विभागीय टिम आर्मीलाई हराउदै एनआरटी सेमी फाइनलमा

  • फागुन २७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानमा शुरु भएको २४ औं बुढासुब्बा गोल्डकपको दोस्रो दिनको खेलबाट विभागीय टिम आर्मी  लाई हराउदै एनआरटी फुटबल क्लब काठमाण्डौ सेमी फाइनलमा प्रवेश गरेको छ ।

आइतबार धरान १६ स्थित रंगशालामा शुरु भएको प्रतियोगिताको दोस्रोे खेलमा एनआरटीले विभागीय टिम त्रिभुवन आर्मी क्लबवलाई २–१ को अन्तरले जित निकाल्दै सेमी फाइनलको यात्रा तय गरेको छ ।

अत्यन्तै प्रतिष्पर्धात्मक खेलको पहिलो हाफको सुरुवाती ५ औ मिनेटमा आर्मिका मान बहादुर आलेमगरले गोल गर्दै टिमलाई अग्रता दिलाए !

खेलको १४ औ मिनेटमा एनआरटीका शिशिर लेखीले गोल गर्दै खेललाई बराबरीमा ल्याए !

खेलको पहिलो हाफमा १-१ को बराबरी खेलेका थिए ! दोस्रो हाफमा आक्रमक रुपमा प्रस्तुत भएको एनआरटीका लागि खेलको ६० औ मिनेटमा ओफिज ओलावाको निर्णयक गोलले एनआरटीले अन्तिम चारमा स्थान सुरक्षित गर्‍यो !

खेलको म्यानअफ दि म्याच एनआरटीका शिशिर लेखी घोसित हुँदै नगद १० हजार पाए !

भोली सोमबारको खेल सर्बाधिक बिजेता नेपाल पुलिस क्लब र मोरङ फुट्बल असोशियसनबिच हुने आयोजकले जनाएको छ !

चैत्र ३ गतेसम्म सन्चालन हुने प्रतियोगितामा विजेताले ट्रफीसहित नगद १० लाश र उपविजेताले नगद ५ लाख पुरस्कार पाउनेछ ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved