Top 4

    Showing ५,०२१-५,०३० of ९,८१८ items.
  • छाप र गहिन लोप हुँदै

    झापा /गौरादहकी गङ्गाताजपुरियालाई छाम र गहिनभन्दाआधुनिकमिल सजिलो भएको छ। ज्यालामजदुरी गरी खाने फूलवतीताजपुरियालाई घरको छाम र गहिनभन्दाआधुनिक पिठो कुट्नेमिलमापुगेर पिठो कुटेर ल्याउन सजिलो लाग्छ । अहिले गाउँगाँउमाविकास र परिवर्तनसँगै ताजपुरिया र राजवंशी समुदायले परम्परादेखि प्रयोग गर्दै आएका छाम र गहिनचलाउन छाडेका छन् । कुटानी र पिसानीकालागिचलाउन छाडेपछि छाम र गहिनमात्रहोइनआदिवासी समुदायकाझल्ला, ढोक्सा, छिटीजाल, भेर्का र पेल पनिलोप हुने अवस्थामापुगेका छन् । गाउँगाउँमा पिठो, चामल, बेसार आदिपिसाउने आधुनिकविद्युतीयमिल सञ्चालनमा आएपछि आदिवासी समुदायले छाम र गहिन बिर्संदै जानथालेका छन् । पाँचवर्षअघि

    • प्रकाशित मितिः जेठ १४, २०८०
    • ९०२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सोलुखुम्बुमा एक महिलाको हत्या

    सोलुखुम्बु / सोलुखुम्बुको दूधकोशी गाउपालिकामा एक महिलाको अज्ञात समूहले हत्या गरेको छ । गाउँपालिकाको वडा नं. ७ देउसा तेरादुखोरकी ५२ वर्षीया कुमारी राईको विहीबार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी रामकिशोर साहले जानकारी दिए । गएराति करिब ९ बजे अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी राईको हत्या गरेको प्रहरीले जनाएको छ । महिलाको शव अर्धनग्न अवस्थामा हत्या गरिएका अवस्थामा भेटिएको वडासदस्य सरिता राईले बताइन् । जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको छ । थप अनुसन्धानका लागी तालिमप्राप्त कुकुर झिकाउने प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १३, २०८०
    • ७५८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रेमिकाको हत्या गरी आत्महत्या प्रयास असफल

    संखुवासभा / खाँदबारी नगरपालिका–१ घिमिरेगाउँमा एक युवक प्रेमिकाको हत्या गरी आफैँलाई खुकुरी प्रहार गरी आत्मा गर्ने प्रयास असफल भएको छ । सभापोखरी गाउँपालिका–१ का २३ वर्षीय नन्दराम गदालले शुक्रबार बिहान सोही गाउँ घर भई खाँदबारी–१ बस्ने २१ वर्षीया युना दर्नालको हत्या गरे । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए। खुकुरी प्रहार गरी प्रेमिकाको हत्या गरी गदालले आफ्नो पनि छातीमा खुकुरी प्रहार गरेका थिए । तर उनी गम्भीर घाइतेमात्र भए । उनको अहिले जिल्ला अस्तपालमा खाँदबारीमा उपचार भइरहेको छ । गदाल बिहीबार मात्र नेपाल प्रहरीको

    • प्रकाशित मितिः जेठ १३, २०८०
    • १,३०४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अन्तर विद्यालय टेबलटेनिस प्रतियोगिता समापन्न्

       विराटनगर /पहिलो अन्तर विद्यालय टेबलटेनिस प्रतियोगिताको उपाधि विराटनगरका तीन वटा विद्यालयले जितेको छ । मिल्स फार्क क्लबको आयोजनामा विराटनगर – १५ रानी मिल्स क्लबमा शुक्रबार सम्पन्न भएको प्रतियोगितामा विराटनगरको एभरेष्ट, बुढानिलकण्ठ र सेन्टम्यारिज स्कुलले उपाधि जितेको हो ।  प्रतियोगिताको सब जुनियर छात्रतर्फ बुढानिलकण्ठ स्कुलका रिजन पाण्डे प्रथम, सगरमाथा स्कुलका अभिषेक मुखिया दोश्रो भएका छन् । तेश्रो मोरङ पब्लिक स्कुलका रिजुल निरौला र सगरमाथाका अमन साह भए । सोहि समुहको छात्रातर्फ एभरेष्ट स्कुलका कृपा पोखरेल प्रथम, श्री श्री रविशंकर विद्यालयका स्वाति साह दोश्रोे र तेश्रो

    • प्रकाशित मितिः जेठ १३, २०८०
    • ८१६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान १५ का महिला हरेक कार्यमा सक्रिय

    धरान / साँस्कृतिक अभियानसँगै महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले खोलिएको महिलाहरुको समूह हातेमालो उद्यमी महिला समूह र प्रगतिशील नौमति तथा पञ्जेबाजा महिला समूहले धरानको लोकतान्त्रिक चौतारीमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेका छन् । उद्घाटनमा प्रमुख अतिथि बोलाएर रिविन काट्ने प्रचलन भएपनि महिलाहरुले भने पञ्चेबाजा बजाएर नाचगान गरेर रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए । महिला हरेक कुरामा सक्षम छन् भन्ने सन्देश दिन पनि रक्तदान कार्यक्रम गरेका उनीहरुले बताएका छन् । धरान २ भानुचौकको लोकतान्त्रिक चौतारी प्राय सबैको कार्यक्रम गर्ने थलोको रुपमा परिचित छ । यहाँ विभिन्न पार्टीका आमसभा, संघ

    • प्रकाशित मितिः जेठ १३, २०८०
    • १,२२५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नागरिक समाजका अगुवा पहाडी र मेयर कोइरालाबीच भेटवार्ता

    मोरङ / मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति तथा नागरिक समाजका अगुवा कृष्ण पहाडीले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाबीच भेटवार्ता भएको छ । उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीसमेतको उपस्थितिमा भएको छलफलमा पहाडीले सुशासन, वैज्ञानिक शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवामा महानगरले जोड दिनुपर्ने सुझाव दिए । सो अवसरमा उनले सीमाकृत वर्ग र जातका मानिसहरुको शिक्षा र स्वास्थ्यमा महानगरपालिकाले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए । त्यसका लागि सीमाकृत वर्गको पहिचान गर्नुपर्ने बताए । पहाडीले महानगरको विकासका लागि सम्बन्धित निकायमा आफूहरुको तर्फबाट पहल गर

    • प्रकाशित मितिः जेठ ११, २०८०
    • ७६६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सिलाई मेसिनसहितका सामग्री प्रदान

    मोरङ / गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत विराटनगर महानगरपालिकाले विभिन्न सामग्री प्रदान गरेको छ।महानगरले वडा नम्बर ४ र १७ मा सञ्चालित उद्यमशीलता तालिमका सहभागीहरुलाई सिलाई मेसिनसहितका सामग्री प्रदान गरेको हो । कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले सिलाई मेसिन, कैची, स्प्रे मेसिन प्रदान गरेका हुन् । त्यस्तै समूहमा तरकारी खेतीका लागि हाते ट्याक्टरसमेत प्रदान गरिएको छ भने गुडिया उत्पादन गर्ने मेसिन पनि वितरण गरिएको आर्थिक प्रशासन महाशाखा प्रमुख दीपक पौडेलले जानकारी दिए ।

    • प्रकाशित मितिः जेठ ११, २०८०
    • ९४० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटाका युवाहरु व्यवसायिक बाख्रा पालनमा आकर्षित

    धरान /धनकुटामा पछिल्लो समय व्यवसायिक बाख्रा पालन फस्टाएको छ । विदेश गएर फर्किएका युवा व्यवसायिक रुपमा बाख्रा पालनतिर लागेका हुन् । अझ पछिल्लो समय लोकल जातका भन्दा पनि बोयर जातका बाख्रामा लगानीगरेका छन् । तर आफूले पालेका बाख्रा बिक्नै छाडेपछि भने कृषिक चिन्तित छन् । स्थानीय जातको बाख्रा भन्दा बढी र राम्रो आम्दानी हुने भन्दै धनकुटाका बाख्रापालन कृषकले पछिल्लो समय बोयर जातका बाख्रा पाल्न थालेका छन् ।उनीहरुले पालेको बोयर जातका बाख्राले शुरु शुरुमा राम्रो आम्दानी गरे पनि पछिल्लो समय भने कम बिक्न थालेपछि कृषकहरु चिन्तित बन्न थालेका छन् । बोयरसहित जमुनापारि आयातित जातका खसी बोकामा समस्या देखिएको हो

    • प्रकाशित मितिः जेठ ११, २०८०
    • ८८५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पहिचानको मुद्दालाई पेचिलो बनाउदै राष्ट्रिय अधिवेशन गर्ने

    धरान । किरात राई साँस्कृतिक कलाकार संघले पहिचानको मुद्दालाई साँस्कृतिक आन्दोलनसँग जोडर राष्ट्रिय अधिवेशन गर्ने भएको छ । अधिवेशन जेष्ठ १३ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने भएको छ । किरात राई साँस्कृतिक कलाकार संघले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी अधिवेशनबारे जानकारी दिएको हो । किरात राई साँस्कृतिक कलाकार संघका उपाध्यक्ष शालिक सतासक राईले कला र सँस्कृति तथा संगीतमार्फत प्रदेश सरकारलाई कोशी नामाकरणको खारेजीको माग गर्ने बताए । उनले भने–‘हामीले यो अधिवेशन पहिचानको लडाइका रुपमा लिएका र्छौं, सम्मेलन प्रचारप्रसारको क्रममा जेष्ठ ११ गतेदेखि १४ गतेसम्म इटहरी उपमहानगरपालिका १० वटा चौकहरुमा

    • प्रकाशित मितिः जेठ १०, २०८०
    • १,१४५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लायन्स क्लवको जिल्ला महाधिवेशन धरानमा

    धरान /सामाजिक कार्यमा सक्रिय लाइन्स क्लब ३२५ को पहिलो महाधिवेशन धरानमा हुने भएको छ ।लायन्स क्लव ३२५ सि अन्र्तगतको ५२ औ बर्षको ईतिहासमा धरानमा पहिलो पटक महाधिवेशन हुने क्बले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार क्लबले जेष्ठ १२ गते धरान १५ स्थित किरात थाक्थुम चुम्लुङमा गर्ने भएको हो ।क्लबका डिस्ट्रीक गर्भरनर लायन धिरज गुरुङ (पिएमजियफ)ले दिएको जानकारी अनुसार महाधिवेशन शुरु भन्दा अगाडि शान्ति ¥यालीको आयोजना गर्ने भएको छ । ¥याली विभिन्न चौक घुमेर पुन  चुम्लुङ भवनमा आएर सम्पन्न हुने डिस्ट्रिक गर्भर गुरुले जानकारी दिए । अधिवेशनबाट नयाँ न

    • प्रकाशित मितिः जेठ १०, २०८०
    • ७७५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved