प्रेमी बाटै सुमिनाको हत्या

  • चैत ११, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उपमहानगरपालिका वडा नं. १८ मा शव भेटिएको सुमिना श्रेष्ठको हत्या उनकै प्रेमीबाट भएको खुलेको छ । 

इलाका पहरी कार्यालय धरानले शुक्रबार हत्याका आरोपी सार्वजनिक गरेको हो ।

प्रेमी धरान उपमहानगरपालिका वडा नम्बर १६ का १९ वर्षीय सविन भन्ने बाबुराम भुजेल रहेको प्रहरीले बताएको छ ।

प्रेमीसँग भएको खटपटका कारण हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो । जिल्ला प्रहरी कार्यालय धरानले शुक्रबार उनलाई सार्वजनिक गर्दै सो बारे जानकारी दिएको हो ।

प्रहरीका अनुसार अनुसन्धान कार्य अघि बढाउनुका साथै संलग्न व्यक्तिको बारेमा बुझ्दै जाँदा मृतक प्रेमिका सुमिना श्रेष्ठ र सविन भन्ने बाबुराम भुजेल बिच करिब दुई वर्ष अघिदेखि सामाजिक सञ्जालमार्फत सम्बन्ध गाँसिएको देखिएको बताएको छ । 

२०८० पुस महिनादेखि सुमना श्रेष्ठले ग्लोलोराइस धरानमा काम गर्न थालेपछि सोही कम्पनीमा काम गर्ने प्रदीप श्रेष्ठसँग चिनजान भएको,

निज एकआपसमा नजिक हुन थालेको, फेसबुक आइडीसमेत एउटै चलाउने गरेको, जसले गर्दा उनीहरू बिचको सम्बन्ध नजिक भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

प्रेम सम्बन्धकै कारण तीन महिनापछि दुई जनाको प्रेम सम्बन्ध चिसिएको भए पनि सुमिना र प्रेमी भुजेलको काम विशेषले २०८० साल चैत २ गते प्रेमिका सुमिनालाई धनकुटाको मूलघाटमा लगेपछि उनीहरूबिचको सम्बन्ध अझ चिसिएको प्रहरीको भनाइ छ ।

सम्बन्ध चिसिएकै कारण २०८० साल चैत ७ गते अन्दाजी २ः५० बजेको समयमा जिल्ला सुनसरी, धरान उ.म.न.पा वडा नं. १८ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुल बिचमा रहेको एकान्तमा खोल्सामा खुकुरी प्रहारमार्फत घटना गराएर फरार रहेको देखिएको छ । 

प्रहरीको अनुसन्धानको क्रममा किशोरीको घाँटी रेटिएको अवस्थामा प्रहरीले मृत फेला पारेपछि सुनसरी प्रहरीको कमाण्डमा अनुसन्धान टोली,

इलाका प्रहरी कार्यालय धरान सोसो सहितको प्रहरी अधिकृतको टोली र नेपाल प्रदेश प्रहरी कार्यालयले अनुसन्धान थालेको थियो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  

धरानमै अन्तर्राष्ट्र ...

धरान/ अन्तर्राष्ट्रिय स्तरको शिक्षा र व्यावसायिक करियर ...

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved