नगरपालिकाद्वारा कृषकलाई भैँसी सहयोग

  • चैत ११, २०८०
  • कोशीपत्र/संवाददाता
alt

खोटाङ/ खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले दुधबाट आम्दानी गर्न ९४ जना किसानलाई भैँसी प्रदान गरेको छ ।

किसानलाई दुधमा आत्मनिर्भर बनाउँदै दुधबाट आम्दानी भित्र्याउने लक्ष्यसहित भैँसी प्रदान गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको “भैँसी प्रवद्र्धन कार्यक्रम” अन्तर्गत दुई माउ भैँसीपालन गर्ने किसानलाई थप एक माउ भैँसी प्रदान गर्ने नीति रहेको बताइएको छ ।

भैँसी पालनमा किसानलाई व्यावसायिक बनाउन यो कार्यक्रम सञ्चालन गरिएको मेयर विमला राईले बताईन ।

‘दुध उत्पादन गरेर विक्री गरुन् र आर्थिक रूपमा किसानको स्तरमाथि उक्सियोस् भनेर यो कार्यक्रम सञ्चालन गरेका हौँ । किसानलाई व्यावसायिक बनाउने हाम्रो नीति हो’ मेयर राईले भनिन् ‘दुई माउ भैँसी पालिरहेका किसानलाई थप एक माउ भैँसी दिँदा तीन माउ भएपछि किसान व्यवसायिक हुन्छन् ।’

त्रि–धार्मिकस्थल हलेसीमा आउने भक्तजनलाई लक्षित गरी “भैँसी प्रवद्र्धन कार्यक्रम” सञ्चालन गरिएको मेयर राईले बताईन ।

‘हलेसीमा देश विदेशबाट आउने भक्तजनले माछा मासु खाँदैनन्, दुध र दुधबाट बनेका परिकार आवश्यक देखिन्छ । जति दुध उत्पादन भए पनि हामीसँग बजारीकरणको समस्या छैन ।

किसानलाई दुधबाट आत्मनिर्भर बनाउन कार्यक्रम सञ्चालन गरेका छौँ ।’

दुध र घिउ बजारीकरणका लागि नगरपालिकाले डेरीसमेत सञ्चालन गर्न लागेको छ ।

किसानले उत्पादन गरेको दुध विक्रीमा समस्या नहोस् भनेर डेरी सञ्चालन गर्न लागिएको मेयर राईको भनाइ छ । “भैँसी प्रवद्र्धन कार्यक्रम” नगरपालिकाले अघिल्लो वर्षबाट सुरु गरेको छ ।

अघिल्लो वर्ष ४४ जना किसानलाई भैँसी वितरण गरेको थियो । यस वर्ष थप ५० किसानलाई भैँसी दिनेगरी किसानसँग सम्झौता गरिएको छ ।

सम्झौता अनुसार किसानले उन्नत जातको करिब एक लाखसम्मको भैँसी खरिद गरी ल्याउने छन् ।

त्यसपछि नगरपालिकाले अनुगमन गरेर ८० हजारसम्म भुक्तानी दिने कृषि तथा पशु शाखामा कार्यरत कर्मचारी रविन राउतले बताए ।

अघिल्लो वर्ष भैँसी पाएका कृषकहरूले अहिले ५ देखि १७ लिटरसम्म हरेक दिन दुध विक्री गर्दैआएका छन् ।

नगरपालिकाले सूचना प्रकाश गरेर हाल दुई माउ भैँसी पालिरहेका किसानलाई छनोट गरेको छ ।

हलेसी तुवाचुङ नगरपालिकाले किसानलाई आत्मनिर्भर बनाउन पशुसँगै कृषिका विभिन्न कार्यक्रम पनि सञ्चालन गरिरहेको छ ।

कृषिउपज बजारीकरणका लागि हलेसी बजारमा चिस्यान केन्द्रसहितको कृषि मार्ट समेत सञ्चालनमा ल्याएको छ ।

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved