Top 4

    Showing ३,५२१-३,५३० of ९,८११ items.
  • गर्भवती जिम्मा लाउन खोजेपछि आत्माहत्या

    झापा/ मानसिक सन्तुलन गुमाएकी गर्भवती महिला जिम्मा लगाउन खोजिएपछि झापामा एक व्यक्तिले झुण्डिएर आत्महत्या गरेका छन् । भद्रपुर नगरपालिका–८ को वडा कार्यालयमा गठित मेलमिलाप समितिका पदाधिकारीहरूले अविवाहित तथा मानसिक सन्तुलन ठीक नभएकी एक गर्भवतीलाई जबरजस्ती जिम्मा लगाउन खोजेपछि भद्रपुर–८ स्थित भद्रशिव मन्दिर नजिकैका ६८ वर्षीय गेल राजवंशीले सोमबार दिउँसो झुण्डिएर आत्महत्या गरेको आफन्तले आरोप लगाएका छन् । मेलमिलाप समितिका पदाधिकारीहरूले सोझा र निर्दोष व्यक्तिलाई जबरजस्ती करणी (बलात्कार) आरोपमा फसाउन खोज्दा सहन नसकेर बुबाले आत्महत्या गरेको छोरा पर्वलाल राजवंशीलको आरोप छ । बुबालाई आत्

    • प्रकाशित मितिः असार १३, २०८१
    • १,००६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इनरुवा ढल्केबर ४०० केभीको विद्युत प्रवाह शुरु

    काठमाडौं/  नेपाल–भारतबीचको विद्युत व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रशारण लाइनको ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएको छ । धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको १५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइनलाई मङ्गलबार बेलुका ७ः३० बजे चार्ज गरी सञ्चालनमा ल्याइएको हो । ढल्केबर र इनरुवा ४०० केभी सबस्टेसनमा जोडेर प्रशारण लाइन चार्ज गरिएको हो । ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएसँगै देशभित्र पहिलोपल्ट ४०० केभीबाट विद्युत् प्रशारण सुरु भएको छ । यसअघि ढल्केबर–मुजफ्फरपुर

    • प्रकाशित मितिः असार १३, २०८१
    • ५१७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी राजधानी जलमग्न,उडान सेवा बन्द

    विराटनगर/ कोशी प्रदेशको राजधानी अविरल बर्षाको कारण जलमग्न भएपछि डुबानमा परेको छ । विराटनगरका धेरै ठाउँ जलमग्न भएको छ। बुधबार बिहानै देखि परेको अविरल वर्षाको कारण विराटनगरका सबै क्षेत्र डुबानमा परेका हुन् । लगातारको वर्षाको कारण मोरङका धेरै ठाउँ जलमग्न भएको प्रहरीले जनाएको छ। लगातार पानी परिरहेको कारण अझै बिवरण आई नसकेको र आउने क्रम सुरु भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले जानकारी दिए । उनका अनुसार विराटनगरका केही बस्तीहरू डुबानमा परेका छन् । विराटनगर महानगरपालिका वडा नम्बर १९ को सरदार टोलका १० घर विस्थापित भएको एसपी कार्कीले जानकारी दिए । विराटनगर, बुढीगंगाका धेरै क्ष

    • प्रकाशित मितिः असार १३, २०८१
    • ४६५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा तेस्रो राष्ट्रिय स्तरीय कुराश प्रतियोगीता सुरु

    धरान/ धरानमा तेस्रो राष्ट्रियस्तरीय कुराश प्रतियोगीता आज बुधबार देखी सुरु भएको छ । कोशी प्रदेश कुराँश संघको आयोजनामा धरान १६ स्थित रंगशालाको कर्भड हलमा बिहिबार तेस्रो राष्ट्रिय कुरांश प्रतियोगिताको उद्घाटन कोशी खेलकुद बिकास बोर्ड उपाध्यक्ष विन्दीया कार्कीले गरेका छन् । उनले भने खेल नै जीवन भएका भन्दै खेलमा लागेका खेलाडीहरु अनुशासीत स्वास्थ्य हुने बताईन ।  नेपालका जुनै खेलका खेलाडीहरूले राष्ट्रिय पदक प्राप्त गरी नेपालको शान मान र ईजज्त दिलाउन सफल रहँदै आएको उनले बताईन । खेलाडीहरु राष्ट्रका सम्पत्ति हुन उनीहरुलाई लगानी गरे उन्नत राष्ट निर्माणमा सहयोग पुग्ने बताईन । प्रतियोगितामा ७

    • प्रकाशित मितिः असार १२, २०८१
    • ६०६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा विवादका बीच तीन साढे तीन अर्ब वढीको बजेट

    इटहरी/ विवादका बिच इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ५७ करोड ८४ लाख ५० हजारको बजेट सार्वजनिक गरेको छ । सोमबार राती अबेर बसेको नगर सभाले उक्त बजेट प्रस्तुत गरेको हो । नगर उपप्रमुख संगीता चौधरी सहित नेकपा एमालेबाट निर्वाचित बहुमत सदस्यले नगर सभा बहिष्कार गरे पनि नगर सभा बसेर बजेट प्रस्तुत गरिएको हो । सोमबार दिउसो १ बजे बोलाइएको नगर सभामा बजेटको आकार तथा सिलिङमा सहमति नभएपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले उपस्थिति पुस्तिकामा हाजिर गरे पनि नगर सभा बैठक बहिष्कार गरेका थिए । नगरउप्रमुख सहित उनीहरूले सभा बहिष्कार गरेपछि ६ नम्बर वडाध्यक्ष दिवस पोखरेलले राती १० बजे बजेट

    • प्रकाशित मितिः असार १२, २०८१
    • ५३० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनाखरी एकेडमीले विद्यार्थीलाई सम्मान गर्यो

    धरान/  धरान– वडा नम्बर १२ स्थित चतरालाइनमा रहेको सुनाखरी एकेडमीले उत्कृष्ट भएका विद्यार्थीहरुलाई सम्ममान गरेको छ । विविध विधामा विजयी उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको हो । धरानमा भएको बीपी मेमोरियल महिला राष्ट्रिय कराँते प्रतियोगितामा सुनाखरीकी छात्रा निमा डोल्मा तामाङले २ स्वर्ण, १ रजत पदक र उत्कृष्ट फाइटरको उपाधिसहित नगद ८ हजार रुपैयाँ प्राप्त गरेकी थिइन् । त्यस्तै, गत ज्येष्ठ ३० र ३१ गते पोखरामा भएको १५ वर्ष मुनिका राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा सुलेखा ठाकुरले १ रजत र १ कास्य पदक हासिल गरेकी थिइन् । यसैगरी सुनाखरीकै अर्का छात्र अनिष राईले फक्ताङ्लुङ मिडिया हाउस प्रा

    • प्रकाशित मितिः असार १२, २०८१
    • ६९२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी र मोरंगमा बाढीले पाँच जनाको मृत्यु,

    धरान/ सोमबारदेखि अविरल वर्षासँगै स्थानीय खोलाहरुमा आएको बाढीले सुनसरीको धरानका विभिन्न स्थानमा दर्जनौ घर परिवार बाढीको उच्च जोखिममा परेका छन् भने मोेरंगमा खोलाले बगाएर पाँच जनाको मृत्यु भएको छ । सुनसरी र मोरङको सीमा भएर बग्ने बुढी खालामा मङ्गलवार आएको बाढीले मोरङ सुन्दरहरैंचा ५ खोक्सीका ५ जनालाई बगाउँदा एकको मृत्यु भएको छ । खोलामा माछा मार्न जाने क्रममा एक्कासि बाढी आएपछि पाँच जनालाई बगाएको हो । बाढीले बगाउँदा मोरङ सुन्दरहरैंचा ५ खोक्सीका २३ वर्षीया प्रेम कला चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । पाचँजना मध्ये स्वस्तिका चौधरी भने रुखको ठुटामा अल्झिएको देखेपछि स्था

    • प्रकाशित मितिः असार १२, २०८१
    • ६१५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इन्डोर बास्केटवल कोर्टको स्तर उन्नतिका लागि सदस्य सचिव वस्नेतको प्रतिवद्धता

    धरान/धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिको संयोजनमा आयोजित ९ औ बास्केटवल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्प सोमवार समापन भएको छ । समापनको दिन सहभागि विद्यार्थी र प्रशिक्षकहरुलाई कार्यक्रमका प्रमूख अतिथि कोशि प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव कृष्ण वस्नेत परशुराम, सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदि, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भिमज्वाला राई, धरान १० न. वडाध्यक्ष एवं सुनसरी बास्केटवल संघका उपाध्यक्ष विवेक राई लगायतले प्रमाणपत्र वितरण गरेका छन । वास्केटवल खेल विकास संगै समग्र खेलकुद विकासको लागि प्रदेश खेलकुद वोर्ड वाट सक्दो सहयोग गर्ने

    • प्रकाशित मितिः असार १२, २०८१
    • ७९१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा कांग्रेसद्धारा लाली गुरांसको विरुवा रोप्ने कार्य सम्पन्न

    धरान/  सुनसरीको धरान उपमहानगरपालिका वडा नं. २० को विष्णुपादुका वंशीलामा रहेको विष्णुपाउ सामुदायिक वन तथा हिमालय ध्यान केन्द्र क्षेत्रमा सयौंको संख्यामा लाली गुरांसको विरुवा रोपिएको छ । नेपाली कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १, सुनसरीले उक्त क्षेत्रमा ६ सय २६ वटा रातो फुल्ने प्रजातिका लाली गुरांसको विरुवा रोपेको हो । कांग्रेसले विरुवा रोप्ने र संरक्षणका लागि विरुवा बार्ने कार्यलाई एकैसाथ सम्पन्न गरेको छ भने बंशीला डांडामा राष्ट्रिय झण्डा समेत राखेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा केन्द्रीय सदस्य माननीय डा. शेखर कोइरालाले लाली गुरांसको विरुवा रो

    • प्रकाशित मितिः असार ११, २०८१
    • ४८७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा भालुखोलाको बाढी गाउँ पस्यो,बस्ती बाढीको उच्च जोखिममा

    धरान/ धरान उपमहानगर भित्रको पानबारीमा अविरल बर्षासँगै आउने बाढी बाटो भएर बग्ने गरेपछि झण्डै दुई दर्जन घर परिवार नै बाढीको जोखिममा परेको छ । गएराती देखि आएको बाढीका कारण धरान ६ पानबारी घोपाली टोलको सिंहदेबी लाइनको उतरको गाउँ नै बाढीको जोखिममा परेको हो ।भालुखोलाको शिरबाट आउने बाढी सिधै गाउँ पस्ने गरेको छ । खोला नै गाउँ पसेपछि आसपासका घरपरिवार जोखिममा रहेको स्थानीय ज्ञानु राईले बताए । उनका अनुसार हरेक बर्ष आउने बाढी सिधै गाउँ पस्ने गरेको छ । बर्षात शुरु भएपछि गाउँमा रहेकाहरु रातभर निदाउँन सक्दैनन् । धरान उपमहानगरभित्रको वडा रहेपनि स्थानीय सरकारले उपेक्षा गरेको गुनासो त्यहाँ वसोबास गर्नेहर

    • प्रकाशित मितिः असार ११, २०८१
    • ४८८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved