कोशी प्रदेशमा जघन्य अपराधका घटना बढ्दै आफन्त तथा नजिकमा मान्छे नै संलग्न

  • चैत्र ७, २०८०
  • कोशीपत्र/संवाददाता
alt फाईल तस्बिर

मोरङ/कोशी प्रदेशको मोरङ जिल्लामा जघन्य अपराधका अधिकांश घट्ना आफन्त तथा चिनजानकै माध्यमबाट भएको पाइएको छ ।

हत्या, हिंसा र बलात्कारका अधिकांश घट्ना आफ्ना नजिकका तथा साथीभाइको संलग्नता देखिएको मोरङ प्रहरीले जनाएको छ ।

मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ७ लामा टोल बस्ने १५ बर्षीया सम्झना भनिने ज्ञानमति थुलुङ राइको हत्या आरोपमा गत फागुन २२ गते प्रहरीले एकजनालाई पक्राउ गर्यो ।

पक्राउ पर्नेमा मोरङका ग्रामथान गाउँपालिका बस्ने बर्ष ३८ का धिरेन कुमार चौधरी रहेका थिए ।

प्रेम सम्बन्धमा आएको विवादका कारण चौधरीले अर्कैलाई प्रहार गरेको खुकुरी बालिकालाई लागेर हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

पक्राउ परेका चौधरी हाल कर्तव्य ज्यान मुद्धामा प्रहरी हिरासतमा छन् । 

प्रेम सम्बन्धमा आएको विवादकै कारण गत चैत्र २ गते सिराहाको फुलकहाकट्टी नगरपालिका घर भएकी चन्द्रिका कुमारी दशको हत्या हत्या भयो ।

विराटनगर ४ स्थित बुढाथोकी मार्गमा डेरामा बस्दै आएकी उनको शव शुक्रबार अपरान्ह फेला पर्यो ।

हत्या उनकै प्रेमी भनिएका २२ बर्षीैय शिवशंकर दाशले गरेको प्रहरी अनुसन्धानबाट खुल्यो ।

तर प्रहरीले पक्राउ गर्ने तयारी गरिहेको बेला उनी आइतबार राती विराटनगरको एक होटलमा झुण्डिएको अवस्थामा मृत फेला परे ।

दशदिनको अन्तरालमा मोरङमा आफन्त तथा चिनजानकै माध्यमबाट हत्याका यी दुई घट्ना प्रतिनिधिमूलकमात्र हुन् ।

अन्य यस्ता थुप्रै  घट्ना छन् जसमा आफन्त तथा साथीभाईको संलग्ना स्पष्ट छ । 

प्रहरीका अनुसार हत्याका अधिकांश घटनामा प्रेम सम्बन्धमा आएको विवादको कारण भएको देखिएको छ ।

यसपछि विविध कारण पनि छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रञ्जन दाहालले घट्ना वैदेशिक रोजगार, लेनदेन लगायत प्रेम सम्बन्ध समेत घट्नाको कारणहरु हुने गरेको बताए ।

मोरङमा गत आर्थिक बर्षदेखि चालु आर्थिक बर्षको हालसम्म कुल २३ हत्या र २ सय २ वटा बलात्कारका घट्ना भएका छन् ।

जसमा अधिकांश घट्नाका दोषी आफन्त तथा साथीभाई नै देखिएका छन् ।

प्रहरीको तथ्याकअनुसार चालु आर्थिक बर्ष २०८०/०८१ म हत्याको ग्राफ ह्वात्तै बढेको छ । पछिल्लो आठ महिनामा मात्रै मोरङमा वटा हत्याका घट्ना भएका छन् ।

जबकि अघिल्लो आथिक बर्ष ०७९/०८० मा ११ वटा हत्याका घट्ना भएका थिए ।

जघन्य अपराधका केही घट्ना क्षणिक आवेकमा निर्णय शक्ति गुमाएर पनि हुने गरेको मोरङ प्रहरीे जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता दाहालले एकै समयमा एक भन्दा बढीसँग प्रेम सम्बन्ध भएको कारणले धोका खाएको महसुस हुने,

आर्थिक लगानी गर्ने अर्थात केटाल केटीका लागि अध्ययन खर्च लगायतका लगानी गर्ने तर त्यही मान्छेसँग सम्बन्ध दिगो नहुदा उसले धोका पाएको महसुस कारणले गर्दा घट्ना घटेको पाइएको बताए ।

हत्या हिँसाका कतिपय घट्नाहरु प्रेम सम्बन्धमा आएको विवादका कारणमात्र नभई पारिवारिक वेमेल,

आर्थिक समस्या लगायतका कारणले हुने गरेको मनोचिकित्सकहरु बताउँछन् ।

जघन्य अपराधको बाटो रोज्नुमा घरेलु हिंसा, शंका, वैदेशिक रोजगारी, लागू औषध सेवनका कारण पनि घटना घटेको पाइएको प्रहरीले जनाएको छ ।

 

 

 

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

मे दिवसका लागि टि शर ...

काठमाण्डौं / १९ गते मनाउन लागिरहेको १३५ औं अन्तराष ...

इलाम-२ उपनिर्वाचन: ए ...

इलाम/ प्रतिनिधिसभा क्षेत्र नंं.२ को उपनिर्वाचनको मतदान ...

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved