धरान/नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह–संयोजक माधव कुमार नेपालले नेकपाप्रति जनताको आकर्षण निरन्तर बढ्दै गएको बताएका छन्। पार्टीको इटहरी उप-महानगर समितिद्वारा आइतबार दुर्गा पार्टी प्यालेसमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै सह–संयोजक नेपालले माओवादी केन्द्र, एकीकृत समाजवादीसहित १७ दल एकताबद्ध भइसकेपछि अन्य राजनीतिक घटकहरू समेत एकतामा आउन इच्छुक देखिएको उल्लेख गरे। यसले नेकपाप्रति जनविश्वास र आकर्षण बढेको उनको भनाइ थियो। नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति तय भइसकेकाले त्यसको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए। साथै पार्टी
धरान/ प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषदका सदस्य सुदन किराँती सुनसरीबाट उम्मेदवार सिफारिस भएका छन्। किराँतीलाई प्रलोपाले सुनसरी-१ बाट उम्मेदवार सिफारिस गरेको हो। सुनसरी-१ बाट उनको नाम एकल सिफारिस भएको छ। एउटा मात्रै निर्वाचन क्षेत्र भएको भोजपुरबाट भने प्रलोपाले किराँतीसहित हेमन्त राई पनि सिफारिस भएका छन्। किराँती २०६४, २०७४ र २०७९ को चुनावमा विजयी भएका थिए।
धरान/ सातौं कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजिपी रनिङ फुटबल प्रतियोगिता–२०८२ को उपाधि आयोजक नेपाल पुलिस स्कुल धरान (रातो) ले जितेको छ। धरान–१३ स्थित नेपाल प्रहरी प्रदेश कार्यालयको खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पुलिस स्कुलले धरानकै प्रभात सेकेन्डरी बोर्डिङ स्कुल लाई १–० गोलअन्तरले पराजित गर्दै ऐतिहासिक पहिलो उपाधि हात पारेको हो। पुलिस स्कुललाई पहिलो पटक च्याम्पियन बनाउने क्रममा जर्सी नम्बर ७ का विकास मगर नायक बने। उनले खेलको निर्णायक गोल टिम क्याप्टेन जर्सी नम्बर १० का समिर राई को पासमा डिबक्स बाहिरबाट प्रहार गर्दै जाली चुमाएका थिए। उक्त गोल नै फाइनल
धरान/ किरात राई यायोक्खा सुनसरीले नयाँ वर्ष यलम्बर संवत ५०८६ को अवसरमा वडा कार्यसमिति स्तरीय विविध खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ। आगामी माघ १ गतेदेखि यलम्बर संवत ५०८६ सुरु हुँदैछ। नयाँ वर्षलाई भव्य रूपमा मनाउने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितालाई ‘यलम्बर कप ५०८६’ नाम दिइएको छ। खेलकुदमार्फत सांस्कृतिक पहिचान प्रवर्द्धन गर्दै नयाँ वर्ष उत्सवमय बनाउने योजना रहेको किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले जानकारी दिए। अध्यक्ष राईले यलम्बर संवतलाई विश्वकै प्राचीन संवतको रूपमा उल्लेख गर्दै यसलाई राज्यस्तरबाट लागू गर्नुपर्ने आवश्यकता औँल्याए। &l
धरान/ होटल एशोसिएशन भेडेटारको आयोजनामा तीन दिनसम्म चलेको १३औँ भेडेटार फुड फेस्टिवल सफलतापूर्वक सम्पन्न भएको छ। अंग्रेजी नयाँ वर्षको अवसर पारेर भेडेटारको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित पुस १६ देखि १८ गतेसम्म फेस्टिवल आयोजना गरिएको हो। फेस्टिवल अवधिभर पर्यटकहरूका लागि स्थानीय र मौलिक खानाका परिकारको विशेष व्यवस्था गरिएको थियो भने हरेक साँझ आकर्षक सांगीतिक कार्यक्रममार्फत भरपूर मनोरञ्जन प्रदान गरिएको थियो। कार्यक्रममा चर्चित गायिका मेलिना राई, गायिका दिपा सुहाङ लिम्बू, द प्याराडाइज नेपाल ब्याण्ड, सुहाङ एण्ड द आमा–छोरा ब्याण्ड, गायक गौरव नारायण राई, सुरेश गुरुङ, लिलाराज लावती, राजु
धरान/ सुनसरीको धरान उपमहानगरपालिकामा लागूऔषध कारोबारविरुद्ध प्रहरीले गरेको कारबाहीमा एकै दिन दुई जना पक्राउ परेका छन्। मिति २०८२ साल पुस १८ गते बिहान करिब १०:३० बजेको समयमा धरान–१८ स्थित घोपा क्याम्प परिसरभित्र अस्थायी प्रहरी चौकी श्यामचोकबाट खटिएको प्रहरी टोलीले शंकास्पद रूपमा हिँडिरहेको प्र०१–०२–०४१ प ५३०४ नम्बरको मोटरसाइकललाई रोकी जाँच गरेको थियो। जाँचका क्रममा मोटरसाइकल चालक धरान–१० निवासी २१ वर्षीय युवराज कार्कीको साथबाट लागूऔषध ट्रामाडोल ४५० क्याप्सुल र स्पास्मो ४५० ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ। लागूऔषधसहित मोटरसाइकलसमेत बरामद गरिएको छ। यसैगरी, सोही द
झापा/ झापा जिल्लाको कनकाई नगरपालिका–४ स्थित माई खोलाको पुल छेउमा शंकास्पद अवस्थामा कालो ब्याग फेला परेको छ । मिति २०८२/०९/१९ गते राति अज्ञात समयमा उक्त ब्याग फेला परेपछि सुरक्षाकर्मीले तत्कालै घटनास्थल सुरक्षित बनाएका थिए । कालो झोलाको भित्री भागबाट प्रेसर कुकरको बिड जस्तो देखिने वस्तु तथा कालो–रातो रङका तार देखिएपछि बम हुन सक्ने आशंकामा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी टोली खटिएको थियो । प्रहरी टोलीले घटनास्थल घेराबन्दी गरी सुरक्षा व्यवस्था कडा बनाएको थियो । घटनापछि बिहान ०७:५० बजे नेपाली सेना श्री अरिदमन गण चारआलीबाट सेनानीको कमाण्डमा बम डिस्पोजल टोली घटनास्थलमा पु
काठमाडौं/पौष शुक्ल पूर्णिमादेखि आजबाट हिन्दू धर्मावलम्बी महिलाहरूले श्रद्धा र भक्तिसाथ मनाउँदै आएको श्रीस्वस्थानी व्रत कथा औपचारिक रूपमा आरम्भ भएको छ । एक महिनासम्म चल्ने यो व्रत माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक सम्पन्न गरिन्छ । श्रीस्वस्थानी व्रत विशेषतः भगवान शिव र माता पार्वतीप्रतिको आस्था, परिवारको सुख–शान्ति, दाम्पत्य जीवनको स्थायित्व तथा मनोकामना पूर्तिको विश्वाससँग जोडिएको छ । व्रतको क्रममा श्रीस्वस्थानी व्रत कथाको दैनिक पाठ, पूजा, ध्यान र संयमित जीवनशैली अपनाइन्छ । यस्तो छ व्रत सुरु गर्ने विधि व्रत सुरु गर्ने दिन बिहान सबेरै उठी नित्यकर्मपछि स्नान गरी स्वच्छ वस्त्र धारण गर्
वराहक्षेत्र/ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको वराहक्षेत्र नगरपालिका–६ स्थित कोशी किनारको बोराबाधँ क्षेत्रमा सञ्चालित व्यवसायहरूको नगरपालिकाले अनुगमन गरेको छ। बोराबाधँलाई थप व्यवस्थित, सुरक्षित र पर्यटकमैत्री बनाउने उद्देश्यले नगर उपप्रमुख नन्दकुमारी सुनुवारको नेतृत्वमा शुक्रबार अनुगमन टोली खटिएको हो। अनुगमनका क्रममा कोशी नदीमा सञ्चालित पानी बोटको दर्ता प्रक्रिया, भाडादर, लाइफ ज्याकेटको प्रयोग, बीमा सुरक्षा, पर्यटनमैत्री व्यवहार, होटल तथा व्यवसाय दर्ता, खाद्यवस्तुको मूल्य, मूल्यमा एकरूपता लगायतका विषयमा व्यवसायी तथा बोराबाधँ पर्यकीय क्षेत्र व्यवस्थापन स
धरान/ युनाइटेड डान्स एकेडेमीको आयोजनामा सञ्चालन भएको धरान २०८२ सिजन ९ को फाइनल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। कला तपाईंको मञ्च हाम्रो भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त नृत्य प्रतियोगिताले स्थानीय तहका प्रतिभावानहरूलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गरेको थियो। पुष १४ गते सोमबार सम्पन्न प्रतियोगिता धरान-८ स्थित सभागृहमा भएको थियो। प्रतियोगितामा धरानका १० वटा विद्यालयबाट १० जना प्रतिस्पर्धीहरू सहभागी भएका थिए। प्रतियोगितामा युनिशा राई विजेता घोषित भएकी छन् भने युनिशा राई प्रभात स्कूलकी विद्यार्थी हुन्। त्यसैगरी द्वितीय लिबर्टी रेसिडेन्सियल स्कूलकी टिका मगर