ब्रेन ट्युमर र मुटुको नोबेलमा सफलतापूर्वक शल्यक्रिया

  • वैशाख ११, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / कुनैपनि शल्यक्रिया गर्नुअघि मुटुसहित शरीरका महत्वपूर्ण अंगको परीक्षण गरिन्छ । मुख्य अंगहरु चुस्तदुरुस्त रहेको यकिनपछि मात्र चिकित्सकले अप्रेशनको प्रकृया सुरु गर्छन् ।

मुख्य अंगमा खराबी देखिएमा अप्रेशनका क्रममा बिरामीको ज्यान जानसक्ने खतरा भएकाले अप्रेशन नै रोकिन्छ । तर, विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मुटुको जटिल दीर्घ रोग भएका विरामीको पनि ब्रेन ट्यूमरको सफलतापूर्वक शल्यक्रिया गरिएको छ ।

सुनसरीको इटहरी–७ स्थित सुकल्प टोलकी लक्ष्मीदेवी कोइरालाको पिट्यूटरीग्लाण्डमा भएको ट्यूमरको शल्यक्रिया गरिएको हो । डीसीएम नामक मुटुको जटिल दीर्घ रोगका कारण ५५ बर्षीया कोइरालाको मुटुको रक्त प्रवाह क्षमता न्यून छ । जसका कारण शरीर कमजोर हुने र मुटुको चाल गढबढी भएर अप्रेशनका क्रममा ज्यान जानसक्ने जोखिम भएपनि नोबेलमा सफलतापूर्वक अप्रेशन गरिएको हो ।

नाकबाट दुरविन छिराएर विना चिरफार कोइरालाको ब्रेन ट्यूमर निकालिएको नोबेलका बरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्लेले जानकारी दिए । ‘मुटुमा समस्या भएका विरामीलाई अप्रेशन गर्ने क्रममा बेहोस बनाउँदा पुनः होसमा फर्काउँन सकिन्छ कि सकिदैन भन्ने एनेस्थेटिक च्यालेन्ज हुन्छ डा.काफ्ले भन्छन्हा मीसँग न्यूरो, कार्डियोसहित एनएसथेसियाको राम्रो टिम भएकाले रिस्की अप्रेशन पनि सफलतापूर्वक गरेका छौं ।

नोबेलको न्यूरो सर्जरी बिभाग प्रमुखसमेत रहेका डा.काफ्ले नेतृत्वको टिमले कोइरालाको ब्रेन ट्यूमर निकालेको हो । अप्रेशनमा न्यूरो सर्जन प्रा.डा.एडमण्ड जोनाथान, डा.प्रमोद चौधरी, मुटुरोग बिशेषज्ञ प्रा.डा.राजेश नेपाल, डा.सहदेव ढुंगाना, एनएसथेसियोलोजिष्ट डा.बन्दना पौडेल, डा.सागर दाहालसहितको टिम सहभागि थियो ।

कोइराला दुई बर्ष अघिदेखि टाउको दुख्ने, बसेपछि उठ्न गाह्रो हुने, हात दुख्ने, सुनिने लगायत समस्याबाट पीडित थिइन् । आँखाको दृष्टि पनि घट्दै गएको थियो । समस्या बढेपछि उपचारका लागि उनलाई काठमाडौं र भारतको सिलगुढी पनि लगियो ।

तर, मुटुको समस्याका कारण अप्रेशन गर्न नसकिने भन्दै डाक्टरले फर्काइदिएको लक्ष्मीका भाई भुपाल भट्टराई सम्झन्छन् । उनी भन्छन्, ‘जहाँ लगेपनि मुटुको समस्या छ, अप्रेशन गर्न सकिदैन भन्दै फर्काए, काठमाडौं र सिलगुढीका अस्पतालले पनि फर्काएपछि केही उपाय नलाग्ने रहेछ भन्ने सोचेका थियौं, अहिले नोबेलमा अप्रेशन भएपछि दिदीलाई ठिक छ ।

अप्रेशनपछि निको भएर उनी अस्पतालबाट घर फर्किएकी छन् । अहिले उनको आँखाको ज्योति पनि फर्किएको छ । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले सञ्चालन गरेको नोबेल अस्पतालमा दक्ष चिकित्सक र अत्याधुनिक उपकरणका कारण जटिल एवं दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गरिदै आएको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved