सालको रुख काट्न प्रदेश सरकार कार्यविधि बनाउँदै

  • पुस ९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ कोशी प्रदेशमा निजी क्षेत्रमा रोपिएका सालको रुख कटान गर्ने बारेमा कार्यदल बनेको छ ।

संघीय सरकारको वन तथा वातावरण मन्त्रालयले मङ्सिर ७ गते प्रकाशित भएको राजपत्रमा सालको रुख कटान सम्बन्धी व्यवस्थालाई प्रकाशित गरेको छ । निजी बन बनाएका तर सालको रुख कटान गर्न नपाएकाहरूले यो कार्यविधि बनेपछि सालको रुख कटान गर्न पाउनेछन् ।

कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्रालयले निजी क्षेत्रबाट सञ्चालित निजी बनको सालका रुख कटान गर्न पाउने सम्बन्धमा आइतबार एक कार्यदल समेत गठन गरेको छ ।

कोशी प्रदेश वन निर्देशनालयका निर्देशकको संयोजकमा उद्योग कृषि तथा सहकारी मन्त्रालयका अधिकृत, डिभिजन वन कार्यालयका २ अधिकृत, निजी वन सञ्जालका प्रतिनिधि तथा पर्यटन वन तथा वातावरण मन्त्रालयको कानुन अधिकृतलाई कार्यदलको सदस्य तोकिएको छ ।

मन्त्रालयले बनाएको कार्यदलले २१ दिन भित्र प्रदेशमा सालका रुख कटान सम्बन्धी कार्यविधि बनाउन प्रतिवेदन बुझाउने समय दिइएको छ ।

१५ वर्ष पहिला देखि रुख रोपेर पनि कटान गर्न नपाएकाहरूलाई अब सालको रुख कटान गर्न सहज हुने पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले जानकारी दिए ।

‘संघीय सरकारले सालको रुख कटानको लागि प्रदेशलाई अनुगमन सहितको अनुमति दिने भन्ने व्यवस्था गरेको छ, सचिव घिमिरेले भने, त्यसलाई कसरी सहज बनाउने भन्ने बारेमा कार्यदल बनाउने निर्णय गरिएको छ,

कार्यदलले दिएको प्रतिवेदनका आधारमा कार्यविधि बनाएर सालको रुख काट्न सहज बनाउने छौँ ।’

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved