरण, प्रवर्धन गर्न र विभिन्न क्षेत्रका व्यवसायी, उद्यमी, व्यापारीहरुका माझ अनुभव आदानप्

    • प्रकाशित मितिः फागुन १०, २०७९
    • १,२२८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • व्यक्तिगत स्वार्थभन्दा माथि उठे प्रदेश सांसद

    मोरङ /  प्रायः जसो व्यक्तिगत स्वार्थमा निहीत भएर प्रश्न सोध्ने प्रदेश सांसदहरुले सोमबार भएको बैठकमा भने जनजीविकाको सवाललाई प्राथमिकतामा उठान गर्दै समस्या समाधान गर्नेतर्फ सरकार केन्द्रित हुनुपर्ने सुझाव दिए । उनीहरुले कृषकले भोगेका समस्या र स्वास्थ्य सेवामा सर्वसाधारणले भोग्नुपरेका कुरालाई बैठकको शून्यमा प्राथमिकताका साथ उठान गरेका हुन् । खासगरी संसदभित्रै पनि बोल्ने मौका पाउँदा सांसद अरु नै विषयमा टिकाटिप्पणीमा आफ्नो धेरै समय खर्चिन गरेका छन् । तर सोमबार प्रदेश १ को संसदमा सांसदहरुले जनजीविकाको सवाललाई गम्भीर रुपमा उठाए । प्रदेश १ का प्रदेशसभा सदस्यले रसायनिक मलको अभाव र किसानको स

    • प्रकाशित मितिः फागुन १०, २०७९
    • ८५६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • झापामा एक व्यक्तिकाे आत्मदाह प्रयास

    बिर्तामोड/झापाको बिर्तामोडमा एक युवाले आत्मदहको प्रयास गरेका छन् । आज मंगलबार करिब ४ बजेतिर झापा विर्तामोड ७ घर भएका विजय चौधरीले आत्मदाहको प्रयास गरेको वर्तामोड इलाका प्रहरी कार्यालयले जनाएको छ । आत्मदाहबाट उनको शरीरको पछाडिको भाग जलेको छ । तत्काल उद्धार गरिएकोले अवस्था सामान्य रहेको, प्रहरीले बताएको छ । अहिले उनको विएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ । दुई साताअघि इलामका प्रेम आचार्यको काठमाडौंमा आत्मदाहबाट मृत्यु भइ सकेको छ । के कारणले चौधरीले आत्महदको प्रयास गरेका हुन् भन्ने कुरा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।

    • प्रकाशित मितिः फागुन ९, २०७९
    • १,२५६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved