Top 4

    Showing ३५१-३६० of ९,७९२ items.
  • धरानको सेल्फी रोड लुटकाण्डमा ४ पक्राउ

    धरान/ धरान–१४ स्थित विजयपुर जाने सेल्फी रोडमा भएको लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ भने एक जना अझै फरार रहेका छन्। पक्राउ पर्नेमा धरान–१६ का २२ वर्षीय विवेक राई, धरान–१३ का २६ वर्षीय 'माछा' भन्ने उज्ज्वल राई, २६ वर्षीय रोशन मगर र २७ वर्षीय 'तोरी' भन्ने विकेश रुम्बा रहेका छन्। एक जना तामाङ थरका व्यक्ति भने फरार रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका उज्ज्वल राईको साथबाट आइफोन ११ र विवेक राईको साथबाट तरबार बरामद भएको छ। गत असार १९ गते राति क्याफेबाट घर फर्किरहेका सन्तोष भुर्तेल र देव बिसुङ्खेलाई तरबार देखाएर ज्यान मार्ने धम

    • प्रकाशित मितिः असार २१, २०८३
    • ४८४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भारतबाट ब्राउन सुगर ल्याउँदै गरेका सुनसरीका युवक पक्राउ

    सुनसरी/ सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिका–३ खुनिया पुल क्षेत्रमा ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्। शनिबार साँझ ५:३९ बजे इलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–०४१ प ९०४३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक बराहक्षेत्र नगरपालिका–७ निवासी २० वर्षीय समिर खड्कालाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनको साथबाट १.०५ ग्राम (एक ग्राम ५० मिलिग्राम) ब्राउन सुगर  बरामद गरेको जनाएको छ। बरामद लागूऔषध र मोटरसाइकलसहित खड्कालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार

    • प्रकाशित मितिः असार २१, २०८३
    • ३०६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • १० अर्बको एसियन हाइवे सुस्त, ४६ प्रतिशतमै सीमित निर्माण

    सुनसरी/ पूर्व–पश्चिम यातायात सञ्जाललाई अन्तर्राष्ट्रिय स्तरमा जोड्ने लक्ष्यसहित निर्माण भइरहेको एसियन हाइवेअन्तर्गत काँकडभिट्टा–लौकही सडकको पूर्वी खण्डमा काम अपेक्षाअनुसार अघि बढ्न सकेको छैन। ठेक्का सम्झौताको अवधि सकिन अब तीन महिना मात्र बाँकी रहँदा आयोजना कुल भौतिक प्रगतिको आधा सीमासमेत पार गर्न नसकेको हो। आयोजनाका अनुसार तीन वर्षभित्र सम्पन्न गर्ने गरी सुरु गरिएको निर्माण कार्यमा हालसम्म ४६ प्रतिशत मात्र प्रगति हासिल भएको छ। दुई वर्ष नौ महिना बितिसक्दा पनि काँकडभिट्टादेखि केर्खा–सितापुरीसम्मको ४५ किलोमिटर सडकखण्डमा दुवैतर्फ गरेर जम्मा १४ किलोमिटर सडक कालोपत्रे गरिएको छ।

    • प्रकाशित मितिः असार २१, २०८३
    • १४२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ब्राउन सुगर र नगदसहित दुई जना पक्राउ

    धरान/ सुनसरीको धरान उपमहानगरपालिकाका विभिन्न स्थानबाट ब्राउन सुगर  र नगदसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। मिति २०८३ असार १८ गते कोशी प्रदेश प्रहरी कार्यालय (PIT) विराटनगर र अस्थायी प्रहरी पोस्ट जोरसखुवा, धरानबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले धरानका दुई स्थानमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार धरान–१५ स्थित बिग फुटसल नजिकबाट धरान–३ निवासी ४३ वर्षीय शंकर गिरीलाई पक्राउ गरिएको छ। उनको साथबाट ब्राउन सुगर २.०८ ग्राम र नगद ६ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। यस्तै, धरान–७ पानमारा स्ट्यान्ड क्षेत्रमा सेवानुङ होटल सञ्चालन गर्दै आ

    • प्रकाशित मितिः असार १९, २०८३
    • ६३८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेघा हिमालयन तेस्रो मेयर कप स्कुल ओलम्पिकको बास्केटबल च्याम्पियन

    धरान/ धरानमा जारी तेस्रो मेयर कप स्कुल ओलम्पिक अन्तर्गत बिहीबार सम्पन्न बास्केटबल प्रतियोगिताको उपाधि मेघा हिमालयन स्कुलले जितेको छ। फाइनलमा केके इन्टरनेशनल स्कुललाई ५२–४८ ले पराजित गर्दै मेघाले च्याम्पियनशिप आफ्नो नाममा लेखाएको हो। सुरुवाती दुई क्वार्टरमा केके इन्टरनेशनलले खेलमा पकड बनाएको थियो। पहिलो क्वार्टर ४–३ र दोस्रो क्वार्टर १०–५ ले आफ्नो पक्षमा पार्दै उसले पहिलो हाफमा अग्रता कायम राखेको थियो। तर तेस्रो क्वार्टरमा मेघाले उत्कृष्ट पुनरागमन गर्‍यो। बलियो रक्षात्मक प्रदर्शनसँगै केकेलाई केवल ४ अंकमा सीमित गर्दै आफूले १६ अंक जोडेर खेल आफ्नो पक्षमा मोड्यो। चौथो

    • प्रकाशित मितिः असार १८, २०८३
    • ७५५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पैसा नदिएको रिसमा बुवा–भिनाजुलाई फसाउने षड्यन्त्र, छिमेकीको ज्यान लियो

    सर्लाही/  सर्लाहीको बसबरिया गाउँपालिका–१, मानपुरका एक युवकले आफ्नै बुवा र भिनाजुलाई फसाउने नियतले छिमेकीको हत्या गरेको रहस्य बाहिरिएको छ। असार ७ गते मानपुरका ५३ वर्षीय होसनारायण राय यादवको घरमा सुतिरहेका बेला धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । प्रहरीले सोही हत्याको आरोपमा मृतकका छिमेकी २५ वर्षीय सन्तोषकुमार रायलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले बिहीबार सदरमुकाम मलङ्गवामा पत्रकार सम्मेलन गरी हत्या आरोपी सन्तोषलाई सार्वजनिक गरेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार असार ६ गते मोबाइलको निहुँमा आरोपी सन्तोषको आफ्नै बुवा श्यामबाबु रायसँग झगडा भएको थियो ।

    • प्रकाशित मितिः असार १८, २०८३
    • २८३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान उपमहानगरको बजेट ढिलाइ : यो साताभित्र ल्याउँछौ

    धरान/  धरान उपमहानगरपालिकाले संवैधानिक तथा कानुनी व्यवस्थाअनुसार असार १० गतेभित्र आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्न नसकेपछि आलोचना सुरु भएको छ। गत आर्थिक वर्षमा पनि तत्कालीन मेयर हर्कराज राई (हर्क साम्पाङ) नेतृत्वमा बजेट असोज ४ गते मात्र सार्वजनिक भएको थियो। यसपटक पनि बजेट ढिलो हुने संकेत देखिएपछि धरानमा त्यसैको पुनरावृत्ति हुने हो कि भन्ने चर्चा चल्न थालेको छ। कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले भने बजेट तयारी अन्तिम चरणमा पुगेको बताउँदै यही साताभित्र सार्वजनिक गर्ने दाबी गरेका छन्। उनका अनुसार बजेट निर्माणका क्रममा नागरिकका अपेक्षा र आवश्यकतालाई समेट्ने प्रयास गर्दा

    • प्रकाशित मितिः असार १८, २०८३
    • ७७४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चतरा कोशी प्रदेशकै बहुआयामिक पर्यटन केन्द्र बन्दै

    सुनसरी/  सुनसरीको चतरा क्षेत्र पछिल्लो एक दशकमा धार्मिक तीर्थस्थलको परिचयबाट अघि बढ्दै कोशी प्रदेशकै बहुआयामिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ। वि.सं.२०७२ सालमा मदन भण्डारी राजमार्गअन्तर्गत सुनसरी र उदयपुर जोड्ने कोशी पुल सञ्चालनमा आएपछि यहाँको पर्यटन र स्थानीय अर्थतन्त्रले उल्लेखनीय गति लिएको हो। एक समय सप्तकोशी नदी पार गर्न डुंगाको भर पर्नुपर्ने चतरा अहिले सहज सडक पहुँचका कारण धार्मिक, साहसिक, सांस्कृतिक तथा प्रकृतिमा आधारित पर्यटनको प्रमुख केन्द्र बनेको छ। ‘पूर्वको हरिद्वार’ भनेर चिनिने वराहक्षेत्रधामका कारण चतरा वर्षभरि नै धार्मिक पर्यटकको आकर्षण बनेको छ। को

    • प्रकाशित मितिः असार १६, २०८३
    • १,१०२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान हङकङ मञ्चको नेतृत्वमा संजोक राई सर्वसम्मत

    सुनसरी/ हङकङमा रहेका धरानेहरुको हकहितका लागि सन १९९९ मा स्थपना भएको धरान हङकङ मञ्चको २८ जुन आइतवारको दिन भव्य रुपमा १२ औ अधिवेशन संपन्न भएको छ । अधिवेशनले संजोक राईको नेतृत्वमा १३ जनाको नया कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । हङकङको जोर्डन स्थित किरात याक्थुम चुम्लुङको हलमा संपन्न अधिवेशन वाट १३ जनाको नया कार्यसमिति चयन भएको हो । राई नेतृत्वमा पदाधिकारीहरुमा उपाध्यक्ष रविन तामाङ, सचिव बिकास चाम्लिङ राई, सहसचिव मनोज श्रेष्ठ र कोषाध्यक्षमा दिलकुमार राई सन्जु निर्वाचित भएका छन ।  यसैगरि सदस्यहरुमा रोशन लिम्वु, किशोर लिम्वु, विजयप्रसाद राई, जोना गुरुङ्ग, राजकुमार राई, आविष्कार लिम्वु,

    • प्रकाशित मितिः असार १५, २०८३
    • १,३०९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीलाई फूलैफूलको बगैंचा

       - रणध्वज लाेहार धरान/ किमाथांका सडकमा फूलको बगैचाःतत्कालिन मुख्यमन्त्री शेरधन राई तत्कालिन १ नम्बर प्रदेश अर्थात कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले विराटनगर किमाथांका ६ लेण्डको सडकमा प्रदेशको सौन्दर्यकरण बढाउनको लागि सडक आसपासमा फूल रोपेर सौन्दर्यकरणमा आकर्षण थप्ने योजना थियो । उक्त योजना आर्थिक बर्षको नीति तथा कार्यक्रममा नै समेटर योजना बनाएको संस्थापक मुख्यमन्त्री शेरधन राईले बताए । विराटनगर किमाथांका सडक आसपासमा फूल लगाउने कन्सेप्ट अघि सारिएको हो तर कार्यान्यन हुन सकेन संस्थापक मुख्यमन्त्री राईले भने । सरकारको नीति तथा कार्यक्रममा नै विराटनगर किमाथांक

    • प्रकाशित मितिः असार १५, २०८३
    • ८६५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved