धरान । नेत्र विक्रम चन्द (विप्लव) मा आवद्ध नेपाल कम्ष्युनिस्ट पार्टीले सुकुम्बासीलाई हटाउने निर्णयको विरोध गरेको छ । उनीहरुले मंगलबार नेपाल पत्रकार महासंघ सुनसरीको हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै २०७२ साल पछिका सुकुम्बासीलाई उपमहानगरपालिकाले हटाए कडा आन्दोलन गर्ने चेतानी दिएका छन् । पार्टीका धरान नगर सेक्रेटरी सुवास राईले धरानको नमुना सुन्दर बस्तीबाट २०७२ सालपछिको सुकुम्बासीलाई हटाए आन्दोलन गर्ने चेतावनी दिएका छन् उनले भने–‘ धरान वडा नं ११ र १७ मा रहेको नमुना सुन्दर वस्तीमा बसोबास गर्ने २०७२ सालपछिका सुकुम्बासीलाई हटाउने दुस्साहस गरे हामी जस्तोसुकै आन्दोलन गर्न पनि तयार छौ ।&r
धरान । प्रेस युनियन सुनसरीले रामधुनीको कार्यसमितिलाई पूर्णता दिएको छ । सोमबार नेपानी कांग्रेस रामधुनीको पाटी कार्यालयमा बसेको बैठकले रामधुनी समितिलाई पूर्णता दिइएको हो । समितिको संयोजकमा बिनोद आचार्य चयन भएका छन् । यस्तै सह संयोजकमा सुमन भट्टराई, सचिवमा हेमन्त चौधरी, सहसचिवमा सरोज राउत र कोषाध्यक्षमा होम कुमारी चौधरी चयन भएका छन् । त्यसै गरि सदस्यहरूमा मानिस चौधरी, मान्यता साह, कृष्ण सरदार, रेनु राई, हिना चौधरी, संगीत चौधरी, भुपाल खतिवडा, निसान राइ, ज्योती पोखरेल, बिजय राई, एलएन गच्छदार र रविन राउत चयन भएका छन् । सल्लाहकारमा राम कुमार कटुवाल, सुनिल चौधरी, धिरेन्द्र चौधरी, कमला चौधरी, रामन्द
धरान । प्रदेश स्तरिय दलित अधिकार ऐन निर्माण गर्न प्रदेश १ का जनप्रतिनिधीहरुले माग गरेका छन । प्रदेश १ को पहिलो भेलामा सहभागी जनप्रतिनिधिहले तुरुन्तै दलित अधिकार ऐन निर्माण गर्न सरकार र सांसदहरुसँग माग गरेका हुन्। ५७ औ अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवस ९ २१ मार्च० को अवसरमा बिराटनगरमा भएको प्रदेश १ का जनप्रतिनिधिहरुले प्रदेशमा दलित अधिकार ऐन नहुँदा बजेट निर्माण र कार्यक्रम परिचालनमा दलितहरुको सहभागी हुन नसकेको बताएका छन् । उनिहरुले जातिय विभेद र छुवाछुत व्यवहारमा उन्मुलन हुन नसकेको र दलितहरुको शीप र क्षमता बृद्धि गराउन संरचना निर्माण नभएको गुनासो गरेका छन् । सोमबार र मंगलबार विराटनगरमा
धरान । सुनसरीको इटहरीमा विपद जोखिम न्यूनिकरण तथा पूर्व तयारीका लागी प्रदेश स्तरीय छलफल तथा अन्तरकृया सम्पन्न भएको छ । स्थानीय सरकार, प्रदेश सरकारका मन्त्री, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका सरोकारवाला निकायका बिच सम्पन्न भएको छलफल तथा अन्तरकृयामा जोखिम न्यूनिकरणका विषयमा छलफल भएको हो । प्रदेश १ मा पनि डुबानको हिसाबले सबै भन्दा जोखिम रहेको सुनसरी लगायतका जिल्लाहरूमा विपद र त्यसको न्यूनिकरणका लागी छलफल भएको थियो । विपद जोखिम न्यूनिकरण तथा पूर्व तयारीका लागी प्रदेश स्तरीय बहुसरोकारवाला प्लेटफर्म निर्माण तथा परिचालन सम्बन्धी समन्वय बैठकमा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम बहाद
धरान । पछाडी पारिएको दलित समुदायको हक अधिकारका लागि निरन्तर कलम चलाउदै आएका पत्रकार गणेश लम्साललाई सम्मान गरिएको छ । प्रदेश १ को राजधानी विराटनगरमा ७ र ८ गते सम्पन्न पहिलो दलित जनप्रतिनिधिहरुको भेलामा नयाँपत्रिक दैनिकका प्रदेश १ का समाचार ब्युरो प्रमुख पत्रकार लम्साल सम्मानित भएका हुन । ५७ औ अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवस ( २१ मार्च) को अवसरमा प्रदेश १ सरकार, समता फाउण्डेसन र रिडेफ नेपालले संयुक्त्त रुपमा अधिकार सुनिश्चित गराउनका लागि कार्यक्रम आयोजना गरिएको थियो । दलित जनप्रतिनिधिहरुको भेलामा पत्रकार लम्साललाई प्रदेश १ का प्रमुख परसुराम खापुङग, समाजिक विकास मन्त्री राजन राई र स्वास्थ
धरान । इलामको फाकफोकथुम गाउँपालिकाको कार्यालयमा तोडफोड भएको छ । गाउँपालिकाले दक्षिण कोरियामा मौसमी कामदार पठाउने प्रक्रिया पारदर्शी नगरेको भन्दै असन्तुष्ट युवाले गाउँपालिकाको कार्यालयमा तोडफोड गरेका हुन् । उनीहरूले कार्यालयको प्रशासनिक शाखाहरूमा तालाबन्दी समेत गरेका छन । तोडफोडबाट गाउँपालिकाको प्रशासनिक भवन, विभिन्न शाखाको कार्यकक्ष, कम्युटर, पिन्टरलगायतमा क्षति पुगेको छ । आन्दोलनमा उत्रिएका युवालाई वार्ता गर्ने भनी झुलाएर गाउँपालिकाले बेवास्ता गरेपछि युवा समूह आक्रोशित भएको असन्तुष्ट मध्येका प्रकाश लिम्बूले बताए । उनले भने ‘हामीलाई वार्ता गर्ने भनेर बोलाइएपछि जनप्रतिनिधि नै सम्पर्कवि
धरान । आन्तरिक आयस्रोतको सुनिश्चितता नै नगरी २०७८÷७९ को बजेट विनियोजन गरिएकाले बजेट कार्यान्यवन थप चुनौतीपुर्ण बनेको छ । आन्तरिक स्रोत घटे पछि अधिकांश सामाजिक विकाशका कार्यक्रमहरु प्रभावित हुने भएका छन् । बजेट बनाउँदा जनताको अपेक्षा अनुसार वास्तविक आन्तरिक स्रोत भन्दा पनि बढीको बजेट बनाए पछि अहिले पुँजिगत खर्च गर्न चुनौतीपुर्ण भएको हो । एका तिर जनताले अपेक्षा गरे अनुसारको कार्यक्रमहरु गर्न दबाब बढिरहेको छ, अर्को तर्फ आन्तरिक आय सोचे अनुसार नभए पछि धरान उपमहानगरपालिका अनुमानित आय घटाउन बाध्य भएको छ । यस वर्ष जनताले सोचे अनुसारको योजनाहरु कार्यान्यवन नहुने पक्का भएको छ । धरान उपमहानगर
धरान । इलामको रोङ गाउँपालिका ४ जोरकलस स्थित मेची राजमार्गमा अवैध समान बोकेको गाडी सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मगंलबार बिहान साढे सात बजे प्रहरी चौकी किटेनीबाट चेकिङमा खटिएको प्रहरी टोलीले झापाबाट इलाम तर्फ जाँदै गरेको प्रदेश १–०१–००१ च ९२१९ नम्वरको वलेरो गाडीमा अवैधरुपमा बोकेको अन्दाजी १९ लाख बरावरको २००० किलोग्राम ९४० बोरा हार्ड छुर्पी बरामद गरेको हो । अवैध छुर्पी बरामद भए सँगै उक्त छुर्पी, गाडी र चालक इलाम सुर्योदय नगरपालिका २ का निमा तामाङ लाई आवश्यक कार्वाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ
धरान । क्याम्पसका अति आवश्यक सुविधाहरुको सुधारको माग गर्दै नेपाली कांग्रेस सम्बद्ध नेविसंघले धनकुटा वहुमुखी क्याम्पसमा प्रमुखको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । फागुन २२ गते बुझाएको सात बुँदे मागपत्र सम्बोधन नगरेको भन्दै उनीहरुले क्याम्पस प्रमुख होमबहादुर बस्नेतलाई कार्यकक्षबाट बाहिर निकाली कुर्सी समेत जलाइदिएका छन् भने कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । संघले विज्ञप्ति जारी गरेर क्याम्पसमा पिउने पानीको व्यवस्था, शौचालय सुधार, पुस्तकालयमा नयाँ पाठ्यक्रम अनुसारका पुस्तकको व्यवस्था, छात्रावास सुधार लगायत ७ बुदे मागपत्र क्याम्पस प्रमुख समक्ष बुझाएका थिए । माग सम्बोध
धरान । प्रधानमन्त्री शेरवहादुर देउवाले सरकार स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा गर्ने पक्षमा रहेको वताएका छन । उनले सरकार निर्वाचन सार्ने पक्षमा नरहेको स्पष्ट पारेका हुन् । मोरङको सुन्दरहरैचा नगरपालिकाको प्रशासकिय भवन शिलान्यास कार्यक्रमका प्रमुख अतिथी प्रधानमन्त्री देउवाले सरकार निर्वाचन आयोगले तोकेको समयमा सार्ने मनसायमा नरहेको वताएका हुन । प्रधानमन्त्री देउवाले निर्वाचन गर्ने काम निर्वाचन आयोगको भएको र निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति तय गरिसकेकाले सवै निर्वाचनलाई निष्पक्ष र धादलीरहित सम्पन्न गर्न जुटनु पर्नेमा जोड दिए । उनले सरकार निर्वाचन सार्ने मनसायमा नरहेको भन्दै टा