सुनाखरी एकेडेमीका विद्यार्थीहरूद्वारा औद्योगिक भ्रमण सम्पन्न

  • पुष ८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

 धरान/ धरान–१२ को सुनाखरी एकेडेमीले व्यवस्थापन सङ्काय तर्फ कक्षा ११ मा अध्ययनरत् आफ्ना विद्यार्थीहरूलाई औद्योगिक क्षेत्रको भ्रमण गराएको छ । 

उनीहरूलाई सुनसरी–मोरङ औद्योगिक करिडरमा अवस्थित एसियन थाई फुड्स प्रालिको उद्योगमा लगिएको शिक्षक आनन सुब्बाले जनाए ।

समन्वय र सहजीकरण गर्न विद्यार्थीहरूसँग शिक्षक सुब्बासहित सुनाखरीका निर्देशक प्रदीप राई, कक्षा ११–१२ का कोअर्डिनेटर टपकुमार राई र अर्का शिक्षक नवीन राई पनि गएका थिए ।

दुहबी नगरपालिका–८ मा रहेको एसियन थाई फुड प्रालिको अवलोकन भ्रमणका क्रममा विद्यार्थीहरूले विभिन्न खाद्यवस्तुको उत्पादन कसरी हुन्छ भन्नेबारे जानकारी लिए । थाई फुड्सले रमपम चाउचाउ, चिज बल्ससँगै करिब ४० प्रकारका सामग्रीहरू उत्पादन गर्ने गरेको छ ।

त्यस क्रममा विद्यार्थीहरूले उद्योगमा हुने उत्पादन र बजारीकरणको प्रक्रियासँगै उद्योगसम्बन्धी अन्य जानकारी प्राप्त गरेको निर्देशक राईले बताए ।

उद्योगका नुडल्स डिपार्टमेन्टका गुणस्तर नियन्त्रक साधना अधिकारीले चाउचाउ बनाउन प्रयोग गरिने कच्चा पदार्थ तथा उत्पादन प्रक्रियाबारे विद्यार्थीलाई जानकारी दिएकी थिइन् । 

    यसैगरी उद्योगका स्न्याक्स डिपार्टमेन्टका गुणस्तर नियन्त्रक आभाष तिमिल्सिनाले स्न्याक्सका आइटम बनाउन प्रयोग गरिने कच्चा पदार्थदेखि उत्पादनसम्मका प्रक्रियाबारे जानकारी दिएका थिए ।

एसियन थाई फुडबाट उत्पादित चाउचाउ ४० भन्दा बढी देशमा निर्यात हुने गरेको प्रोडक्सन सिफ्ट इन्चार्ज निरज भुजेलले जनाए ।

भ्रमणमा गएका विद्यार्थीहरुलाई उद्योगका कर्मचारीले चाउचाउ र चिज बल्स वितरण गरेका थिए ।

    उद्योगको अवलोकनबाट चाउचाउ र स्न्याक्स कसरी उत्पादन हुने रहेछ भन्ने विषय प्रत्यक्ष हेर्न पाएर धेरै ज्ञान पाएको अनुभव विद्यार्थीहरूले सुनाए । विद्यार्थीहरूका लागि भ्रमण उपलब्धिमूलक भएको कोअर्डिनेटर राईले बताए ।

उद्योग अवलोकनपछि विद्यार्थीहरूलाई इटहरीको तालतलैयासमेत भ्रमण गराइएको थियो । अब हरेक विद्यार्थीले औद्योगिक क्षेत्र भ्रमणसम्बन्धी प्रतिवेदन लेखेर विद्यालयमा बुझाउनुपर्ने छ ।

यसका लागि उनीहरूलाई एक हप्ताको समय दिइएको कक्षा ११–१२ का कोअर्डिनेटर राईले जानकारी दिए । 

भ्रमणमा जानुअघि विद्यार्थीहरूलाई प्रतिवेदन लेखनसम्बन्धी एकदिने अभिमुखीकरणमा सहभागी गराइएको थियो ।

सो अभिमुखीकरणमा महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक राजेश विद्रोहीले सहजीकरण गरेका थिए ।

कक्षाकोठाको पठनपाठनबाट दिक्क भएका विद्यार्थीहरूको मानसिकतामा पुनर्ताजगी गराउ“दै ज्ञान पनि अभिवृद्धि गर्नु भ्रमणको उद्देश्य भएको विद्यालयका प्राचार्य मिलन राईको भनाइ छ ।

‘विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान पनि दिनु आवश्यक छ ।’ राईले भने ।received_1313233863409432

विद्यार्थीहरूलाई सैद्धान्तिकसँगै व्यावहारिक ज्ञान दिने विद्यालयको प्रयास प्रशंसनीय भएको सहजकर्ता विद्रोहीले बताए ।

विद्यालयले हरेक वर्ष आप्mना विद्यार्थीहरूका लागि यस प्रकारको अभिमुखीकरण र भ्रमणको आयोजना गर्ने गर्छ ।

उत्कृष्ट तीन प्रतिवेदनलाई विद्यालयले पुरस्कृत पनि गर्ने गरेको छ ।

यसबाट विद्यार्थीहरूलाई हौसला प्राप्त हुने विश्वास लिइएको प्राचार्य राईले बताए ।received_721325309959064

धरानमा एमालेको बिरास ...

 धरान/नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्र ...

क्याम्ब्रिज र प्राइम ...

धरान/ पुनःस्थापना गृहमा आश्रय लिएर बसेका व्यक्तिहर ...

कोशि प्रदेस स्तरीय ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा संचालि ...

धरान अरुसँग प्रतिस्प ...

काठमाण्डौमा रहेका धरानेहरुको पुरानो र साझा संस्था धरान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved