धरान । सर्वसाधारणले महंगी बढेको गुनासो गर्न थाले पछि धरानमा अनुगमन गरिएको छ । धरानका विभिन्न व्यवसायिक फर्महरुमा अनुगमन गर्दा अनुगमनकर्ताहरुले कम तौल, म्याद गुज्रिएको सामग्री विक्री वितरण गर्ने पाइएको थियो । धरान उपमहानगरपालिका अन्तर्गतको अनुगमन समिति, घरेलु तथा साना उद्योग कार्यालय इटहरी, ईलाका प्रशासन कार्यालय धरान, राष्ट्रिय उपभोक्ता मञ्च, सुनसरी उद्योग वाणिज्य संघको टोलीले सोमबार अनुगमन गरेको थियो । सोमबार अनुगमन टोलीले ७ वटा होटल र अन्य खाद्य सामग्रीका पसलहरुमा अनुगमन गरेको थियो । अनुगमन टोलीले सुरज पापड मापदण्ड विपरीत सञ्चालन भएको भन्दै नष्ट गरेको थियो भने अन्य मापदण्ड विपरीत सञ्चालन
धरान । कोरोना कहरका कारण थिलथिलो भएको पर्यटन व्यवसायी फेरि पुरानै लहयमा फर्कन पर्यटन प्रवद्र्धन गर्ने काममा जुटेका छन् । पूर्वको पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्नका लागि यसपटक चैत्र ११ देखि १३ गतेसम्म इस्ट टुरिजम मार्टको आयोजना गरिने इस्ट टुरिजम मार्ट २०२२ आयोजक समितिले धरानमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । धरान १२ पब्लिक माविको प्रागरणमा हुन लागेको मार्ट विगतमा प्रेक्षलय हलमा हुने गरेपनि यसथिक भने खुल्ला मैदानमा गर्न लागिएको मार्टका संयोजक भविष श्रेष्ठले जानकारी दिए । उनले भने–'नागिरकहरुमा पर्यटनप्रतिको चासो बढाउन
धरान । धरान १२ मा रहेको धरान मेघा हिमालयन कलेजको आयोजनामा अन्तर विद्यालय धरान मेघा रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता चैत्र १५ गते देखि १९ गते सम्म हुने आयोजकले आइतवार कफि पव एण्ड रेष्टोमा पत्रकार सम्मेलन गरी जानकारी गराएका छन । अध्ययनसंगै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सामेल गर्दै आएको कलेजले खेल र खेलाडिको सम्मान गर्दै बास्केटवल प्रतियोगिता आयोजना गर्न लागिएको कलेजका अध्यक्ष केलाश लिम्वुले जानकारी गराए । प्रतियोगिताका विजेताले नगद पन्द्र हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद सात हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ
धरान । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी झापा गोल्डकपको फाइनल खेलमा लागि बिर्तामोड आउने भएका छन् । फागुन ३० गते डोमलाल राजवंशी रङ्गशालामा हुने त्रिभुवन आर्मी क्लब र झापा–११ को खेलका लागि अल्मुताइरी झापा आउन लागेका हुन् । प्रतियोगितालाई थप उत्साह प्रदान गर्न उनलाई झापा बोलाइएको झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । बस्नेत भन्छन्–‘गोल्कपको उत्साह थप्नउ उनी झापाआउन लोकाका हुन् उनी खेल अवधिभर मैदानमा रहने छन् ।’ कुवेतका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नि
धरान । नेपाल कम्ष्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग प्रतिष्पर्धा हुने बताएका छन् । निर्वाचनामा माओवादी गठबन्धनमा जाने संकेत दिदै उनले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको र निर्वाचनको प्रतिष्पर्धी पनि एमाले नै हुने बताएका छन । प्रेस सङ्ठगन नेपाल प्रदेश समितिद्वारा आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले एमाले मुख्य प्रतिपष्र्धी भएको संकेत गर्दै भने, ‘आगामी निर्वाचन परिवर्तनलाई संस्थागत गर्ने पक्ष र संसद् अवरुद्ध गर्ने पक्षबीच प्रतिस्पर्धा हुन्छ ।’ अध्यक्ष दाहालले आफ्नो विचार, एजेण
धरान । १८ महिने नाबालिका बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई प्रक्राउ गरी सार्वजनिक गरेको छ । मोरङको सुन्दरहरैचा नगरपालिका–७ की १८ महिने वालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा स्थानीय २५ बर्षीय अजय चौधरी र २८ बर्षीय मिथुन चौधरी पक्राउ परेका छन् । प्रहरीका अनुसार फाल्गुन २७ गते बेलुका साँढे ५ बजेतिर घरबाट नै हराएकी बालिका साँढे ६ बजे घर नजिकै झाडीमा अचेत अवस्थामा फेला परेकी थिइन । प्रहरीले बालिकालाई तत्काल उद्धार गरी उपचारको लागी नोबेल अस्पताल लगिएकोमा उपचारको क्रममा राती साँढे १२ बजे मृत्यु भएको थियो । बालिकालाई चौधरीद्धयले घरमा कोही नभएको मौका पारेर घरैबाट बोकेर झाडीमा
धरान । सुनसरीको सदरमुकाम इरुवादेखि उत्तरमा धनकुटा, पश्चिममा उदयपुर, पूर्वमा घरान उप–महानगरपालिका र दक्षिणमा रामधुनी नगरपालिका, भोक्राहा गाउँपालिका , कोशी गाउँपालिकाको सिमानामा अवस्थित बराहक्षेत्र नगरपालिका रहेको छ । २०७३ साल फाल्गुन २७ गते नेपाल सरकारले भरौल, बराहक्षेत्र, महेन्द्रनगर, प्रकाशपुर र मधुवन ५ गाविसहरु मिलाएर नगरपालिका घोषणा नगरपालिकाको कार्यालय चकरघटीमा राखिएको छ । तर चतरामा रहेको साविकको बराक्षेत्र गाविस र अहिलेको बराहक्षेत्र १ र २ वडा भने विकासका लागि उपेक्षित वडा पर्छन । जुन गाविसबाट नगरपालिका बन्यो त्यही वडाको भने विकास भएको पाइदैन । स्थानीयहरुले पनि पुरानो बराहक्ष
धरान । स्वास्थ्य नै धन हो भन्ने मूल मन्त्र बाकेर गठन भएको सेवक अभियान २ सय हप्र्ता पूरा गरेको छ । पदयात्राका माध्यमबाट धरानका सर्वसाधारणाई स्वँथ्य जीवन प्रदान गर्नुका साथै धरानका रमणीय पर्यटकीय स्थलको अवालोकन गराउदै आएको सेवक अभियानले आफ्नो २ सय हप्ता पुगेको अवसरमा धरानको पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गराएको छ । प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारीले पदयात्राको उद्घाटन गरेका थिए । उद्घाटन पश्चात बोल्दै भण्डारीले सेवक अभियानले गरेको कामप्रति खुलेरै प्रशंसा गरे । उनले भने– ‘सेवक अभियानले पदयात्राका माध्यमबाट मानिसको जीवन स्वास्थ्य राख्न र धरानका पर्यटकीय स्थलको अवलोकन समेत ग
धरान l धरान–१२ स्थित पब्लिक हाइस्कुलका विद्यार्थीलाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सफलता मिलेको छ । पब्लिकका छात्र तथा छात्राले भलिबल प्रतियोगिताअन्तर्गत प्रतियोगितामा सहभागी अन्य टिमलाई पछि पार्दै जित हात पार्न सफल भएको विद्यालयका प्रधानाध्यापक इन्द्रमोहन झाले जानकारी दिए । उनले भने–‘अध्ययनसंगै खेलकुदका गतिवधिमा हाम्रा विद्यार्थी अब्बल बन्दै गएका छन् यसैको परिणाम हुनसक्छ भलिबल प्रतियोगिताको छात्र तथा छात्रा दुवैतर्फको सफलता ।’ शुक्रबार धरान–१५ स्थित युनाइटेड गोर्खा एकेडेमीको खेल मैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा धरान–११ स्थित ज्ञानोदय माविका वि
धरान l अहिलेको सामाजिक सञ्जालमध्ये निकै लोकप्रिय रहेको टिकटकले मानिसको जीवनमा यति धेरै परिवर्तन ल्याएको छ कि टिकटक चलाउनेहरुलाई के सही के लगत भनी नछुट्याई टिकटक बनाउनेहरु धेरै छन् । टिकटकमा भाइरल बनेर भाइरल बनाउनेकै लागि यसको प्रयोगकर्ता जे पनि गर्न थालेका छन् । यही टिकटक बनाउने होडका कारण मोरङको बेलबारी नजिकै रहेको क्यामोमाइल खेति नष्ट भएको छ । जटिबुटीमा सबैभन्दा उपयोगी र राम्रो औषधि मानएको क्यामोमाइलको फूलमा टिकटक बनाउदा खेति नै ध्वस्त बनाइदिएका छन् जसले गर्दा उत्पादन तथा प्रशोधन केन्द्र लिमिटेडलाई ३० लाख बराबरको क्षति पुगेको छ । सामाजिक सञ्जाल टिकटकमा भिडियो बनाउनेहरुका कारण मोरङको बेलबारी