होलीलाई विकृतिरहित र मर्यादित रुपमा मनाउन मेयर कोइरालाको आग्रह

  • चैत ११, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले होली पर्वले आपसी एकता र सद्भावलाई बलियो बनाउने बताउनु भएको छ । उहाँले होली पर्वलाई विकृतिरहित र मर्यादित रुपमा मनाउन विराटनगरवासीसहित सबैलाई आग्रह गर्नुभएको छ ।

फागु पूर्णिमा अर्थात् होली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै मेयर कोइरालाले विराटनगरवासीसहित देश तथा विदेशमा रहने सम्पूर्ण नेपालीको उत्तरोत्तर प्रगति, सुुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घजीवनको कामना गर्दै आर्थिक समृद्धि र राजनीतिक उपलब्धिको रक्षाका लागि एकजुट हुनु आवश्यक रहेको बताउनुभएको छ ।

चाडपर्वका नाममा हुने गलत प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा मेयर कोइरालाले जोड दिनु भएको छ । उहाँले होली पर्वलाई विकृतिरहित र मर्यादित रुपमा मनाउन महानगरवासीलाई आग्रहसमेत गर्नुभएको छ ।

विराटनगरमा मात्रै १२२ जातजातिको बसोबास रहेको उल्लेख गर्दै होलीले विभिन्न भाषा, संस्कृति र परम्परालाई आत्मसात गर्ने सबै जातजातिलाई एकताको सूत्रमा बाँध्ने बताउनुभयो ।

मुलुकमा विविध जाति, समुदायका फरक–फरक पर्व र संस्कृतिले राष्ट्रलाई सांस्कृतिक रुपमा सम्पन्न बनाएको मेयर कोइरालाले उल्लेख गर्नुभएको छ ।

मेयर कोइरालाको सन्देशमा भनिएको छ, “सांस्कृतिक विविधताले भरिपूर्ण नेपाली समाजमा होली पर्वले खराब प्रवृत्तिमाथि सत्यको विजय हुने सन्देश प्रवाह गरेको र हिमाल, पहाड र तराईमा फरक–फरक दिनमा मनाइने यस पर्वले नेपाली समाजलाई अन्तरघुलन गर्नसमेत मद्दत गरेको छ ।

साथै जुनसुकै क्षेत्रमा बस्ने नेपालीलाई पनि होली पर्वले आपसी सद्भाव र एकता अभिवृद्धि गर्न सहयोग पुगोस् ।”
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्वलाई रंगहरुको पर्वका रुपमा मनाइने गरिन्छ ।

फागु पर्व परम्परागत रूपमा विभिन्न रंगहरु खेली मनाउने प्राचीन परम्परा छ । फागु पर्वले विभिन्न जातजाति, भाषा र क्षेत्रका नेपाली नागरिकलाई एक सूत्रमा बाँध्दै आपसी सदभाव, प्रेम र भाइचारा अभिवृद्धि गर्दै आएको मेयर कोइरालाको सन्देशमा उल्लेख छ ।

पहाडी क्षेत्रमा आज आइतबार र तराई क्षेत्रमा भोलि सोमबार होली मनाइन्छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved