Top 4

    Showing 5,371-5,380 of 7,975 items.
  • युएनकी प्रिजा ‘प्रदेश टपर’

    धरान । त्रिभुनव विश्वविद्यालयद्वारा सञ्चालित बिएचएमको चौथो सेमेष्टरको नतिजामा धरान–१६ स्थित युएन, नवोदय कलेजमा अध्ययनरत छात्रा प्रिजा डाँगी यसपटक पनि ‘धरान टपर’ र प्रदेश १ टपर बन्न सफल भएकी छिन् । चौथो सेमेष्टर अन्तर्गत फाइनलको नतिजामा प्रिजाले ३ दशमलव ८३ जिपिए प्राप्त गरेकी छिन् । क्याम्पस प्रमुख तुम्बाबोका अनुसार यो नतिजा प्रदेश १ मै उत्कृष्ट हो । त्रिविले कलेजका लागि ३३ जनाको लागि कोटा निर्धारण गरेको छ । ३३ जना विद्यार्थीले नै उत्कृष्ट नतिजा ल्याएको उनले जानकारी दिए । कलेजका अध्यक्ष ज्ञानेश्वर झाले भने, ‘अन्यको पनि नतिजा उत्कृष्ट छ, समग्र विद्यार्थी अनुपातमा धेरै वि

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 1,294 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मुवाँथाई संघ सुनसरीमा एलकन थापा मगर

    धरान । थाई बक्सिङ खेललाई व्यवसायीकरण गर्न नेपाल राष्ट्रिय मुवाँथाई संघ सुनसरी जिल्ला समिति गठन भएको छ । मंगलबार धरानमा एक कार्यक्रमको आयोजना गरी मुवाँथाई संघ सुनसरी जिल्ला समिति गठन भएको जानकारी दिइएको हो । सुनसरी जिल्ला समितिको अध्यक्षमा एलकन थापा मगर चयन भएका छन् । समितिको उपाध्यक्षमा अशेस राई, सचिवमा नविन राई, सह–सचिवमा मिलन राई, कोषाध्यक्षमा सरिता मगर चयन भएका छन् । सदस्यहरुमा भने सागर सुनुवार, प्रिजम राई र जुलन कालिकोटे चयन भएका छन् । समितिको चयन नेपाल राष्ट्रिय मुवाँथाई संघका केन्द्रिय अध्यक्ष गणेशलाल कक्षपतिको प्रमुख आतिथ्यतामा भएको थियो । चयन भएका सुनसरी जिल्ला समितिका पदाधिकार

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 885 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कृषकलाई चार थान पावर ट्रिलर प्रदान

    धरान । धरानका कृषकलाई चार थान खेतबारी जोत्ने पावर ट्रिलर उपमहानगरपालिकाले प्रदान गरेको छ । मङ्गलबार धरान उपमहानगरपालिकाका मेयर तिलक राईले वडा नं. ४ का साना किसान तथा सहकारी संस्था लि, वडा नं. ५ का श्री जरिआहाल सामुदायिक कृषक समूह, वडा नं. ६ का गंगाधन बहुउद्देशीय कृषि फर्म र वडा नं. २० का चक्रकुण्ड सहकारी संस्था लि. का कृषकलाई पावर ट्रिलर हस्तान्तरण गरेका हुन् । कृषि शाखा अधिकृत भक्तिराज शर्माले धरान उपमहानगरपालिका भित्र रहेका कृषकहरुको व्यवसाय प्रवद्र्धन र सहजताका लागि आधुनिकिकरण कार्यक्रम अन्तर्गत विभिन्न प्याकेजहरु ल्याएको बताए । किसानहरुको पेशालाई प्रवद्र्धन गर्नका निम्ति खेतबारी जोत्ने प

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 789 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोशी अस्पतालमा गुनासो बढ्दै: नमुना अस्पताल बनाउन दलहरुको प्रतिबद्धता

    धरान । सरकारी अस्पतालहरुको सेवा सुविधा चुस्त नहुँदा नागरिकले पाउने स्वास्थ्य उपचार प्रभावित बन्दै गएका छन् । देशका अधिकांश सरकारी अस्पतालको उपचार सेवा प्रति नागरिकको गुनासो बढ्दै गएको छ । विशेषज्ञ डाक्टर नबस्ने, सुचना प्रणाली व्यबस्थित नहुँदा बिरामीलाई समस्या भएको र पहूँचवालाले मात्रै सेवा पाएको गुनासो सेवाग्राहीको छ । विराटनगर स्थित कोशी अस्पतालको उपचार सेवा प्रति पनि बिरामीको गुनासो अधिक छ । संवाद समुह प्रदेश एकले आयोजना गरेको संवादमा पनि सेवाग्राहीले अस्पताल सेवा सुधारका लागि सुझाव दिएका थिए । विराटनगर स्थित कोशी अस्पतालको सेवा प्रवाह चुस्त दुरुस्त नभएको गुनासो बढ्दै गए पछि मोरङका राजनीति

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 816 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तीनमहिना पछि एकतर्फी सञ्चालन मेचीको धोवीधारा खण्ड

    धरान । मेची राजामार्गको इलाम नगरपालिकामा पर्ने धोवीधाराखण्डमा सडक भत्किएर अवरुद्ध बनेको तीन महीना पछि सञ्चालनमा आएको छ । साविक मेचीका चार जिल्ला जोड्ने सडक भत्किएपछि अवरुद्ध बनेको राजमार्ग तीन महिना पछि एकतर्फी सञ्चालनमा आएको हो । पहिरोेको भित्ता खनेर सोमबार साँझदेखि एकतर्फी रूपमा सवारीका साधन गुड्न थालेको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताए । उनले भने, ‘तत्काललाई एकतर्फी खुलेको भएपनि मेची राजमार्ग खुलेको छैन्, रातिको समयमा अझै पनि केही जोखिम छ तर दिउँसो मालबाहक सवारी साधन गुडाउन सकिन्छ ।’ धोबिधारातर्फ दिउँसो र राति नै साना–ठूला सवारी साधन गुडाउन सक्ने भए

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 818 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • छ लेन सडक विस्तार : दुहवी बजारमा सडक चौडा हुने

    धरान । छ लेन सडक विस्तारको क्रममा शुरुवात देखि नै अवरोध रहेको रानी विराटनगर–धरान सडक खण्डको दुहवीको बजार क्षेत्रमा १६ दशमलव ४६ मिटर मात्रै सडक चौडा गर्ने सहमती भएको छ । बसोबास बाहेकका स्थानमा भने ३० मिटर खाली गराउने सहमती भएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको रोहवरमा सडक आयोजनाका प्रमुख बद्रीप्रसाद शर्मा, दुहवी नगरपालिकाका प्रमुख वेद गच्छदार, बसोबास क्षेत्र रहेको दुहवी वडा नं. ३, ५ र ६ का वडाध्यक्षहरुको वैठकले दुहवी नगरपालिकाको बसोबास बाहेकका स्थानमा भने १५÷१५ गरी ३० मिटर खाली गराउने सहमति भएको छ । प्रारम्भदेखि नै दुहवीका स्थानीयहरुले

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 866 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मिरगञ्ज पुलको संयुक्त निरिक्षण

    मोरङ/ करिब एक महिना देखि अवरुद्ध बनेको भारतीय सिमानाकामा रहेको मिरगञ्ज पुल र विराटनगर नाकाको वैकल्पिक मार्गका लागि मोरंग व्यापार संघका टोली सहित भारत स्थित अररियाका डिष्ट्रिक्ट मजिस्टे«टले संयुक्त निरिक्षण गरेका छन् । एक महिना अघि मिरगञ्ज पुल भत्किए पछि निर्यात तथा आयातमा समस्या हुँदै गए पछि संघले पटक पटक सहजताका लागि भारतीय सरकार सँग पहल गर्दै आएको छ । यसै बिच संघको टोलिले गत शुक्रबार विहारका कला, संस्कृति तथा युवा मामिला मन्त्री आलोक रञ्जनसँग भेट गर्दै समस्याका बारेमा जानकारी गराएको थिए । लगत्तै आइतबार भारतका अररिया डिष्ट्रिक्ट मजिस्ट्रेट प्रशान्तकुमार सि.एच., फार्बाेसगन्जका एसड

    • प्रकाशित मितिः माघ २५, २०७८
    • 795 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अफगानी बालबालिकाका लागि सगरमाथा नेपाली समाजबाट सामग्री प्रदान

    लन्डन/ राजनीतिक उतारचढावका कारण विस्थापित भएका अफगानिस्तानका नागरिकहरूका लागि बेलायतमा रहेको सगरमाथा गोरखा नेपाली समाज आसफोर्ड केन्टले भौतिक सामग्री प्रदान गरेको छ ।अफगानी बालबालिकाको शिक्षाका लागि भन्दै समाजले भौतिक सामग्री सहायता स्वरूप हस्तान्तरण गरेको हो । आसफोर्ड बोरो काउन्सिल (नगर परिषद)को कार्यालयमा एक कार्यक्रम बीच सगरमाथा नेपाली समाजले पाँच थान कम्प्युटर प्रदान गरेको अध्यक्ष प्रसाद छन्त्यालले जनाए । तालिवानी विद्रोहीले गत अगष्टमा सत्ता कब्जा गरे पछि विस्थापित भएका नागरिकहरू मध्ये केहीलाई बेलायत सरकारले आफ्नो देशमा पुनःस्थापना गर्ने भए पछि आएका अफगानी नागरिकहरूलाई मानवीय सहयोग गर

    • प्रकाशित मितिः माघ २५, २०७८
    • 735 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पिलयाटार र ललाहानीटार पुग्यो सडक

    धरान । करिब चार वर्ष देखिको अथक प्रयास पछि बल्ल सहिदभुमि गाउँपालिकाको दुर्गम गाँउ पिलयाटार र ललाहानीटारमा पहिलोपटक सडक पुगेको छ । यस अघिनै सडक सञ्जालले जोडि सक्ने भएपनि ठुला ठुला अग्लो चटान र भिरको बाटो भएकोले चट्ना फोरेर सडक खन्न समय लागेका कारण यो वर्ष भने पिलयाटार र ललाहानीटारमा सडक पु¥याँउन सफल भएको गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले जानकारी दिए । चालु आर्थिक वर्ष छुट्याईएको १० लाख बजेटले सडक विस्तार कार्य सम्पन्न भएको गाँउपालिकाले जनाएको छ । घर आगनमा सडक पुगेपछि पिठ्यँुमा बोकेर दैनिकि उपभोग्य वस्तुहरु ल्याउनु पर्ने समस्याको अन्त्य भएको सडक उपभोक्ता समितिका अध्यक्

    • प्रकाशित मितिः माघ २४, २०७८
    • 661 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मीरगञ्ज पुल समस्या समाधान गर्न मोरङ संघले भेटे भारतको विहार मन्त्री

    धरान। मीरगञ्ज पुलको समस्या समाधान तथा विराटनगर नाकासम्मको आवागमन सुचारु गराउन मोरङ व्यापार संघका पदाधिकारीले भारतका विहार राज्यका मन्त्री सँग भेट गरेका छन् । संघका अध्यक्ष नविन रिजालको टोलिले भारतको विहार राज्यका कला, संस्कृति तथा युवा मामिला मन्त्री आलोक रञ्जनको आमन्त्रणमा विहारको राजधानी पटनामा भेटघाट गरेका हुन् । संघको टोलिले विहार मन्त्री रञ्जनसँग मोरङ–सुनसरी औद्योगिक कोरिडोरका उद्यमी व्यवसायीहरुको प्रमुख समस्याको रुपमा रहेको क्षतिग्रस्त मीरगञ्ज पुल बारे अवगत गराउँदै समस्याहरु शिघ्र निराकरणका लागि भारतका सम्बन्धित निकायहरुमा पहल गरिदिन अनुरोध गर्दै सुझाव सहितको ज्ञापन पत्र बुझाएको

    • प्रकाशित मितिः माघ २४, २०७८
    • 650 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved