मोरङ/ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सहमतीय सरकार निर्माणका लागि आफू लागि परेको बताएका छन् । वर्तमान सरकार विशिष्ट परिस्थतिमा निर्माण भएकाले कोशीमा सहमतिको सरकारको विकल्प नभएको समेत उनले स्पष्ट पारे । कोशी प्रदेशको प्रदेशसभामा सहभागी सबै दलको सहमतिमा सहमतीय सरकार निर्माण अहिलेको आवश्यकता रहेको उनको भनाइ छ । नेपाल प्रेस युनियन कोशी प्रदेश र प्रेस युनियन मोरङले बिहीबार उनलाई मुख्यमन्त्री कार्यालयमा गरेको बधाई तथा शुभकामना कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका विकासका लागि सबै दल मिलेर सरकार बनाउँदा उपयुक्त हुने बताए । कोशी प्रदेशमा देखिएको
धरान/ दुई महिना अगाडिदेखि लगातार भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यरत शिक्षक तथा चिकित्सकको आन्दोलनका कारण प्रतिष्ठानको शैक्षिक गतिविधि र विरामीले हदै सम्मको सास्ती भोगेका छन् । रोकिएको बढुवा प्रक्रियालाई निरन्तरताको माग राख्दै दुई महिना भन्दा लामो समयदेखि निरन्तर चलेको शिक्षक कल्याण समाजको आन्दोलनका कारण प्रतिष्ठानको शैक्षिक गतिविधि र उपचारमा समस्या भएको छ । चेकजाँचमा संलग्न चिकित्सक नै काम छोडेर निरन्तर आन्दोलनमा होमिएका कारण उपचार सेवासँगै अनिवार्य गर्नुपर्ने विभिन्न प्रकारका शल्यक्रिया समेत प्रभावित बनेको छ । विरामीहरु प्रतिष्ठान आउने र उपचार नभएपछि घर फर्किएर जा
सुनसरी/ बराहक्षेत्र मिडिया प्रा.लि.को व्यानरमा झुम्काको थ्री डी म्याजिक हलमा वडा दशै, दिपावली, छैठ, लोसार साथै नेपाल सम्वत ११४४ को पावन अवसरमा नेपाली थारु कथानक चलचित्र "सजनी तोहर बिन" को प्रिमियर सो प्रदर्शन भएको छ । बराहक्षेत्र मिडिया प्रा.लि. का अध्यक्ष प्रदिप बास्मैतको सभाध्यक्षता र थारु चलचित्र तथा साँस्कृतिक संघका केन्द्रीय अध्यक्ष,निर्देशक पर्शुरा चौधरीको प्रमुख आतिथ्य, नेपाल पत्रकार महासघ केन्द्रिय सदस्य तथा मा उक्त फिल्मको औपचारिक कार्यक्रम राखि प्रदर्शन गरिएको थियो। म्याजिक हलमा प्रदर्शन गरिएको फिल्म हेर्न पहिलो दिनमै दर्शकले राम्रो साथ दिएका थिए । यो फिल्मले गाउँ घर नगरमा घटि रहे
इलाम/ चाडपर्वको समयमा पनि नौंनी घ्यु र चिज अपेक्षा भन्दा थोरै बिक्री हुँदा इलामका डेरी उद्योगहरु समस्यामा परेका छन् । व्यावसायीहरु अधिक उत्पादन र न्यून बिक्रीको समस्या भोग्ने अवस्थामा पुगेपछि उनीहरुले बजारको चिन्ता गर्न थालेका छन् । दुधको राजधानी भनेर चिनिदै आएको कोशी प्रदेशको इलाममा उत्पादन भएको चिज र घ्युले बजार नपाउँदा उत्पादकहरु समस्यामा परेका हुन् । डेरी उद्योगहरुले ६ महिना यता घ्यु र चिज स्टोरमै थन्क्याएर राख्न बाध्य भएका छन् । इलाममा डेढसय बढी डेरी उद्योगहरु सञ्चालनमा छन् । अधिकांश डेरीहरुमा कम्तिमा पाँच हजार किलो देखि १८ हजार किलो नौंनी र चीजको ‘स्टक’ रहेको दु
धरान/ लामो समयदेखि आन्दोलनमा चिकित्सकहरु होमिए पछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागी आएका बिरामीहरुले सास्ती पाएका छन् । बुधबार बिरामीका आफन्तहरु पनि आन्दोलनमा उत्रिए पछि ओपिडि सेवा सुचारु भएको थियो । बिरामीको भिड बढे पछि झन सास्ती पाएका छन् । बढुवा प्रक्रिया रोकिएको विषयलाई लिएर आन्दोलित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत शिक्षकहरुको संगठन शिक्षक कल्याण समाजले गरेको आन्दोलनका कारण विरामीले समयमै उपचार पाउन सकेका छैनन् । ७ बर्षदेखिको बढुवा प्रक्रिया सुचारु नभएको विषयलाई लिएर राजीनामा दिएर काममा नफर्किएका शिक्षक तथा चिकित्सकका कारण सधै
धरान/ धरान वडा नम्बर २० स्थित चिण्डे डाँडा, बाघखोप, कोलडाँडा र शूलीकोटवासीले आफुहरुको प्राथमिकता सडक पूर्वाधार रहेको बताएकाछन् । सुनसरी क्षेत्र नम्बर १ [ख] का प्रदेश सांसद विजय राईसंग गुनासा राख्दै यस ठाउँको समस्याहरु धेरै रहेको भएपनि सडक बाटो नहुँदा वडावासीले सबैभन्दा धेरै सास्ती पाएको दुखेसो गरेकाछन् । मंगलबार बाघखोप भ्रमणमा रहेका सांसद राई सहितका टोलीलाई स्थानीय जगत राईले यस वडाका समस्याहरु धेरै भएपनि मूल समस्या बाटोको स्तरोन्नती रहेको बताउनुभयो । अहिले हामीलाई अरु धेरै विकास चाहिएको छैन बाटो पक्की भएहुन्छ वहाँले भन्नुभयो । स्थानीय पदम तामाङले अरुबेला दुखसुख धरान बजार झरिएकैछ तर, वर
धरान/ बढी ब्याजको लोभमा धरान ११ को एक सुनचाँदी पसलमा रकम जम्मा गरेका स्थानीयहरुको पैसा डुबेको छ । धरान ११ मै संचालन रहेको नुमा स्टोरका संचालक वसन्त राइले १८ प्रतिशत सम्म ब्याज दिने भने पछि स्थानीयले करोडौ रुपैया बचत गरेका थिए । अहिले संचालक राई बचत रकम लिएर फरार भए पछि उनिहरुको रकम डुबेको हो । राइले बचतकर्ताको करिब ३ करोड रुपैया लिएर फरार भएका छन् । उनी कार्तिक २ गते भन्दा अघि नै फरार भएको अनुमान गरिएको छ । बचतकर्ताहरुले फरार राईलाई पक्राउ गरि डुबेको रकम उठाइदिन भन्दै इलाका प्रहरी कार्यलय धरानमा उजुरी दिएका छन् । सुनचाँदीको कारोबार सहित पसलमा राईले मनी ट्रान्सफरको व्यवसाय पनि गर्
धरान/ २०७७ साल मंसिरमा एक साथ ३ सय ७७ स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास गरियो । जस अन्तर्गत धनकुटामा पनि ६ स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास त भयो तर अहिले बजेट अभाव देखाउदै कही कतै निर्माण हुन सकेको छैन । धनकुटाको महालक्ष्मी नगरपालिकामा पनि १५ शैयाको अस्पताल निर्माणको तयारी भइरहेको छ तर भवनको जग हाल्ने बाहेक अन्य काम अगाडि बढ्न सकेको छैन । कहिले समयमा रकम नआउने त कहिले ठेकेदार कम्पनीको लापारबाहीका कारण समयमै ठेक्का लागे पनि काम भने सुस्त गतिमा भइरहेको छ । सम्झौता अनुसार गत असारमै निर्माण सम्पन्न भएर यतिबेला अस्पताल सञ्चालनमा आउनुपर्ने थियो तर अस्पतालको भवन भने जग हाल्ने
इलाम/ इलामलाई उज्यालो बनाउने योजना अनुरूप जिल्लाका सबै क्षेत्रमा विद्युत पु¥याउने लक्ष्य राखेर विद्युतीकरणको काम तीव्र भइरहेको छ । विद्युत नपुगेका जिल्लाको विकट भूगोल बाझो, साकफारा, लुम्दे फुएतप्पा, आमचोक क्षेत्रमा धमाधम काम भइरहेको हो । दसै अघि नै सबै क्षेत्रमा बिजुली बाल्ने उद्देश्यका साथ तीव्र रूपमा काम गरिए पनि फाकफोकथुम गाउँपालिकाको वडा नम्बर तीनमा पर्ने सल्लेरी र रातमाटेमा बिजुली पुग्न सकेन । उक्त क्षेत्रका लागि विद्युतका पोल भने पुगेका छन् भने अब पोल गाड्ने र तार तान्ने काम पनि धमाधम हुने तयारी रहेको छ । तार तान्ने ठाउँमा धान पाक्न लागेको कारण किसानले धान उठाउने साथ तार तान्
विराटनगर/ विराटनगर महानगरपालिका वडा नम्बर ११ को आयोजनामा सामुदायिक विद्यालयहरुको शैक्षिक सुधार सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । अन्तरक्रियामा सहभागीहरुले अभिभावक, विद्यार्थी र शिक्षक आ–आफ्नो ठाउँबाट जिम्मेवार भएमा सामुदायिक विद्यालयहरुको शैक्षिक सुधार गर्न सकिने बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गर्न महानगर लागिपरेको बताए । उनले महानगरले कूल बजेटको करिब २१ प्रतिशत शिक्षा क्षेत्रमा लगानी गर्ने गरेको सुनाए । मेयर कोइरालाले विद्यालयस्तर देखि नै सीपमूलक र प्रविधिमैत्