Top 4

    Showing 3,891-3,900 of 9,504 items.
  • प्रथम एन्फा प्रेसिडेन्ट कप धरानमा हुने

    धरान/ धरानमा प्रथम एन्फा प्रेसिडेन्ट कप अन्डर–१५ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । कोशी प्रदेश फुटबल संघको आयोजनामा आउदो मंसिर २७ गतेदेखी प्रतियोगिता सुरु हुने भएको हो । धरान १७ स्थित एन्फा एकाडेमीको खेल मैदानमा हुने प्रतियोगितामा कोशी प्रदेशभरीका १० वटा क्लबहरुले सहभागिता जनाउने कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले जानकारी दिए । प्रतियिगिताको फाइनल खेल आगामी पौष ६ गते हुने संघले जनाएको छ । प्रतियोगिता बिजेताले नगद ५० हजार रुपैयासहित ट्रफी हात पार्ने छ भने दोस्रो हुने टिमले २५ हजार प्राप्त गर्नेछन् । यसैगरी विभिन्न विद्यामा समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर २५, २०८०
    • 891 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीका सरकारी विद्यालयमा मेन्यु सहितको दिवा खाजा

    इटहरी/ इटहरी क्षेत्रका सरकारी (सामुदायिक) विद्यालयहरूमा अध्ययनरत छात्रछात्राहरुलाई आइतबार देखि दिवा खाजा कार्यक्रम सुरु भएको छ । नेपालमै पहिलो पटक इटहरी उपमहानगरपालिकाले टेण्डर मार्फत मासु सहितको मेनुको खाजा खुवाउन थालेको हो । उपमहानगरपालिकाले आइतबार देखि विद्यार्थीलाई तागतिलो खानेकुरा खुवाउन अनिवार्य नियम बनाएको हो । जंक फुड नखुवाउन उपमहानगरले पहिलोपटक दिवा खाजाको टेण्डर जारी गरेर खाजाको सुरुवात गरेको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताए । शिक्षा क्षेत्रको सुधारको लागि विद्यालयहरुमा दिवा खाजा कार्यक्रम सुरु गरेको प्रमुख पौडेलले बताए । इटहरी क्षेत्र भित्रका सामुदायिक विद्यालयहरूमा

    • प्रकाशित मितिः मंसिर २५, २०८०
    • 923 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बुढासुब्बामा शैक्षिक भ्रमणमा आउनेको संख्या बढ्यो

    धरान/ कोशी प्रदेशको धरान उपमहानरपालिकाको शीरमा रहेको बुढासुब्बा मन्दिर नेपालकै प्रख्यात मन्दिरको रुपमा परिचित बन्दै गएको छ । नेपाल अन्य कुनै ठाउँमा रहेको बुढासुब्बा मन्दिरको ऐतिहासिक तथा पुरातात्विक महत्व चुलिदै गएको कारण कोशी प्रदेशका विभिन्न भागबाट शैक्षिक भ्रमणका लागि आउनेको रोजाइमा पर्ने गरेको छ । ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको बुढासुब्बा मन्दिर दर्शन गर्न आउने तथा भ्रमणमा आउनेहरुको आकर्षकको केन्द्र विन्दु बनेको छ । नेपालमै धरानको विजयपुरमा मात्र रहेको यो मन्दिरको चर्चा परिचर्चा चुलिएकै कारण दर्शन गर्ने भन्दा पनि विद्यार्थी बोकेर शैक्षिक भ्रमणमा आउनेको संख्या बढ्दै गएको छ ।

    • प्रकाशित मितिः मंसिर २५, २०८०
    • 980 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बंगलादेशको वाणिज्य टोली धरानमा

    धरान/ बंगलादेशका ठुला आयात, निर्यात व्यवसायीहरूको टोली धरानमा उपभोग्य वस्तुको निकासी, पैठारी व्यापारिक सम्भावना खोज्दै अवलोकन भ्रमणमा आएका छन् । बंगलादेश नेपाल च्याम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष एनबी थापाको नेतृत्वमा बेसार, दूध पाउडर र कृषिजन्य बस्तुको निकासी, पैठारीको सम्भावना खोज्दै अध्ययन अवलोकन भ्रमणमा धरान आइपुगेको हो । टोलीमा बंगलादेशका ५ ठुला आयातकर्ताको सहभागिता छ । टोलीलाई गत शुक्रवार सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ सहित पदाधिकारीले धरानमा स्वागत गरेका छन् । नेपालको पूर्वी क्षेत्रमा उत्पादनमा हुने बेसार र दूध पाउडरको निर्यातको सम्भावनामा भ्रमण टोलीको ध्यान के

    • प्रकाशित मितिः मंसिर २४, २०८०
    • 658 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शिक्षादीपको कविता प्रतियोगितामा मेनुका प्रथम

    विराटनगर/ शिक्षादीप कलेजले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा मेनुका खड्का प्रथम भएकी छन् । दुई दर्जन प्रतिस्पर्धीलाई पछि पार्दै ‘भ्रष्टाचारले भरिएको मेरो देश’ शीर्षकको कविता वाचन गरेर मेनुका प्रथम भएकी हुन् । त्यस्तै प्रतियोगितामा डोरिक मण्डल द्वितीय, यसश्वी बराल तृतीय हुँदा गुरुचरण मेहता र रोशन महतोले सान्त्वना स्थान प्राप्त गरे । द्वितीय हुने डोरिकले अंग्रेजी र सान्त्वना हुने महतोले मैथिली भाषाको कविता सुनाएका थिए । कवि एवं पत्रकार मीनकुमार नवोदित र डा. विमलकिशोर श्रीवास्तव निर्णायक रहेको समितिले पुरस्कृतहरुको नाम घोषणा गरेको थियो । पुरस्कृतहरुलाई कलेजका अध्यक्ष भी

    • प्रकाशित मितिः मंसिर २४, २०८०
    • 787 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • त्रि–धार्मिक महायज्ञमा ३६ लाख संकलन

    इलाम/ माईपोखरी त्रिधार्मिक पर्यटन उत्सवको आर्थिक आयव्यय सार्वजनीक गरिएको छ । रामसार क्षेत्र माईपोखरी क्षेत्रमा मंसिर १ गतेबाट ८ गतेसम्म आयोजना भएको त्रिधार्मिक पर्यटन उत्सवको आयव्यय सार्वजनीक गरिएको हो । सन्दकपुर गाउँपालिकाको कार्यालयको सभाहलमा जनप्रतिनिधिहरुको उपस्थितिमा आर्थिक आयव्यय सार्वजनीक गरिएको छ । मंसिर १ गतेबाट ८ गतेसम्म आयोजना भएको त्रिधार्मिक पर्यटन उत्सवमा आय ३६ लाख ३३ हजार ८ सय ४४ रुपैयाँ र व्यय २८ लाख ७७ हजार २ सय ६७ भएको आयोजक समितिका कोषाध्यक्ष निर्मला निरौलाले प्रस्तुत गरेकी थिइन् । पर्यटन उत्सवबाट बचत ७ लाख ५६ हजार ५ सय ७७ रुपैयाँ भएको आयोजक समितिको प्रचार संयोजक श्य

    • प्रकाशित मितिः मंसिर २४, २०८०
    • 701 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विजयपुर हस्पिटलका अध्यक्ष खतिवडा भारतमा सम्मानित

     धरान/ यहाँस्थित विजयपुर हस्पिटल प्रालि एवम् विजयपुर ग्रुपका अध्यक्ष डा. पंकज खतिवडा यसै महिना भारतमा सम्मानित भएका छन् ।   अफिनका केन्द्रीय सचिवसमेत रहेका डा खतिवडा भारतको तामिलनाडुमा यही मङ्सिर १७ गते सम्मानित भएका हुन् । उनलाई ‘एसियाज बिजनेस लिडर अफ द इयर–२०२३’ पदकबाट सम्मान गरिएको विजयपुर हस्पिटलका प्रबन्धक इन्दु योञ्जनले जनाए ।   एसिया महादेशस्तरीय विशेष समारोहमा उनलाई सो पदक प्रदा नगरिएको हो । यसअघि सन् २०२१ मा पनि उनले ‘आइकोनिक चेयरम्यान अफ द इयर’ पदक प्राप्त गरेका थिए ।         &

    • प्रकाशित मितिः मंसिर २४, २०८०
    • 1,090 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गणेश सहकारीको साधारण सभा सम्पन्न

    दुहबी/  दुहवी नगरपालिका वडा नं. ३ मा रहेको श्री गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । श्री गणेश बचत तथा ऋण सहकारी संस्था लि.को शनिबार संस्थाको प्राङ्गणमा दोस्रो साधारण सभा सम्पन्न भएको हो । कार्यक्रम संस्थाका अध्यक्ष जीवन प्रसाद लुईटेलको अध्यक्षता एवं जिल्ला बचत तथा ऋण सहकारी संघका सल्लाहकार, राष्ट्रिय सहकारी बैंक लिमिटेड सुनसरीका संचालक समिति सदस्य तथा कोशी प्रदेश बचत तथा सहकारी संघ का सदस्य मीलिराम चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । २ वर्ष अघि खोलीएको दुहबीको श्री गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दोस्रो वर्ष प्रवेश गरे संगै स

    • प्रकाशित मितिः मंसिर २४, २०८०
    • 848 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • घुर्मी–लेगुवा सडक अनिश्चितकालिन बन्द आह्वान एमालेको समृद्धि यात्रा विरुद्ध पहिचानवादी

    धरान/ प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले मंसिर २६ गतेदेखि मध्य पहाडी लोकमार्गको घुर्मी–लेगुवा सडक अनिश्चितकालिन बन्दको आह्वान गरेको छ । नेकपा एमालेको मध्य पहाडी लोकमार्ग केन्द्रीत झुलाघाट–चिवाभञ्ज्याङको अभियान प्रदेश नं १ प्रवेश गर्न लागेपछि पहिचानवादीहरुले घुर्मी–लेगुवा सडक मंसिर २६ गतेदेखि ठप्प बनाउने घोषणा गरेका हुन् । संयुक्त संघर्ष समितिले शनिबार धरानमा पत्रकार सम्मेलन गर्दै उक्त आन्दोलन तथा बन्द आह्वान एमालेविरुद्ध नभै कोशी प्रदेशमा हस्ताक्षर गर्ने ८२ जना सांसद र पहिचान पक्षधरहरुलाई आतंककारी भन्ने तीन भाई विरुद्ध मात्र भएको पनि प्रष्ट्याएको छ । एमाल

    • प्रकाशित मितिः मंसिर २४, २०८०
    • 767 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शान्ति सुरक्षा कायम गर्न टोलबासी सक्रिय

    धरान/  बढ्दो वेरोजगारका कारण धरानका धेरै युवा पुस्ता लागू औषधको दलदलमा फसेका छन् । युवाहरु नै लागू औषधको दलदलमा फस्दा टोल समाजमा नै विकृृति पैदा हुन्छ । यसलाई मध्यनजर गरी धरान ११ का १२ टोल विकास समितिले संयुक्त रुपमा वडालाई शान्ति सुरक्षा कायम गर्न र लागू औषध दुव्र्यसनमुक्त वडा बनाउन सक्रिय बनेका छन् । धरान उपमहानगरपालिका वडा नं. ११ मा १८ वटा टोल विकास समिति छन् । यसमध्ये १२ वटा टोल विकास समितिले आफ्नो टोललाई सुरक्षित र लागू औषध दुव्र्यनमुक्त बनाउने उद्देश्यले संयुक्त रुपमा पहल थालेका छन् । चार महिना अगाडिबाट शुरु गरिएको यो अभियान अन्तर्गत उनीहरुले आफ्नो टोलमा हुने कारोबारलाई निस्

    • प्रकाशित मितिः मंसिर २४, २०८०
    • 855 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved