धरानमा सम्पन्न एसईई आइडलका तीन विजेताले पाए जनही १ लाख रुपैयाँ

  • जेठ २५, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानमा सम्पन्न कोशी प्रदेशस्तरीय वाइवाइ एसईई आइडलको उपाधि जित्ने विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरिएको छ । 

आइतबार एक कार्यक्रमको आयोजना गरी बिजेता, उप–बिजेताहरूलाई नगद पुरस्कार वितरण गरिएको इभेन्ट म्यानेजर रामबहादुर लिम्बूले जानकारी दिए ।

आयोजक संस्था अर्थात् फक्ताङलुङ मिडिया हाउस प्रालिले गएको जेठ ७ गते फाइनल प्रतियोगिता आयोजना भएको र सो प्रतियोगितामा बिजेता उपबिजेतालाई नगद पुरस्कार दिइएको आयोजक संस्थाका अध्यक्ष एवम् प्रतियोगिताका परिकल्पनाकार डम्बरकुमार तुम्बापोले जानकारी दिए ।

गायन, नृत्य र बक्तृत्वकला प्रतियोगितामा भाग लिएर बिजेता बन्ने तीनजना विद्यार्थीलाई नगद एक लाखका दरले रकम प्रदान गरिएको उनले जानकारी दिए ।

यस्तै, फस्ट रनरअपको उपाधि जित्ने विद्यार्थीले तीनै विधातर्फ नगद ३० हजार, सेकेण्ड रनरअपले २० हजार नगद, थर्डले १० हजार, पब्लिक च्वाइसले ७ हजार नगद पाएको उनले जानकारी दिए ।

यस वर्ष नवोदय विद्या मन्दिर धरानकी सिमरन गुरुङ, पब्लिक सेन्ट्रल इङलिस स्कुल लेटाङ मोरङकी बबी श्रेष्ठ र श्री सिंहबाहिनी सेकेण्डरी स्कुल पथरी मोरङका एलोन राई बिजेता बन्दै क्रमशः नगद एक एक लाख पाएका छन् ।

सिमरनले बक्तृत्वकला, बबीले गायनमा र एलोनले नृत्य विधामा पुरस्कार पाएका हुन् । बिजेताहरूले उपाधिसँगै क्रमशः नगद १ लाख, कक्षा–११ र १२ को अध्ययनका लागि क्रमशः शत प्रतिशत छात्रवृत्ति (पूर्ण छात्रवृत्ति) अर्थात् निःशुल्क पढ्ने अवसर, निःशुल्क मुस्ताङ भ्रमण, निःशुल्क बारिष्टा तालिमको अवसर प्रदान गरिने आयोजकले जनाएको छ । 

छैटौं संस्करणको प्रतियोगितामा गायनतर्फ नै फस्ट रनरअप स्वस्थानी श्रेष्ठ शिशु निकेतन इ. बोर्डिङ स्कुल झापा, सेकेण्ड रनरअप तक्तुहाङ लिम्बू सिदार्थ शिशु सदन धरान, थर्ड रनरअप ह्याप्पीसन लिम्बू, पब्लिक मावि धरान–१३ घोषित भएका थिए ।

यस्तै, नृत्यतर्फ पर्वत सेकेण्डरी स्कुल धरानकी महिमा लिम्बू फस्ट रनरअप, पञ्चायत सेकेण्डरी स्कुल पथरी मोरङकी सुजाता घिसिङ सेकेण्ड रनरअप, पब्लिक हाइस्कुल धरानकी स्मारिका चेम्जोङ लिम्बू थर्ड रनरअप घोषित भएकी थिइन् । 

वक्तृत्वकला (बोल्ने) तर्फ खुशी विष्ट फस्ट रनरअप मोडर्न प्रिपेटरी सेकेण्डरी स्कुल इटहरी, सेकेण्ड रनरअप अनुषा महरा ल्याबोरेटरी मावि धरान, थर्ड रनरअप हिमा घिमिरे एभरेष्ट चिन्डे«न होम सेकेण्डरी स्कुल धरान घोषित भएका थिए । 

फस्ट रनरअपको उपाधि जित्ने विद्यार्थीले तीनै विधातर्फ नगद ३० हजार, कक्षा–११ पूर्ण छात्रवृत्ति, सेकेण्ड रनरअपले २० हजार नगद, कक्षा–११ पूर्ण छात्रवृत्ति, थर्डले १० हजार, कक्षा–११ पूर्ण छात्रवृत्ति, पब्लिक च्वाइसले ७ हजार नगद कक्षा–११ पूर्ण छात्रवृत्ति पाएका हुन् ।

२०७५ सालदेखि शुरु भएको सो प्रतियोगिताको प्रमुख अतिथि कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रामप्रसाद महतोले उदघाटन गरेका थिए । कार्यक्रममा चर्चित गायिका रचना रिमालको समेत उपस्थिति थियो ।

हजारौँ प्रतिस्पर्धील ...

धरान/ धरानस्थित युएन, नवोदय कलेज पढ्ने विद्यार्थी राष्ट ...

रोकिएको टिपरमा मोटरस ...

धरान/सुनसरीको पूर्व–पश्चिम राजमार्गमा साइडमा रोकि ...

धरानमै अन्तर्राष्ट्र ...

धरान/ अन्तर्राष्ट्रिय स्तरको शिक्षा र व्यावसायिक करियर ...

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved