सुनसरी/ अंग्रेजी वर्ष सन् २०२३ को नौ महिनामा करिब आठ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि सेप्टेम्बर महिनासम्म हवाई मार्ग भएर सात लाख ८२ हजार तीन सय ७२ पर्यटक भित्रिएका हुन् । पछिल्लो सेप्टेम्बर महिनामा मात्रै ९१ हजार १२ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो वर्ष सन् २०२२ को सोही अवधिमा ५८ हजार तीन सय १४ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९ मा ९२ हजार छ सय चार पर्यटक नेपाल आएका थिए ।नेपालमा पर्यटकीय सिजन सुरु भएकाले अबका दिनमा विदेशी पर्यटक आगमन बढ्ने बोर्डको विश्वास छ । बोर्डका नि
धरान/ हिविसकस इङलिस वोडिङ स्कुल धरान १५ ले दोस्रो हिविसकस क्विज मेनिया अयाोजना गर्ने भएको छ । विद्यार्थीहरुलाई सामान्य ज्ञान अध्ययनमा प्रोत्साहन गर्दै लोकसेवा आयोगको लागि पूर्व अभ्यास गर्नको लागि सहज होस भन्ने उद्देश्यले हाजिरीजवाफ प्रतियोगिताको आयोजना गर्ने भएको हो । आयोजकले दिएको जानकारी अनुसार धरान क्षेत्रका नीजि तथा सरकारी विद्यालय गरी खुल्ला धरान नगर स्कुल स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्न लागेको हो । धरानमा खेलकुद लगायतका अन्य प्रतियोगिताहरु सञ्चालन हुदै आएपनि हाजिरी जवाफ प्रतियोगिता भने कम हुने गरेको छ । विद्यार्थीहरुलाई सामान्य ज्ञानको अध्ययनमा प्रोत्साहन गर्नको
धरान/ धरान उच्च कलेजका कक्षा १२ का विद्यार्थीहरुले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरि स्वागत गरेका छन् । हरेक वर्ष कक्षा १२ ले कक्षा ११ लाई स्वागत गर्ने प्रचलन अनुसार स्वागत कार्यक्रम आयोजना गरेको हो । कलेजका अध्यक्ष शिव नारायण साहको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा कलेजका प्रिन्सिपल हेमचन्द्र अधिकारी र कक्षा १२ कि छात्रा सन्ध्या राईले स्वागत गरेका थिए । कार्यक्रममा स्नेहा श्रेष्ठले औपचारीक कार्यक्रमको स्वागत गरेकी थिइन भने अपेक्षा विष्ट र सोमना देवानले अन्य कार्यक्रमको संचालन गरेकी थिइन । कार्यक्रममा अध्यक्ष साह र प्रिन्सिपल अधिकारीले विद्यार्थी
धरान/ सहरको बीच भागमा दुर्घन्धित स्थान । धरान उपमहानगरपालिका वडा नं. २ र ३ को सीमानामा रहेको दोभान चौक जसलाई माछा भौडी भन्ने गरिएको छ । व्यस्त बजारको बीच भागमा रहेको यो स्थानमा विगतमा बाटो हिड्नेहरु दुर्गन्धका कारण नाक नथुनी हिड्नै सक्दैनन् थिए तर त्यहाँ रमाइलो पार्क बनेपछि यो पार्कमा एक पटक नछिरी वा नबसी को कसैको मन नै नमान्ने स्थान बनेको छ । विगतमा फोहोर पानी बग्ने भौडीमा अहिले रमणीय पार्क बनेको छ । पार्कमा वरिपरि बगैचा, बस्ने फलैचासँगै कार्यक्रम गर्नेहरुका लागि मञ्चको व्यवस्था, त्यो सँगै बालबालिकाका लागि खेल्ने चिल्ड्रेन पार्क निर्माण भएको छ । दुर्गन्धित क्षेत्रमा पार्क निर्माण भएप
धरान/ धरान भौगोलिक हिसाबले अन्य स्थान भन्दा पृथक छ । धरान क्षेत्रभित्रै धेरै जलाधारहरु छन् । सर्दु, खर्दु, तामाखाम लगायतका जलाधारहरु छन् । जलाधार भएकै ठाउँमा खानेपानीको अभाव समेत छ । खानेपानी समस्या हुनुको प्रमुख कारण रहेको छ जलाधार क्षेत्रको संरक्षणमा सम्बन्धित पक्ष गम्भीर नहुनु । धरान उपमहानगरपालिकाको शिर धरान १४ विजयपुरलाई लिईन्छ । धरानमा सुख्खा मौसममा खानेपानी अभाव भइरहँदा धरान ३ र १४ मा रहेको दुई धारे र तीनधारेले धरानेहरुको तीर्खा मेट्ने गरेको छ । यी दुई धारामा पानी यही उम्रिएका हुन् । दुई धारे र तीनधारेमा विगतमा पानीको स्रोत जति थियो अहिले संरक्षणको अभावमा विस्तारै सुक्दै
सुनसरी/ पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको चौतर्फि विरोध भएपछि सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ । आयल निगमले शनिबार रातिदेखि लागू हुने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । आइतबार बसेको क्याबिनेट बैठकले मूल्य वृद्धि फिर्ता लिने लिन आयल निगमलाई निर्देशन दिएको हो । सरकारको निर्देशनपछि निगमले विज्ञप्ति निकालेर पुरानै मूल्य निर्धारण गर्ने कानूनमन्त्री धनराज गुरुङले जानकारी दिए । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थिो । त्यस्तै
धरान/ नेपाली समाजलाई सुहाउँदो किसिमको राजनीतिक सिद्धान्त कांग्रेस, कम्युनिष्ट पार्टीमा नभएको जसपा पार्टीका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले बताएका छन् । शनिबार धरानमा लिम्वुवान राष्ट्रिय समितिको पुनर्गठन कार्यक्रममा कार्यवाहक अध्यक्ष श्रेष्ठले पञ्चायतकालमा समेत माटो सुहाउँदो ढुङगा सुहाउँदो भनिने गरे पनि अन्ततः त्यस्तो नभएपछि राणा शासन, पञ्चायत शासन पतन भएको बताए । उनले पुराना पार्टीहरुको सैद्धान्तिक अवधारणा पनि यथार्थपरक र वैज्ञानिक नभएको दावी गदैै भने, “कांग्रेस र कम्यिुनिष्ट पार्टीले लिएको सैद्धान्तिक अवधारणामा पनि नेपाली समाज बहुराष्ट्रियतामा र ऐतिहासिक पृष्ठ
धरान/ कवि विमल गुरुङ कृति पुरस्कार २०७९ को लागि विभिन्न साहित्यकारहरुका २१ वटा कृति छनौट भएका छन् । कवि विमल गुरुङ स्मृति पुस्तकालयले गत शुक्रबार पत्रकार सम्मेलन गर्दै पहिलो चरणमा १ सय १ जना लेखक, साहित्यकारहरुबाट प्राप्त भएको कृतिमध्ये २१ वटा छनौटमा परेको जानकारी दिएको छ । कृतिहरु मध्ये पुनः ७ कृति चयन गरिने र त्यसमध्ये एउटा सर्वोत्कृष्ट कृतिलाई २ लाख राशीको पुरस्कार प्रदान गरिने पुस्तकालयका सचिव गणेश तिम्सिनाले जानकारी दिए । सर्वोत्कृष्ट कृतिलाई आगामी कार्तिक १९ गते पुस्तकालयको आफ्नै भवनमा आयोजित ५२ औं जन्मजयन्ती तथा ३२ औं राष्ट्रिय कविता महोत्सवमा पुरस्कार प्रदान गरिने सचिव ति
धरान/ धरान ९ मा स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयका छात्रा विद्यार्थीहरूलाई एक दिने आत्मरक्षा तालिम प्रदान गरिएको छ । विद्यालयको शैक्षिक पात्रोमा उल्लेख भए बमोजिम गत शुक्रबार कक्षा ८ देखि १२ सम्म अध्ययनरत २ सय ५० भन्दा बढी छात्रा विद्यार्थीहरूलाई तालिम प्रदान गरिएको हो । कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई आपतकालिन र अप्रत्यासित अवस्थामा आफ्नो जीउज्यानको सुरक्षा कसरी गर्ने भन्ने बारे व्यवहारिक रुपमा आवश्यक ज्ञान सीप प्रदान गरिएको थियो । विद्यालयका प्रधानाध्यापक निलमकुमार श्रेष्ठले यस्ता आत्मरक्षा तालिम मार्फत छात्रा विद्यार्थीहरूलाई मानसिक, बौद्धिक र शारीरिक रूपमा बलियो बन्न, आत
इलाम/ इलाम निर्वाचन क्षेत्र २ का प्रतिनिधि सभाका सदस्य सुवासचन्द्र नेम्बाङको भदौ २६ गते निधन भएसँगै यो क्षेत्रको सांसद पद रिक्त बनेको छ । उनको निधन भएसँगै भित्र भित्रै सुरु भएको राजनीति नेम्बाङको १३ दिने काम पछि खुलेरै हुन थालेको छ । जिल्लामा उपनिर्वाचन त तोक सकेको छैन तर उपनिर्वाचन हुन्छ भनेर नेताको दौडधुप सुरु भएको छ । उपनिर्वाचनमा नेकपा एमालेसँगै, नेपाली काँग्रेस र स्वतन्त्र पार्टीका उम्मेद्वारहरुको आङ्कलन र चर्चा सुरु भइसकेको छ । २०५६ सालदेखि नेम्बाङले निरन्तर विजयी हासिल गर्दै आएको इलाम निर्वाचन क्षेत्र नं. २ मा नेम्बाङको निधनपछि उनको कार्यभार पूरा गर्न उनका कान्छा छोरा सुहाङको चर