सुदन दाइ अभिवादन।।भोजपुर जिल्लाले एउटा जुझारु युवा पाएकोले व्यक्तिगत रुपमा म धेरै खुशी भएको छु र सम्पुर्ण भोजपुरबासी नागरिकहरु पनि खुसियालीमा छन, भन्दै तपाईंलाई बधाई तथा शुभकामना दिन चाहन्छु ।मलाई २०५६ सालदेखि यता मात्रै राजनीतिको केही कुराहरु थाहा भएको अवगत गर्दछु। तपाई २०६४ सालमै अत्यधिक मत ल्याएर माननीय बन्नु भएको थियो तर २०७० सालतिरै फेरि तपाईंलाई भोजपुरे जनताले अविश्वास गरेकै हो फलतः हार बेहोर्नु परेको थियो । त्यस्तै फेरि २०७४ मा अत्यन्तै धेरै जनताको अभिमत ल्याएर संसद भवन फेरि दोस्रोपटक छिर्नु भएको थियो । र आज मलाई विश्वास छ, मंसिर ४ को चुनाव पछिको जितले भने तपाईँमा तीव्र इच्छाशक्ति तथा उ
मोरङ/ स्वदेशमै कामको खोजीमा रहेका तथा वैदेशिक रोजगारबाट फर्किएकाहरु युवाहरुलाई रोजगारको अवसर सिर्जना गर्ने उदेश्यले विराटनगरमा रोजगार मेलाको आयोजना गरिएको छ । अन्र्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को वेलकम होम परियोजनाको सहयोग तथा सहकार्यमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ र कटहरी गाउं पालिका, मोरङ्गको आयोजनामा एकदिने रोजगार मेलाको आयोजना भएको हो । विराटनगरस्थित फलफूल तथा कृषि थोक बजार कटहरीमा आयोजित मेलामा रोजगारका लागि करीव नौ सयजनाले विभिन्न कम्पनिहरुसँग सम्पर्क स्थापित गरेका छन् । मेलाका अवसरमा रोजगारको खोजी रहेको जनशक्तिलाई रोजगारदातासँग सम्पर्क स्थापित
धरान/ पूर्वकै पर्यटकीय स्थल विजयपुरलाई स्वस्थ, सफा राख्ने उद्देश्यले धरान उपमहानगरपालिका वडा नं. १४ ले प्रत्येक शुक्रबार सरसफाई गर्ने गरेको छ । वडाले विजयपुरमा रहेका मठमन्दिर, चौक, गल्ली गल्लीमा सरसफाई गर्ने गरेको छ । नियमित हुदै आएको सरसफाई प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनले केही समय रोकिएको थियो । अहिले पुन ः नियमित सरसफाई शुरु गरिएको छ ।तर जति सरसफाई गरे पनि सर्वसाधारणमा सचेतना नहुदा चौक, बजार एरियामा मात्र हैन मन्दिर वरिपरि फोहोरको डंगुर हुने गरेको छ । विशेष गरेर स्थानीय सर्वसाधारण तथा मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुले रुपमा गुट्का खाएर जथाभावि खोल फाल्ने गरेका कारण फोहोर थु
धरान/ मतगणना जारी रहेको सुनसरी क्षेत्र नं. १ मो मत परिणाम थप रोचक बन्दै गइरहेको छ । निर्वाचन आयोगको पछिल्लो मत परिणाम अनुसार यहाँ अहिले जसपाका उम्मेद्वार अशोक कुमार राईले झिनो मतले अग्रता लिएका छन् । उनले १३ हजार ८ सय १ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा तामाङले १३ हजार ७ सय ९७ मत प्राप्त गरेकी छिन् । उनिहरु दुई बिच ४ मतको अन्तर रहेको छ । त्यसैगरी मओवादीका मुक्सामहाङ सुब्बाले १० हजार ७ सय ८४ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेद्वार मनोज म्यानाङ्बोले ६हजार ८ सय ३४ मत प्राप्त गरेका छन् । सुनसरी क्षेत्र नं. १ मा पर्ने धरान का २० वटै वडाको मतगणना सम्पन्न भइसकेको
धरान/ रोटर्याक्ट क्लब अफ धरान घोपाले एन्टि माइक्रोबियल सचेतनामूलक नाटक प्रस्तुत गरेको छ । रोटर्याक्ट क्लब अफ धरान घोपाले ‘विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताह’ अवसर पारेर एन्टिमाइक्रोबियल रेजिस्टेन्स विषयमा नाटक स्वास्थ्य शिक्षाको आयोजना गरेको थियो । कार्यक्रमको मुख्य उद्देश्य ग्लोबल एन्टिमाइक्रोबियल रेजिस्टेन्स (एएमआर) बारे चेतना अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ । जनसङ्ख्या, स्वास्थ्यकर्मी र नीति निर्माताहरू बीचको उत्कृष्ट अभ्यासलाई थप उदीयमानलाई पार गर्न प्रोत्साहन गर्ने , लागुऔषध प्रतिरोधी संक्रमणको फैलावटको बारेमा आम जनतालाई शिक्षित गर्न, एन्टिबायोटिक औषधिको दुरुपयो
धरान/ स्थानीय निर्वाचनमा चुनाव चिन्ह ‘लौरो’ को क्रेज प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा ‘घण्टी’ ले लिएको छ । काठमाण्डौका मेयर बालेन साह र धरानका मेयर हर्क साम्पाङले ‘लौरो’ चुनावचिन्ह देशभरि नै चर्चामा थियो र यी दुवैले निर्वाचन जिते पनि । ठिक यस्तै छ प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ‘घण्टी’ चुनाव चिन्ह । धेरैले उमेद्वारलाई चिनेकै छैनन् । पूर्व सञ्चारकर्मी रवि लामिछानेले असारमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेपछि प्रतिनिधिसभाको चुनावमा होमिएको पार्टीले ‘घण्टी’ चुनाव चिन्ह लिएसँगै यो चुनाव चिन्हको क्रेज स्थानीय तहमा दुई पालिकाका
मोरङ/ रमोरङ २ मा एमालेका उम्मेद्वार ऋषिकेश पोख्रेलले अग्रता कायमै राखेका छन् । निर्वाचन आयोगको पछिल्लो मत परिणम अनुसार नेपाली काँग्रेसकी नेतृ सुजता कोइरलालाई ७ सय ९५ मतले पछि पार्दै अग्रता कायम गरेका हुन् । एमालेका पोख्रेलले २० हजार १ सय ८४ मत प्राप्त गर्दा काँग्रेसकी कोइरलाले १९ हजार ३ सय ८९ मत प्राप्त गरेकी छिन् ।त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका ठगेन्द्र प्रसाद न्यौपानेले २ हजार ८ सय ३९ मत प्राप्त गर्दा राप्रपाका उम्मेद्वार गोपाल दाहाले १ हजार ६ सय १० मत प्राप्त गरेका छन् ।यहाँ मतगणना जारी रहेको छ ।
सुनसरी/ इलाम १ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल १ हजार ५ सय ७ मतले पछि परेका छन् । उनलाई नेकपा एमालेका महेश बस्नेतले पछि पारेका हुन् । निर्वाचन आयोगको पछिल्लो मत परिणाम अनुसार बस्नेतले १० हजार २ सय ८७ मतका साथ अग्रता कायम गरेका छन् भने खनालले ८ हजार ७ सय ८० मत प्राप्त गर्दै उनलाई पछ्याइरहेका छन् । त्यस्तै मंगोल नेशनल अर्गनाइजेशका बुद्ध लाल मेचेले १ हजार ८७ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् ।
सुनसरी/ सुनसरी क्षेत्र नं. ३ मा एमालेकी भगवती चौधरीले अग्रता कायम गर्दा सत्ता गठबन्धनका साझाँ उम्मेद्वार नेपाली काँग्रेसका विजयकुमार गच्छदार तेस्रो स्थानमा पुगेका छन् । पहिलो स्थानमा रहेकी चौधरी र गच्छदारबिच १ हजार ५ सय ७८ मतान्तर रहेको छ । निर्वाचन आयोगको पछिल्लो परिणाम अनुसार चौधरीले ३ हजार ६ सय ८८ मत प्राप्त गरेकी छिन भने गच्छदारले २ हजार १ सय १० मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका रास्वपका उम्मेद्वार कमल बाबु मैनालीले ३ हजार २ सय ४ मतका साथ चौधरीलाई पच्छाइरहेका छन् ।
मोरङ /मोरङ २ मा एमालेका उम्मेद्वार ऋषिकेश पोख्रेलले अग्रता कायमै राखृेका छन् । निर्वाचन आयोगको पछिल्लो मत परिणम अनुसार नेपाली काँग्रेसकी नेतृ सुजता कोइरलालाई ५ सय १७ मतले पछि पार्दै अग्रता कायम गरेका हुन् । एमालेका पोख्रेलले १९ हजार २ सय ७९ मत प्राप्त गर्दा काँग्रेसकी कोइरलाले १८ हजार ७ सय ६२ मत प्राप्त गरेकी छिन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका ठगेन्द्र प्रसाद न्यौपानेले २ हजार ६ सय २० मत प्राप्त गर्दा राप्रपाका उम्मेद्वार गोपाल दाहाले १ हजार ४ सय ६७ मत प्राप्त गरेका छन् । यहाँ मतगणना जारी रहेको छ ।