वर्षाले किसानलाई राहत

  • चैत्र ८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

ताप्लेजुङ । हिउँद भरिको खडेरीले आजित भएका किसानलाई वर्षा भएपछि थोरै भएपनि राहत मिलेको छ ।

ताप्लेजुङसहित पूर्वी पहाड तथा हिमाली जिल्लमा मङ्गलबार रातिदेखि वर्षा हुन थालेछि किसानलाई राहत महसुस भएको हो ।

मकै बाली लगाउने समयमा वर्षा नभएपछि किसान चिन्तित थिए ।

लामो खडेरीका कारण समयमा मकै बाली लगाउन नपाएका किसानलाई वर्षा हुन थालेपछि राहत महसुस गरेका छन् ।

हिउँदभर वर्षा नहुँदा अधिकांश किसानले मकै बाली लगाउन पाएका थिएनन् भने मकै रोपेको (छरेको) राम्ररी नउम्रेको र उम्रेको पनि सुक्न थालेको थियो ।

मङ्गलबारदेखि भने सामान्य वर्षा हुन थालेपछि मकै खेती लगायत हिउँदे बालीका लागि राहत मिलेको फुङ्लिङ नगरपालिका–५ का स्थानीय विक्रम लिम्बूले बताए ।

लिम्बूका अनुसार सामान्य भएपनि वर्षा भएकाले हिउँदे बालीलाई राहत पुगेको छ । पानीको पर्खाइमा मकै बाली लगाउन नपाई बसेका किसानलाई ठुलो राहत मिलेको उनले बताए ।

जिल्लाको पूर्वी सिदिङ्वा गाउँपालिका ४ साब्लाखुका किसान दलबहादुर लिम्बूले माटो नभिजे पनि वर्षाले राहत मिलेको बताए ।

धान खेती लगाउने खेत (जग्गा) मा मकै लगाउनलाई ढिलो भइसके पनि सामान्य वर्षा भएसँगै बुधबार देखि नै रोप्न थालेको लिम्बूले बताए । उनका अनुसार गाउँका अन्य किसानले पनि मकै खेती लगाउन सुरु गरेका छन् ।

मकै खेती लगाउने मुख्य समय माघ र फागुन महिना भए पनि वर्षा नभएकाले अहिलेसम्म खेती लगाउन पाएका थिएनन् ।

पानीको पर्खाइमा रहेका अधिकांश किसानले सामान्य वर्षा हुने बित्तिकै धमाधम मकै खेती लगाउन थालेका छन् । मकै खेती लगाउनलाई केही ढिलो भएपनि अहिले लगाएको बालीका लागि थप समय अनुकूल भई दिएमा उत्पादनमा खासै कमी नआउने किसानको भनाइ छ ।

यस्तै, अहिले भएको वर्षाले नगदेबाली अलैँची, फलफूल खेती लगायतका हिउँदे बालीलाई थोरै भए पनि राहत पुगेको किसानले बताएका छन् । लामो अवधिको खडेरीपछि सामान्य वर्षा हुँदा कृषि कर्मका लागि पर्याप्त भने नहुने किसानहरू बताउँछन् ।

कृषिका लागि समय अनुकूल हुनलाई बेला बेलामा वर्षा हुन अनिवार्य रहेको उनीहरूको भनाइ छ ।

यता लामो सुख्खा मौसमका कारण वनमा डढेलो लाग्ने क्रम बढिरहेका बेला वर्षाले राहत मिलेको सामुदायिक वन उपभोक्ता महासंघ नेपाल ताप्लेजुङका अध्यक्ष सुरज ओझाले बताए । वर्षाले डढेलो नियन्त्रणमा सहयोग पुगेको र थोरै भए पनि वातावरण सन्तुलित बनाउनुमा टेवा पुग्ने ओझाको भनाइ छ ।

बितेको २४ घण्टामा ताप्लेजुङमा २.५ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान फिल्ड कार्यालयले जानकारी दिएको छ ।

एस.ई.ई.आईडलका सहभागी ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि. द्वारा संचाल ...

धरान वडा नम्बर १० बा ...

धरान/ धरान उपमहानथरपालिका वडा नम्बर १० लाई बालमैत् ...

प्रथम पानबारी गोल्डक ...

धरान/ प्रथम पानबारी गोल्डकप २०८१ शनिबारदेखि शुरु भ ...

नृत्य निर्देशक संघ न ...

सुनसरी/ नृत्य निर्देशक संघ नेपाल, सुनसरीको अध्यक्षमा नृ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved