पिण्डेश्वरको माछा स्थान्तरण गरियो

  • बैशाख १२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान / धरान १४ विजयपुरमा रहेको पिण्डेश्व मन्दिर अगाडि रहेको सरस्वती सरोवरमा रहेका माछा धमाधम मर्र्न थालेपछि माछालाई सुनसरीको चतरामा रहेको सप्तकोशीमा स्थान्तरण गरिएको छ ।

सरस्वती सरोवर (पोखरी) मा भएका ५ सय भन्दा बढी माछा मरेपछि धरान उपमहानगरपालिका वडा नं. १४ वडा समिति र पिण्डेश्वर बाबाधाम समितिले त्यहाँको माछा सप्तकोशीमा स्तान्तरण गरिएको हो ।

पिण्डेश्वर मन्दिर अगाडि रहेको सरस्वती सरोवरमा सर्वसाधारणले पितृको नाममा माछा चढाउने गरेका छन् । जिउँदो साना साना भुरा पोखरीमा हाल्ने गरेकै कारण यहाँ धेरै माछाहरु रहेका थिए । तर पछिल्लो समय पोखरीमा रहेको माछा धमाधम मर्न थालेपछि वडा समिति र पिण्डे्रश्वर बाबधाम समितिले सप्तकोशीमा स्तान्तरण गरेका हुन् ।

यहाँ चढाइएका माछा मान्छेको आत्मासँग पितृहरुको आत्मा जोडिएको मान्यता राखिन्छ । त्यसैले यहाँका मान्छे किनबेच र कसैले खाँदैनन् । बर्षेनी चढाउँदा यहाँ माछाको संख्या बढी हुदा अक्सिजन कम भएका कारण माछा मर्न थालेपछि सप्तकोशीमा स्थान्तरण गरिएको धरान उपमहानगरपालिका वडा नं. १४ की वडा सदस्य झरना पौड्याल सुनुवारले बताइन् ।

वडा समिति र बाबाधाम समितिले पोखरीमा पानी हाल्ने काम गर्दा समेत माछा मर्न नछाडेपछि थप माछा मर्न नदिन सप्तकोशी नदीमा स्थान्तरण गरिएको उनको भनाई थियो । धार्मिक अस्थासँग जोडिएको यहाँ चढाइएको माछा खान र बेच्न नहुने भएकोले माछा व्यवस्थापनमा समस्या आएपछि माछा मर्न थालेको पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास वनेपानीले बताए । 

उनले पानीको मात्रा कम हुदै जाँदा पोखरी सुक्नु र माछालाई चाहिने अक्सिजन पर्याप्त नहुदा माछा मर्ने क्रम नरोकिएको बताए । उनले पटक पटक पोखरीमा पानी थप्ने काम हुदा पनि माछा मर्ने क्रम नरोकिएकोले माछालाई सप्तकोशीमा स्थान्तरण गरिएको बताए ।

माछा स्थान्तरणमा खटिएका देव साहले भने पोखरीमा पानीको मात्रा घट्नु र प्रदुषण बढ्दै गएकोले माछालाई चाहिने पर्याप्त अक्सिजन नभएपछि माछा मरेको बताए ।यो पोखरीमा पितृको नाममा माछा छोड्दा पुण्य प्राप्त हुन्छ भन्ने मान्यता रहीआएको छ। यहाँ छाडिएको माछा बेच्न र खान नमिल्ने बताइन्छ ।

माछाको सं्ख्या अत्याधिक हुनु, पोखरीमा पानीको मात्रा घट्दै जानु, पानी प्रदुषित हुदै जादाँ अक्सिजनको कमी हुनु लगायतका कारण माछा मर्न थालेपछि विकल्पको रुपमा वडा समिति र बाबाधाम समितिले माछालाई सरस्वती सरोवरबाट सप्तकोशी नदीमा स्थान्तरण गरिएको बताइएको छ ।

एसईई स्पिकरको दोस्रो ...

धरान/ कोशी प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगिता ‘ ...

दमकको भ्यू टावर’ तया ...

झापा/ राष्ट्रिय गौरबको आयोजनाको रुपमा हेरिएको झापा ...

धन कमाउन हिडेकी धनमा ...

धरान । एक श्रीमान,५ छोरी र २ छोराकी आमा धनमाया विश्वकर् ...

कोशि प्रदेस स्तरीय ...

 धरान/  कोशि प्रदेस स्तरीय एस.ई.ई.आईडल-२ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved