फेरि बल्झियो धरान र इटहरीको सीमा क्षेत्र "धरान उपमहानगरपालिकाले लगाएको बोर्ड इटहरीका युवाले हटाए"

  • वैशाख ११, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /युवा संघ इटहरीले धरान उपमहानगरपालिकाले पानी पियामा राखेको सीमा प्राम्भको बोर्ड फालिदिएको छ ।
कोशी राजमार्ग अन्तर्गत तरहरादेखि माथि पानी पियामा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको टोली पुगेर आइतबार सीमा प्रारम्भ बोर्ड राखेको थियो । तर बोर्ड राख्नसाथ नेकपा एमालेको भातृ संगन राष्ट्रिय युवा संघ इटहरीले उखेलेर फालिदिएपछि मेयर हर्क साम्पाङ सीमानाका विषयमा कानूनी लडाइ लड्ने बताएका छन् ।

उनले हर्क हर्क साम्पाङ ए रेभुलेसन फेसबुक पेजबाट यसरी कानुनी लडाइ लड्ने बताएका हुन् । उनले सामाजिक सञ्चालमा सोमबार पाँच घण्टा अगाडि ‘हाम्रो साँध सिमानामा घेराबारा गर्ने काम हाम्रो अधिकार हो ! यो अधिकार हनन गर्ने तिमी को हौ ? भन्ने प्रश्न गर्दै प्रश्न गरेका छन् ।

उनले इटहरी युवासंघले गरेको कार्यलाई इंगित गर्दै सोमबार नै धरानका युवासंघलाई इंगित गर्दै अर्को फेसबुकमा स्टाटस हालेका छन् । उनले भनेका कछन्–‘धरानका युवा संघले आफ्नो सिमानाको बारेमा केही नबोल्ने हो ? ल ल... ’
उनले यस विषयमा इलाका प्रशासन कार्यालय धरानमा धरान उपमहानगरपालिकाको लेटर प्याड प्रयोग गरेर सीमा प्रारम्भ बोर्ड सम्बन्धमा इलाका प्रशासन कार्यालय धरानलाईलाई पत्राचार समेत गरेका छन् । 

पत्र संख्या ५०६÷०७९÷८० र चलानी नं.६९६१ धरान उपमहानगरपालिकाको सीमा क्षेत्रभित्र सीमा प्रारम्भ बोर्ड राख्दा युवासंघ इटहरीले जबरजस्ती हटाइएकोले आवश्यक कारबाहीको लागि अनुरोध गरेका छन् । उनले लेखेको पत्र जिल्ला प्रशासन कार्यालय इनरुवा, इटहरी उपमहानगरपालिकाको कार्यालय र इलाका प्रहरी कार्यालय इटहरीलाई बोधार्थ समेत दिएका छन् ।

इटहरीले सो क्षेत्रको सेउती पुलसम्म आफ्नो भुभाग दाबी गर्दै आएको छ यस अघि पनि धरान र इटहरीबीचको सिमा विवाद यो पहिलो पटक देखिएको होइन । यसअघि पनि सिमा विवाद हुँदा तत्कालिन कार्यवाहक मेयर मञ्जु भण्डारी र इटहरीका तत्कालिन मेयर द्धारिकलाल चौधरी, उपमेयर लक्ष्मी गौतमबीच धरानमा छलफल भएको थियो ।

उक्त छलफलमा सिमाना यकिन गर्ने सहमति भएपनि थप पहल र निष्कर्ष वा निर्णय भएको थिएन । पछि तत्कालिन मेयर तिलक राईको पालामा पनि सिमा विवाद उब्जिएको थियो, तर समाधान गर्न ठोस पहल हुन सकेको थिएन ।

वार्ता मार्फत समाधान खोज्न इटहरी उपमहानगरपालिकाका प्रमुखको आग्रह

simana hemkarna pic

इटहरी । सीमा विवादका सम्बन्धमा इटहरी उपमहानगरपालिकाले वार्तामार्फत समाधान खोज्नुपर्ने धारणा व्यक्त गरेको छ । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले यो दुई उपमहानगरपालिकाको समस्या भएकोले वार्ताद्वारा समाधान खोज्नुपर्ने धरानका मेयर हर्क साम्पाङ समक्ष कुरा राखेका छन् ।

मेयर पौडेलले ऐतिहासिक तथ्यलाई हेरेर विवाद सुल्झाउनुपर्ने धारणा राखेका छन् । उनले भनेका छन्–‘२०१० साल भन्दा अगाडि इटहरी धरानको सिमाना सेउती पुल रहेको ऐतिहासिक तथ्य छ, यस ख्याल गरेर अगाडि बढ्नुपर्छ’ मेयर पौडेलले सोमबार पत्रकार सम्मेलन गर्दै द्वन्द्ध नभई आपसी सद्भाव र सहयोगी भावनाले दुई उपमहानगर अगाडि बढ्नुपर्ने धारणा राखेका छन् ।

उनले धरान र इटहरीका नागरिकका बिचमा कुनै किसिमको कलह, द्वन्द्व, द्वेष, बैमनश्यता, मतभेद सिर्जना हुने गतिविधि नगर्नका निम्ति सम्बन्धित सबैमा अनुरोध गरेका छन् । उनले विज्ञप्ती निकाल्दै मार्फत उनले भनेका छन् ‘दशकौँ अगाडी देखी प्रहरी प्रशासन र सामुदायिक वन उपभोक्ता समितिहरूको क्षेत्राधिकार र नागरिक स्तरको सम्बन्धमा दरार आउन नदिनकालागि दुवै उपमहानगरपालिकाको नेतृत्वले आपसी समझदारी र समन्वयमा सीमा जस्तो संवेदनशील विषयमा आवश्यक कदम चाल्दा प्रभावकारी हुनेछ ।

त्यसैगरी दुवै उपमहानगरपालिका बिच द्वन्द्व सिर्जना नभई स्थायी समाधान हुने परिस्थिति बन्नेछ भन्ने ब्यहोरा सम्बन्धित सरोकारवालाहरूमा आग्रह र अनुरोध गर्न चाहन्छु ।’
उनले सीमा सम्बन्धी हेर्ने निकाय सँगको सहकार्यमा वार्ता मार्फत समाधान खोज्नु पर्ने कुरामा जोड दिएका छन् ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved