मनकामना र नेपाल गुरुकुल स्कुल क्वाटरफाइनलमा

  • फागुन ९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट सँघको संयुक्त आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा मनकामना स्कुल र नेपाल गुरुकुल स्कुल विजयी क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार भएको पहिलो खेलमा मनकामना स्कुलले डिएभी स्कुललाई ३९ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मनकामनाले निर्धारित निर्धारित २० ओभरको खेलमा १९ दशमलव ३ बलमा सवै विकेट गुमाई १ सय १ सय ४७ रन बनाएको थियो ।

जस्मा म्यान अफ द म्याच लक्षमण तत्माले सर्वाधिक ५३ रन बनाए । डिएभीका प्रशान साहले ४ विकेट लिए ।

१ सय ४८ रनको लक्ष्य पछ्याएको डिएभीले १९ दशमलव ५ बलमा सवै विकेट गुमाई ९८ रनमा सिमित भयो । जस्मा प्रसनव कर्णले २३ रन बनाए । मनकामनाका अमन अन्सारीले ३ विकेट लिए ।

दोस्रो खेलमा नेपाल गुरुकुल स्कुलले श्री पञ्चायत स्कुललाई ५८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको नेपाल गुरुकुलले निर्धारित २० ओभरको खेलमा सवै विकेट गुमाई १ सय २ रनको योगफल तयार पारेको थियो । जस्मा अधा फिरोजले ३० रनको योगदान दिए ।

श्री पञ्चायतका मनिष थापा र संविधान लिम्बुले ३–३ विकेट लिए ।
१ सय ३ रनको विजयी लक्ष्य पाएको श्री पञ्चायतले १४ दशमलव २ बलमा सवै विकेट गुमाई ४४ रनमा सिमित भयो ।

श्री पञ्चायतका कुनै पनि ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । नेपाल गुरुकुलका म्यान अफ म्याच थोमश कर्णले सर्वाधिक ३ विकेट लिए ।

 

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved