पानबारी सतवार्षिकी महोत्सव : भलिबलमा दमकले मोरंगलाई हरायो

  • फाल्गुन २७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

 

धरान /पानबारी सतवार्षिक उत्सवको अवसरमा आयोजित ‘छैठौ पानवारी भलिवल कप २०८० को आज दोश्रो दिन जारी खेलमा कोशी प्रदेश भलिवब ट्रेनिङ सेन्टर दमक र सतिसाले स्पोटिङ क्कब मोरंग वीच भएको छ । 

सयपत्री व्याइज युनियन क्लबको आयोजना र ६ नम्बर वडा कार्यालयको संयोजनमा भएको खेलमा कोशी प्रदेश भलिवल टे«निङ सेन्टर दमकले ३–२  अन्तरले जित हासिल गर्न सफल भएको छ । 

आयोजक क्लबका महासचिव केदार वस्नेतले दिएको जानकारी अनुसार खेलको पहिलो सेटमा दमकले २५–२३ गोल अन्तरले अग्रता लिएको थियो भने दोश्रो सेटमा १८–२५ गोल अन्तरले अग्रता गुमाएको थियो ।

खेलको तेश्रो सेटमा भने पुनः २५–८ गोलको अन्तरले दमकले अग्रता लिएर चौथो सेटमा पनि १९–२५ को अन्तरले अग्रता गमाएको थियो ।

अन्तिम सेटको खेलमा भने १५–१३ गोल अन्तर दमकले विजयी हासिल गरेको हो । 

खेल अवधिभरीको म्यान अफ द म्याच सतिसाले स्र्पोटिङ क्लब मोरङका उमेश राई भए । उनले नगद २ हजार पाँच सय रुपैयाँले पुरस्कृत भएका छन् ।

क्लबका महा सचिव वस्नेतका अनुसार भोली(सोमबार) को खेल भने बेलबारी नगरपालिका र कोशी प्रदेश प्रहरी ट्रेनिङ सेन्टर रानी,मोरङ बीच हुने जनाइएको छ ।   

शनिबार उदघाटन सत्रको पहिलो दिन भएको खेलमा आयोजक सयपत्री व्वाइज युनियन क्लब पानवारी र धरान उपमहानगरपालिकावीच भएको थियो भने ३–१ गोल अन्तरले आयोजक टिम विजयी भएको थियो । 

प्रतियोगिताको विजेताले ३५ तोला चादीको ट्रफी र नगद १ लाख पुरस्कार पाउनेछ भने उपविजेताले ५० हजार नगद पुरस्कार पाउनेछ ।

 सर्वोत्कृष्ट खेलाडीलाई नगद ३० हजार पुरस्कार दिइनेछ भने अन्य व्यक्तिगत विधामा उत्कृष्ट घोषित खेलाडीले जनही १५ हजार पाउनेछन् । 

 सतवार्षिकको अवसरमा शनिबारदेखि धरान ६ पानवारीमा महोत्सव पनि जारी रहेको छ ।

महोत्सव संयोजक न्यौपानेका अनुसार महोत्सव यही चैत २ गते सम्म सञ्चालन हुने ।

महोत्सव स्थलमा रस्सीतान, रोटेपिङ, ड्रागन, नाउ जस्ता मनोरञ्जनका साधनहरु पनि छन् भने प्रत्येक साँझ सांगीतिक कार्यक्रम पनि हुनेछ ।

आज साँझ चर्चित गायक कमल खत्रीको प्रस्तुती रहने आयोजक सयपत्री ब्वाइज युनियन क्लबले जानकारी दिएको छ ।

पानबारीको कृषिजन्य स्थानीय उत्पादन, सहुलियत बजार पनि रहेको छ ।  

 

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

मे दिवसका लागि टि शर ...

काठमाण्डौं / १९ गते मनाउन लागिरहेको १३५ औं अन्तराष ...

इलाम-२ उपनिर्वाचन: ए ...

इलाम/ प्रतिनिधिसभा क्षेत्र नंं.२ को उपनिर्वाचनको मतदान ...

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved