धरानमा ब्राउन सुगर र नगदसहित दुई जना पक्राउ

  • असार १९, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको धरान उपमहानगरपालिकाका विभिन्न स्थानबाट ब्राउन सुगर  र नगदसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

मिति २०८३ असार १८ गते कोशी प्रदेश प्रहरी कार्यालय (PIT) विराटनगर र अस्थायी प्रहरी पोस्ट जोरसखुवा, धरानबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले धरानका दुई स्थानमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार धरान–१५ स्थित बिग फुटसल नजिकबाट धरान–३ निवासी ४३ वर्षीय शंकर गिरीलाई पक्राउ गरिएको छ। उनको साथबाट ब्राउन सुगर २.०८ ग्राम र नगद ६ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

यस्तै, धरान–७ पानमारा स्ट्यान्ड क्षेत्रमा सेवानुङ होटल सञ्चालन गर्दै आएका ३६ वर्षीय रितेश भुजेललाई पनि प्रहरीले पक्राउ गरेको छ। उनको साथबाट ब्राउन सुगर  ३.०४ ग्राम र नगद ४७ हजार रुपैयाँ बरामद भएको छ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मेघा हिमालयन तेस्रो ...

धरान/ धरानमा जारी तेस्रो मेयर कप स्कुल ओलम्पिक अन् ...

पैसा नदिएको रिसमा बु ...

सर्लाही/  सर्लाहीको बसबरिया गाउँपालिका–१, मा ...

धरान उपमहानगरको बजेट ...

धरान/  धरान उपमहानगरपालिकाले संवैधानिक तथा का ...

चतरा कोशी प्रदेशकै ब ...

सुनसरी/  सुनसरीको चतरा क्षेत्र पछिल्लो एक दशकमा धा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved