इलाममा उपनिर्वाचन रौनक सुरु टिकट हत्याउने लभिङमा नेता

  • फागुन ३०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

इलाम/ प्रतिनिधी सभाका सदस्य सुवासचन्द्र नेम्बाङको गत साल भदौ २६ गते निधन पछि रिक्त बनेको इलाम क्षेत्र नम्बर २ मा चुनाव हुने भए सँगै जिल्लामा चुनावी रौनक सुरु भएको छ ।

बिभिन्न पाटीका आकांक्षीहरु चुनावी मैदानमा उत्रने तयारीका साथ यतिबेला निर्वाचन केन्द्रित कार्यक्रमा जुटेका छन् । तर कुन पार्टीमा कस्ले टिकट पाउने अझै निश्चीत भने भइसकेको देखिदैन । तर पनि टिकटकै लागि पार्टी भित्र टिकट हत्याउन आन्तरिकरुपमा नै रस्सा कस्सी देखिन्छ ।

जिल्लामा उपनिर्वाचनको मिति तय भएसंगै नेताहरुको दौडधुप पनि सुरु भएको छ । उपनिर्वाचनमा नेकपा एमालेसँगै, नेपाली काँग्रेस र स्वतन्त्र पार्टीका उम्मेद्वारहरुको आंकलन र चर्चा सुरु भइसकेको छ । २०५६ साल देखि नेम्बाङले निरन्तर विजयी हासिल गर्दै आएका हुन् ।

नेम्बाङको निधनपछि उनको कार्यभार पूरा गर्न कान्छा छोरा सुहाङको चर्चा निकै छ । राजनीतिमा त्यति सक्रिय नभए पनि नेम्बाङको उत्तराधिकारी बन्न सक्ने तर्क आउन थालेको छ ।

बुबाको निधन पछि सुहाङले देखाएको इच्छा र नेम्बाङको निधनले विक्षिप्त बनेको बेला सहानुभूतिमा सुहाङको नाम ल्याएको पनि देखिन्छ ।

अहिले एमालेमा युवा नेताहरू बुद्धि खनाल, रवीन्द्र सुवेदीको चर्चा पनि चलिरहेको छ भने नेम्बाङको समकालीन भएको कारण डा. देवी क्षेत्री दुलाल र नरेन्द्रनाथ भट्टराई पनि आकांक्षीमा रहेका छन् ।

यता नेपाली कांग्रेसबाट भने २०७९ को निर्वाचनमा नेम्बाङसँग एक सय १४ मतले पराजित डम्बर खड्का नै पुनः उम्मेदवार बन्ने चर्चा छ ।

गत निर्वाचनमा टिकट लिन प्रतिस्पर्धामा रहेका भेषराज आचार्य अहिले पनि अघि बढिरहेका छन । नेम्बाङको निधन पछि कांगेस नेता केशव थापा पनि भित्र भित्रै लागिरहेको देखिन्छन् ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीबाट को उम्मेदवार आउँछ भन्नेमा ठुला दलहरू पनि चनाखो बनिरहेका छन् । पछिल्लो समयमा स्वतन्त्र पाटीले निकै चर्चा पाइरहेको अवस्थामा रास्वपाको उम्मेदवारले आंकलन परिवर्तन गराउनेमा ठुलो दलमा चिन्ता छ ।

उम्मेदवार युवाको चर्चा चलिरहँदा राजनीतिले सबै चिजको नेतृत्व गर्छ तर हाम्रो राजनैतिक नेतृत्वचाहिँ सही दिशामा कुद्न नसक्दा युवाहरूमा वितृष्णा भएको भन्दै राजनीतिमा शुद्धीकरण ल्याउन संगठनमा नै रहेर युवा लाग्नुपर्ने नेकपा एमाले जिल्ला उप सचिव रवीन्द्र सुवेदी बताउँछन् ।

उनी भन्छन्, ‘अहिले आम रुपमा हुने टिप्पणी कक्षाका अब्बल विद्यार्थीहरू डक्टर, इन्जिनियर, पाईलटहुने, ठिकैका विद्यार्थीहरू कर्मचारी शिक्षक हुने, ती भन्दा अझै कमजोर विद्यार्थी चाहिँ सेना प्रहरी हुने र ती भन्दा कमजोर मान्छे चाहिँ राजनीतिक नेतृत्वमा पुग्ने यस्तो स्थिति देखियो र कमजोर मान्छेले राजनीतिक नेतृत्व गरिसकेपछि नेतृत्व दह्रो भएन भने त्यसले फ्रस्टेसन ल्याउने र जनताको अपेक्षा अनुसारको विकास निर्माण र जनताका सवालहरू बोक्न नसक्ने भन्दै युवाहरूले हस्तक्षेप गर्न जरुर छ ।’

युवा युवा भनेर उफ्रेर मात्रै पनि हुँदैन त्यसमा परिपक्वता पनि चाहिन्छ, उमेरले मात्रै युवा हैन राजनैतिक चेतनाले, सक्षमताले र परिपक्वताले पनि युवा भयो भने मात्रै युवा परिणाममुखी राजनीति दिन सक्ने उनको भनाई छ ।

विश्वमा जति पनि देशहरूले प्रगति गरेका छन् प्रगतिको सबैभन्दा महत्त्वपूर्ण समय भनेकै युवा जनशक्तिकै समयमा विकास भएको पाइन्छ, नेपालको जनशक्ति पनि हेर्ने हो भने अहिलेको जनशक्ति नेपालको इतिहासमै सबैभन्दा उत्पादनशील जनशक्ति युवा सबैभन्दा धेरै छ ती युवालाई समृद्धिका लागि खर्च गर्ने,विकास निर्माणका लागि खर्च गर्ने र उनीहरूको पनि जीवन निर्वाह हुने र देश पनि समृद्ध हुनु कुरामा लाग्नुपर्ने सुवेदीको भनाई छ ।

जनप्रतिनिधि व्यक्तिको लाभ लिनका लागि मात्रै नेता हुने होइन जनताका मुद्धा कति उठेका छन् भन्ने हेर्नुपर्नेमा सुवेदीको जोड दिँदै भन्छन, नेपालमा उत्पादन हुने वस्तु वाहिरबाट खुल्ला रूपमा आउँछन् तर यहाँ उत्पादन नहुने वस्तुमा कर लाग्ने गरेको छ यसलाई नेतृत्वले सहज बनाउनु पर्दछ ।’

धेरैको चाहानामा युवा नेता रविन्द्र सुवेदीको नाम आउने गरेको छ ।

राजनितिमा युवालाई प्रथमिकता दिनु पर्छ भन्दै गर्दा जिल्लामा नै रहेर विद्यार्थी नेता देखि पाटीको उपसचिव रहेका सुवेदीले टिकट पाए युवाको आकर्षकका कारण उनको चर्चा चलीरहेको पाईन्छ ।

 

वराहक्षेत्र नगरपालिक ...

चतरा/वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाले नगर भित्र ...

चुनु हत्या प्रकरण,मु ...

धरान । सुनसरीको धरान ६ पानबारीको वन परिसरमा भएको चुनु क ...

धरान फाइटनाइटमा १६ ब ...

धरान । बैशाख १२ गते धरानमा हुन लागिरहेको धरान फाइटनाइत ...

२४ केजी गाँजासहित एक ...

सुनसरी/  सुनसरीको हुलाकी राजमार्ग खण्डमा लागू ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved