धरान/ वैदेशिक रोजगारीमा ११ वर्ष बिताएका बराहक्षेत्र नगरपालिका–१ चतराघाटका महेश साहले अहिले आफ्नै गाउँमा पेडा व्यवसाय सञ्चालन गरेर मासिक ८० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै सफल उद्यमीको परिचय बनाएका छन्। मलेसियाबाट स्वदेश फर्किएपछि केही वर्ष धरान–चतरा–रामपुर सडकखण्डमा ट्याम्पो चलाएका साह चतराघाटमा सञ्चालन भइरहेका पेडा पसलबाट प्रभावित भएर तीन वर्षअघि यस व्यवसायमा होमिएका हुन्। सुरुआती चरणमा विभिन्न प्रकारका मिठाइ उत्पादन गरी बिक्री गर्दै आएका उनले पछि पेडा उत्पादनमा केन्द्रित भए। अहिले उनको व्यवसाय राम्रोसँग चलिरहेको छ भने देशका विभिन्न जिल्लाबाट आउने यात्रु र
धरान/ धरान–१४ स्थित विजयपुर जाने सेल्फी रोडमा भएको लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ भने एक जना अझै फरार रहेका छन्। पक्राउ पर्नेमा धरान–१६ का २२ वर्षीय विवेक राई, धरान–१३ का २६ वर्षीय 'माछा' भन्ने उज्ज्वल राई, २६ वर्षीय रोशन मगर र २७ वर्षीय 'तोरी' भन्ने विकेश रुम्बा रहेका छन्। एक जना तामाङ थरका व्यक्ति भने फरार रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका उज्ज्वल राईको साथबाट आइफोन ११ र विवेक राईको साथबाट तरबार बरामद भएको छ। गत असार १९ गते राति क्याफेबाट घर फर्किरहेका सन्तोष भुर्तेल र देव बिसुङ्खेलाई तरबार देखाएर ज्यान मार्ने धम
सुनसरी/ सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिका–३ खुनिया पुल क्षेत्रमा ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्। शनिबार साँझ ५:३९ बजे इलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–०४१ प ९०४३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक बराहक्षेत्र नगरपालिका–७ निवासी २० वर्षीय समिर खड्कालाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनको साथबाट १.०५ ग्राम (एक ग्राम ५० मिलिग्राम) ब्राउन सुगर बरामद गरेको जनाएको छ। बरामद लागूऔषध र मोटरसाइकलसहित खड्कालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार
सुनसरी/ पूर्व–पश्चिम यातायात सञ्जाललाई अन्तर्राष्ट्रिय स्तरमा जोड्ने लक्ष्यसहित निर्माण भइरहेको एसियन हाइवेअन्तर्गत काँकडभिट्टा–लौकही सडकको पूर्वी खण्डमा काम अपेक्षाअनुसार अघि बढ्न सकेको छैन। ठेक्का सम्झौताको अवधि सकिन अब तीन महिना मात्र बाँकी रहँदा आयोजना कुल भौतिक प्रगतिको आधा सीमासमेत पार गर्न नसकेको हो। आयोजनाका अनुसार तीन वर्षभित्र सम्पन्न गर्ने गरी सुरु गरिएको निर्माण कार्यमा हालसम्म ४६ प्रतिशत मात्र प्रगति हासिल भएको छ। दुई वर्ष नौ महिना बितिसक्दा पनि काँकडभिट्टादेखि केर्खा–सितापुरीसम्मको ४५ किलोमिटर सडकखण्डमा दुवैतर्फ गरेर जम्मा १४ किलोमिटर सडक कालोपत्रे गरिएको छ।
धरान/ सुनसरीको धरान उपमहानगरपालिकाका विभिन्न स्थानबाट ब्राउन सुगर र नगदसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। मिति २०८३ असार १८ गते कोशी प्रदेश प्रहरी कार्यालय (PIT) विराटनगर र अस्थायी प्रहरी पोस्ट जोरसखुवा, धरानबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले धरानका दुई स्थानमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार धरान–१५ स्थित बिग फुटसल नजिकबाट धरान–३ निवासी ४३ वर्षीय शंकर गिरीलाई पक्राउ गरिएको छ। उनको साथबाट ब्राउन सुगर २.०८ ग्राम र नगद ६ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। यस्तै, धरान–७ पानमारा स्ट्यान्ड क्षेत्रमा सेवानुङ होटल सञ्चालन गर्दै आ
धरान/ धरानमा जारी तेस्रो मेयर कप स्कुल ओलम्पिक अन्तर्गत बिहीबार सम्पन्न बास्केटबल प्रतियोगिताको उपाधि मेघा हिमालयन स्कुलले जितेको छ। फाइनलमा केके इन्टरनेशनल स्कुललाई ५२–४८ ले पराजित गर्दै मेघाले च्याम्पियनशिप आफ्नो नाममा लेखाएको हो। सुरुवाती दुई क्वार्टरमा केके इन्टरनेशनलले खेलमा पकड बनाएको थियो। पहिलो क्वार्टर ४–३ र दोस्रो क्वार्टर १०–५ ले आफ्नो पक्षमा पार्दै उसले पहिलो हाफमा अग्रता कायम राखेको थियो। तर तेस्रो क्वार्टरमा मेघाले उत्कृष्ट पुनरागमन गर्यो। बलियो रक्षात्मक प्रदर्शनसँगै केकेलाई केवल ४ अंकमा सीमित गर्दै आफूले १६ अंक जोडेर खेल आफ्नो पक्षमा मोड्यो। चौथो
सर्लाही/ सर्लाहीको बसबरिया गाउँपालिका–१, मानपुरका एक युवकले आफ्नै बुवा र भिनाजुलाई फसाउने नियतले छिमेकीको हत्या गरेको रहस्य बाहिरिएको छ। असार ७ गते मानपुरका ५३ वर्षीय होसनारायण राय यादवको घरमा सुतिरहेका बेला धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । प्रहरीले सोही हत्याको आरोपमा मृतकका छिमेकी २५ वर्षीय सन्तोषकुमार रायलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले बिहीबार सदरमुकाम मलङ्गवामा पत्रकार सम्मेलन गरी हत्या आरोपी सन्तोषलाई सार्वजनिक गरेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार असार ६ गते मोबाइलको निहुँमा आरोपी सन्तोषको आफ्नै बुवा श्यामबाबु रायसँग झगडा भएको थियो ।
धरान/ धरान उपमहानगरपालिकाले संवैधानिक तथा कानुनी व्यवस्थाअनुसार असार १० गतेभित्र आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्न नसकेपछि आलोचना सुरु भएको छ। गत आर्थिक वर्षमा पनि तत्कालीन मेयर हर्कराज राई (हर्क साम्पाङ) नेतृत्वमा बजेट असोज ४ गते मात्र सार्वजनिक भएको थियो। यसपटक पनि बजेट ढिलो हुने संकेत देखिएपछि धरानमा त्यसैको पुनरावृत्ति हुने हो कि भन्ने चर्चा चल्न थालेको छ। कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले भने बजेट तयारी अन्तिम चरणमा पुगेको बताउँदै यही साताभित्र सार्वजनिक गर्ने दाबी गरेका छन्। उनका अनुसार बजेट निर्माणका क्रममा नागरिकका अपेक्षा र आवश्यकतालाई समेट्ने प्रयास गर्दा
सुनसरी/ सुनसरीको चतरा क्षेत्र पछिल्लो एक दशकमा धार्मिक तीर्थस्थलको परिचयबाट अघि बढ्दै कोशी प्रदेशकै बहुआयामिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ। वि.सं.२०७२ सालमा मदन भण्डारी राजमार्गअन्तर्गत सुनसरी र उदयपुर जोड्ने कोशी पुल सञ्चालनमा आएपछि यहाँको पर्यटन र स्थानीय अर्थतन्त्रले उल्लेखनीय गति लिएको हो। एक समय सप्तकोशी नदी पार गर्न डुंगाको भर पर्नुपर्ने चतरा अहिले सहज सडक पहुँचका कारण धार्मिक, साहसिक, सांस्कृतिक तथा प्रकृतिमा आधारित पर्यटनको प्रमुख केन्द्र बनेको छ। ‘पूर्वको हरिद्वार’ भनेर चिनिने वराहक्षेत्रधामका कारण चतरा वर्षभरि नै धार्मिक पर्यटकको आकर्षण बनेको छ। को
सुनसरी/ हङकङमा रहेका धरानेहरुको हकहितका लागि सन १९९९ मा स्थपना भएको धरान हङकङ मञ्चको २८ जुन आइतवारको दिन भव्य रुपमा १२ औ अधिवेशन संपन्न भएको छ । अधिवेशनले संजोक राईको नेतृत्वमा १३ जनाको नया कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । हङकङको जोर्डन स्थित किरात याक्थुम चुम्लुङको हलमा संपन्न अधिवेशन वाट १३ जनाको नया कार्यसमिति चयन भएको हो । राई नेतृत्वमा पदाधिकारीहरुमा उपाध्यक्ष रविन तामाङ, सचिव बिकास चाम्लिङ राई, सहसचिव मनोज श्रेष्ठ र कोषाध्यक्षमा दिलकुमार राई सन्जु निर्वाचित भएका छन । यसैगरि सदस्यहरुमा रोशन लिम्वु, किशोर लिम्वु, विजयप्रसाद राई, जोना गुरुङ्ग, राजकुमार राई, आविष्कार लिम्वु,