धरान / धरानमा आजबाट आयोजना हुन लागेको प्रदेश १ स्तरीय पाँचौं पुष्प व्यापार प्रदर्शनी मेलाको उद्घाटन प्रदेश १ का कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले गर्ने भएका छन् । आयोजक फ्लोरीकल्चर एसोसिएसन सुनसरीले मंगलबार दिएको जानकारी अनुसार मेलाको तयारी पूरा भएको र उद्घाटन मन्त्री सिटौलाले गर्ने जानकारी गराएका हुन् । आयोजक फ्लोरिकल्चर एसोसिएसन सुनसरीका सचिव राजेश राईका अनुसार सबै तयारी पुरा भएको बताए । उनले भने–‘तयारी पूरा भएको छ, दुई वर्ष कोरोना कहरका कारण गर्न नसकिएको मेला यस वर्ष भव्य तरिकाले गर्ने योजनामा हामी छौं ।’ महोत्सव पव्लिक हाईस्कुल धरान–१२ को खे
मोरङ / पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत सेमेष्टर प्रणाली बमोजिम सञ्चालित स्नातकोत्तर तहको एमविए स्नातकतहको विविए शैंक्षिक कार्यक्रमहरुको नयाँ परिमार्जित पाठ्यक्रमको बारेमा एक दिने शिक्षकहरुलाई अभिमुखिकरण गरेको छ । पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकाय सम्बन्धित कलेजमा अध्यापन गराउने शिक्षकहरुलाई जानकारी दिन र अभिमुखिकरण गराएको हो । गोष्ठीकोको उद्घाटन पूर्वाञ्चल विश्वविद्यालयका उपकूलपति प्रा.डा. यादवराज कोइरालाले गरे । मधेश विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक शाक्य ले एमविए र विविए शैक्षिक कार्यक्रमको पाठ्यक्रम वारे प्रकाश पारे । पू.वि.व्यवस्थपन संकायका डीन
रुस–युक्रेन युद्धका कारण सुरु भएको महङ्गी चालू आर्थिक वर्ष २०७९÷८० को छैटौँ महिनामा पनि घटेको छैन । महङ्गीका कारण सर्वसाधारणको ढाड सेकिएको छ । खास गरी पेट्रोलियम पदार्थको मूल्य बढेको बढ्यै छ भने खानेतेलमा मूल्यवृद्धि आकाशिँदो छ । इन्धनमा भएको मूल्यवृद्धिले हरेक क्षेत्रमा प्रभाव पारेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ६ महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार गत पुस महिनामा उपभोक्ता मुद्रास्फीति ७.२६ प्रतिशत छ । गत वर्ष समीक्षा अवधिमा यस्तो मुद्रास्फीति ५.६५ प्रतिशत थियो । हामी सङ्कटोन्मुख दिशामा छौँ भन्ने यसबाट पनि देखिन्छ । पुसमा काठमाडौँ उपत्यकामा
बिर्तामोड / झापाका किसानले बिर्तामोडको मुक्ति चोकमा अण्डा र कुखुरा फालेर विरोध जनाएका छन् । आफ्ना उत्पादनले उचित मुल्य र बजार पाउनु पर्ने माग गर्दै आफूहरुले अण्डा र कुखुरा सडकमा फालेर सरकारको ध्यानाकर्षण गराएको प्रदर्शनमा सहभागी किसानले बताए । कृषिमा आत्मनिर्भर होउ भनेर सरकारले गरेको आग्रह अनुसार आफूहरु कृषि कर्ममा लागेर र उत्पादन पनि गरेको तर सरकारले त्यसको बजारीकरण नगरेकाले सडकमा उत्रिनु परेको बताए । महँगीका कारणले देशभरका किसानहरु मारमा परेको भन्दै प्रदर्शनमा सहभागी किसानहरुले यो प्रतिनिधिमुलक आन्दोलन भएको र यसमा झापाका सबै किसानको समर्थन रहेको बताएका छन्
मोरङ/ दलित उत्थान समन्वय समिति सुन्दरहरैचाको अध्यक्षमा कुमार मिजार चयन भएका छन । आइतवार सम्पन्न साधारण सभाबाट मोरङको सुन्दरहरैचा नगरपालिका दलित उत्थान समन्वय समितिको अध्यक्षमा कुमार मिजार चयन भएका हुन । समितिको उपाध्यक्षमा धनराज रसाईली र मदन परियार अनि सचिवमा माधव शिवा र सहसचिवमा कुमार बयलकोटी र कोषाध्यक्षमा दिपा विश्वकर्मा चयन भएका छन् । सुन्दरहरैचा नगरपालिका भित्र रहेका सबै थरका दलित समुदायको हक अधिकारका लागि निर्माण भएको दलित उत्थान समन्वय समितिको पदाधिकारीहरु सहित जम्मा १७ जनाको कार्यसमिति चयन भएको अध्यक्ष कुमार मिजारले बताए । साधारण सभाको क्रममा दलित उत्थान समितिको श्रमदान र नगरप
प्रदेश १ को प्रदेशसभा बैठक छुट्टाछुट्टै दुईवटा समिति गठन गरेको छ । प्रदेशसभा नियमावली २०७४ को नियम १३ बमोजिम ११ सदस्यीय कार्य व्यवस्था परामर्श समिति गठन भएको छ । समितिको सदस्यमा अम्बरबहादुर विष्ट, नारायण मगर, रेवती रमण भण्डारी, सिर्जना राई, भुपेन्द्र राई, विद्या विद्या चाम्लिङ, भीम पराजुली र ज्ञानेन्द्र सुवेदी रहेका छन् । प्रदेशसभा नियमावली २०७४ को नियम १३ बमोजिम सभामुख अध्यक्ष, उपसभामुख र आन्तरिक मामिला तथा कानुनमन्त्री पदेन सदस्य रहने व्यवस्था छ । यसैगरी पदेश सदस्य नियमावली मस्यौदा समिति समेत गठन भएको छ । समितिमा गीता तिम्सिना, कमलप्रसाद जवेगु, शोभा चेम्जोङ, केदार कार्की,
संखुवासभा / अलैची निर्यातमा तीनै सकारको सहयोग रहनु पर्ने अलैची व्यवसायीहरुले सरकारसँग माग गरेका छन् । अलैची व्यवसायीहरुको छाता संगठन अलैची व्यवसायी महासंघले सरकारसँग यस्तो माग गरेको हो । म्हासंघका अध्यक्ष निर्मल भट्टराईले अलैची निर्यातमा तीनै सरकारको सहयोग आवश्यक रहेको बताएका हुन् । उनले भने–‘अलैची निर्यातमा सरकारको आवश्यकताको खाँचो छ, अलैँचीलाई आफ्नै ब्राण्ड र प्याकेजिङमा अन्तरराष्ट्रिय बजारमा लैजान तीनै तहका सरकारको सहयोग आवश्यक छ ।’ प्रदेश १ को कृषि मन्त्रालयको सहयोगमा तथा नेपाल अलैँची व्यवसायी महासंघको केन्द्रीय कार्यालय बिर्तामोडको आयोजनामा अलैँचीको समस्याबारे कृषक र स
विजयपुर/ नागरिक हेल्थ प्रोग्राम र बगरकोट यातायात प्रा.लि को सर्कायमा धरान १५ बगरको नमुना मार्गमा सोमबार देखि ५ दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नागरकि हेल्थ प्रोग्राम एक सामाजिक संस्था हो । यो सरकारी तबरबाट चलेको संस्था भएकाले बेला बेला यस संस्थाले सहुलियत शुल्कमा स्वास्थ्य जाँच गर्ने गरेको बताएको छ । २०७२ साल देखि धरान उपमहानगरपालिका वडा नम्बर ५ मा नागरिक हेल्थ प्रोग्रामको कार्यालय रहेको छ । यस संस्थाले अहिले सम्म ३५ हजारको स्वास्थ्य परीक्षण गरिसकेको संस्थाका प्रतिनिधि खगेन्द्र भण्डारीले बताएका छन् । पहिलो दिन शिविरमा स्वास्थ्य जाँच गर्ने २५ जनाको सहभागिता रहेको थियो ।
दुहबी / दुहबी नगरपालिका ५ मा रहेको सरस्वती माध्यमिक विद्यालयको ६६ औं वार्षिकोत्सव सम्पन्न भएको छ । सो अवसरमा पुरस्कार तथा छात्रवृत्ति वितरण तथा नव निर्मित भवनको समुद्घाटन गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ब्रहमप्रकाश रौनियारको सभापतित्वमा सोमबार भएको कार्यक्रमका प्रमुख अतिथि दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले विद्यालयले समाजमा गरेको योगदानको विषयमा चर्चा गर्दै दुहबीको सम्पूर्ण विद्यालयहरुमा नैतिक शिक्षा लागू गर्ने जानकारी दिएका थिए । उनले यो काम स्थानीय सरकार एक्लैले गर्न नसक्ने बताउँदै अभिभावक, शिक्षक र विद्यार्थीहरुको साझा प्रयासबाट मात्र सम्भव हुने बताए
धरान / स्थानीय सरकारले जेष्ठ नागरिकलाई सम्मान हुने खालका कार्यक्रमहरु अगाडि बढाउँदै आएका छन् । वडाहरुले स्थानीय सरकारको अनुभूति हुने खालका कामलाई अगाडि बढाउँदै ज्येष्ठ नागरिकको घर घरमा पुगेर सामाजिक सुरक्षा वितरण गर्ने कामलाई निरन्तरता दिएका छन् । धरानका २० वटै वडाले यस्ता कामलाई अगाडि बढाएका छन् । सामाजिक सुरक्षा भत्ता घर घरमा पुगेर दिने कामको सुरुवात धरान उपमहानगरपालिका वडा नं. १४ ले गरेको थियो । वडाले ज्येष्ठ नागरिकलाई मात्र हैन अपाङ्ग तथा असहायहरुको सहजताका लागि घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको थियो । पछिल्लो समय धरान उपमहानगरपालिका ८ नं. वडा कार्यालयले समेत यो क