Top 4

    Showing ४,४९१-४,५०० of ९,८१७ items.
  • जग्गा फिर्तीको पहलमा स्थानीय सरकार

    धरान  । बीस वर्षअघि देखि विवादित रहेको एयरपोर्ट बनाउने भनिएको धरान १७ स्थित डाँडाघोपाको जग्गा फिर्ता स्थानीय सरकारले छलफल शुरु गरेको छ  । केही दिन अघि धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले जग्गाधनीहरु सँग छलफल गरेका थिए भने पुनः सोमबार पनि जग्गाधनी सहित तत्कालिन जनप्रतिनिधीहरु सँग छलफल अघि बढाएका हुन्  । लामो समय देखि आफ्नै जग्गा भोकचलन गर्न नपाएको भन्दै केही जग्गाधनीले स्थानीय सरकार सँग अपिल गरिदिन आग्रह गरेका थिए  । जग्गाधनीको आग्रह पछि मेयर राईले दोस्रो पटक पनि छलफलका लागि सरोकारवालाहरुलाई बोलाएका हुन्  । छलफलमा यति इन कर्पोरेटको तर्फबाट कोही प्रतिनिधी नआए पछि

    • प्रकाशित मितिः भदौ १२, २०८०
    • १,००६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राजनितिक कारण देश अस्तव्यस्त :डा. कोइराला

    धरान/  सरकार बदलिदै गर्दा कानुनहरु पनि बदलिरहने परिपार्टीले राजनितिक हिसाबले देशनै अस्तव्यस्त बनेको नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन् । राजनितिक अवश्थाले देश अस्तव्यस्त भइरहँदा जातीय, धार्मिक सदभावले मिलेर बसेको समुदायलाई पनि खल्बलाउने काम भएको उनले बताए । आइतबार नेपाली काँग्रेस धरान नगरले आयोजना गरेको ग्रिन एण्ड क्लिन अभियान कार्यक्रमको समापन तथा सम्मान कार्यक्रममा जहिले पनि सरकार अस्थीर बन्दै गएकोले भ्रष्टचार भयावह स्थितीमा रहेको बताए । उनले भने, ‘सरकार बदलिरहन्छ, सरकार पिच्छे कानुनहरु बदलिदै जाने भएकाले समस्या देखिने गरेको छ ।’ सरकार अस्थिर बनेका

    • प्रकाशित मितिः भदौ ११, २०८०
    • ७६८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जताततै दयाहाङ : ‘बरिष्ठ बलराम’मा पनि जोडिए

    सुनसरी/ यतिबेला करिअरको उचाइँमा छन्, दयाहाङ राई । अघिल्लो वर्ष ‘कबड्डी ४’ र ‘दुई नम्बरी’ र यस वर्ष ‘जारी’को सफलताले उनलाई नेपाली फिल्मकै सबैभन्दा ठूलो स्टारको रुपमा उभ्याएको छ । र, उनको नाम र अनुहारले नै फिल्म बिक्छ भन्ने विश्वास मेकरहरुमा देखिएको छ । यसैले अहिले उनलाई फिल्म अफरको बाढी नै छ । उनले पनि हप्ता–हप्तामै नयाँ फिल्म सम्झौता गरिरहेका छन् । केही दिनअघि मात्रै दयाहाङले फिल्म ‘रङ्गेली ग्याङस्टर’ सम्झौता गरेका थिए । यसलगत्तै उनी नयाँ फिल्म ‘बरिष्ठ बलराम’मा पनि जोडिएका छन् । उनले एक हप्ताअघि फिल्म सम्झौता गरेर साइनि

    • प्रकाशित मितिः भदौ १०, २०८०
    • ७२८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेयर साम्पाङ विरुद्ध नाराबाजी

    धरान/  विगत केही दिन देखि धरानमा सामाजिक सदभाव भड्किने खालका गतिविधि बढ्दै गए पछि सुनसरी जिल्ला प्रशासनले शनिबार गरेको धरानमा निषेधाज्ञाले जनजिवन प्रभावित बने पनि ठुलो दुर्घटनाबाट भने जोगिएको छ । जातीय तथा धार्मिक द्वन्द निम्तने गरि धरानमा शनिबारका लागि हिन्दु धर्मावलम्बीहरुले शान्तिपुर्ण र्याली निकाल्ने घोषणा गरेका थिए भने यता पहिचानको आन्दोलनमा रहेका समुहले र्याली रोक्ने उदघोष गरेका थिए । दुवै समुह बिच द्वन्द हुने संकेत देखे पछि प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । हिन्दूवादी संघसंगठनको र्याली र पहिचानवादीहरुको भेलाले हुने भनिएपछि धरानमा मुठभेट सिर्जना हुने हो कि ? भन्ने चिन्ता

    • प्रकाशित मितिः भदौ १०, २०८०
    • ७९६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सिङ्गिङ स्टार सिजन ५ को छनोट चरण सम्पन्न

    विराटनगर / संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लिमिटेड एस .वि.एस.सि सिङ्गिङ स्टार सिजन ५ को छनोट चरण सम्पन्न भएको छ। छनोट चरण उर्लाबारी, रंगेली, विराटचोक हुँदै अन्तिम अडिसन विराटनगरमा सम्पन्न भएको हो । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लिमिटेड एस.वि.एस.सिले २०६९ सालबाट गित संगितलाई व्यवसायिक बनाउन तथा विद्यालय स्तरमा स्थापित गराउँदै समग्र क्षेत्रको विकासका लागि आवाज तपाईको’ ‘ गौरभ राष्ट्रको’ ‘ देन निजी स्कुलहरु’ को भन्ने नाराका साथ सिङ्गिङ स्टारको आयोजना गर्दै आइरहेको छ । उक्त सिङ्गिङ स्टार सिजन ५ मा मोरङ जिल्ला भरिका १ सय ६४ जना विद्यार्थीह

    • प्रकाशित मितिः भदौ ९, २०८०
    • ९२६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • निषेध आज्ञा कारण धरानको जनजीवन प्रभावित

      धरान / धरानमा सद्भाव भड्किने खालका गतिविधि बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय सुनसरी निषेध गरेको छ । जारी निषेधका कारण धरानको जनजीवन प्रभावित बनेको छ । कफ्युका कारण बजार सुनसान रहेको छ भने प्रहरीले चेकपोष्टहरुम कडाई गरेको छ । अप्रिय घट्ना नघटोस् भनेर सशस्त्र प्रहरी, जनपथ प्रहरी लगायतका सुरक्षा टोली खटाइएको छ । कफ्युकै कारण सधै व्यस्त रहने धरान २ भानुचौक सुनसान रहेको छ । कोशी पहाडी क्षेत्र चल्ने सवारी साधन चल्न सकेका छैनन् भने पूर्व पश्चिम जाने यात्रुवाहक बसहरु समेत बसपार्कमा नहुदा बस स्टेन सुनसान छन् । बजार पसल पनि आंशिक रुपमा खुल्ला रहेका छन् । कोशी पहाडी क्षेत्रबाट आउने

    • प्रकाशित मितिः भदौ ९, २०८०
    • ९५८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा हिन्दु जागरण अभियानको र्‍याली नगर्न सुनसरी प्रशासनको अनुरोध

    धरान/  सामाजिक सञ्जालमा धार्मिक तथा सामाजिक सद्भाव भड्किने खालका प्रतिक्रियाहरु आउन थालेपछि धरानेहरुले सदियौदेखिको सद्भाव कायम राख्न र भड्किन नहुने सन्देश प्रवाह गर्दै धरानमा सद्भाव र्‍यालीको आयोजना गरिएको छ ।  र्‍यालीमा धरानमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरकारका जनप्रतिनिधि, पूर्व नगरप्रमुख, विभिन्न जातजातिका संघ संगठन, धार्मिक संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा सद्भावर्‍याली आयोजना गरिएको थियो । प्छिल्लो समय धरानमा धार्मिक तथा सामाजिक सद्भाव भड्किने खालका गतिविधि सामाजिक सञ्जालमार्फत हुन थालेपछि धरानेहरुले सर्वदलीय, सर्वपक्षीय सद्भाव ¥यालीको

    • प्रकाशित मितिः भदौ ८, २०८०
    • १,२०५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शरणार्थी शिविरमा स्वास्थ्य चौकी शिलान्यास

    विजयपुर / इन्ट्रा फाउन्डेसन अमेरिका संस्थापक अध्यक्ष दिल्ली अधिकार दुरा दमक बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविर र मोरङको पथरी शनिश्चरेमा रहेको शरणार्थी शिविरमा स्वास्थ्य चौकी शिलान्यास गरिएको छ । बिहिवार गरिएको शिलान्यास कार्यक्रममा करिब ६ हजार भुटानी शरणार्थीहरुको सामुहिक उपस्थितिमा रहेको थियो । उक्त शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै इन्ट्रा फाउन्डेसनका अध्यक्ष दिल्ली अधिकारीले शरणार्थी भएपनि हामी पनि नेपालको एक हिसा हौ हामीलाई सरकारले कुनै राजनिती अधिकार नदिए पनि आफु हुर्केको, बसेको खेलेको ठाउँमा फर्के आउदाँ अर्थात शरणार्थी शिविरमा रहेका बृद्धा आमा, बुवा बालबालिकाहरुलाई केहि सहयोग गरौ

    • प्रकाशित मितिः भदौ ८, २०८०
    • ९१० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराटनगरमा ११ गतेदेखि दादुरा–रुवेलाको खोप अभियान

    मोरङ/  विराटनगर महानगरपालिकामा यही भदौ ११ गतेदेखि दादुरा–रुबेलाको खोप अभियान सञ्चालन गरिने भएको छ । स्वास्थ्य निर्देशनालय धनकुटा, स्वास्थ्य कार्यालय मोरङ र डब्लूएचओ विराटनगरको समन्वयमा विराटनगर महानगरपालिकाले आयोजना गरेको सरोकारलावासितको अन्तरक्रियामा महानगरका सबै वडामा खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी दिइएको थियो । निर्देशनालयका खोप अधिकृत उदय श्रेष्ठले कोशी प्रदेशको मोरङ र सुनसरीमा खोप अभियान सञ्चालन गरिने बताउनुभयो । उहाँले कोशी प्रदेशको मोरङको रतुवामाई नगरपालिका र सुनसरीको बर्जु गाउँपालिका दादुरा–रुवेलाको उच्च जोखिम रहेको बताउनुभयो । हाल रतुवामाईमा ४१ जना र

    • प्रकाशित मितिः भदौ ८, २०८०
    • ७३१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डेंगु शिविरमा संंघीय मन्त्री र प्रदेश मन्त्रीको निरीक्षण

    धरान/ धरानमा डेंगु संक्रमण अत्याधिक बढेको र जिल्ला विपत्त व्यवस्थापन समिति, सुनसरीका सुरक्षाकर्मी लगायत सरोकारवाला पक्षले एक महिना अगाडिदेखि नै स्वास्थ्य सकटकाल घोषणाको निर्णय गरे पनि स्वास्थ्य संकटकाट घोषणा नभइरहेको अवस्थामा संघीय सरकारका मन्त्री र कोशी प्रदेश सरकारका मन्त्रीले स्थानीय सरकार तथा विभिन्न संघ संस्थाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरको निरीक्षण गरेका छन् । निरीक्षणपश्चात सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा विभिन्न सरोकारवाला पक्षसँग मन्त्रीहरुकै उपस्थितिमा डेंगुरोग नियन्त्रण तथा रोकथामसम्बन्धी छलफल भएको थियो । छलफलमा सबै पक्षको समन्वयको अभावमा डेंगु संक्रमण फैलिइएक

    • प्रकाशित मितिः भदौ ८, २०८०
    • ७८२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved