धरानमा भालुखोलाको बाढी गाउँ पस्यो,बस्ती बाढीको उच्च जोखिममा

  • असार ११, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उपमहानगर भित्रको पानबारीमा अविरल बर्षासँगै आउने बाढी बाटो भएर बग्ने गरेपछि झण्डै दुई दर्जन घर परिवार नै बाढीको जोखिममा परेको छ ।

गएराती देखि आएको बाढीका कारण धरान ६ पानबारी घोपाली टोलको सिंहदेबी लाइनको उतरको गाउँ नै बाढीको जोखिममा परेको हो ।भालुखोलाको शिरबाट आउने बाढी सिधै गाउँ पस्ने गरेको छ ।

खोला नै गाउँ पसेपछि आसपासका घरपरिवार जोखिममा रहेको स्थानीय ज्ञानु राईले बताए । उनका अनुसार हरेक बर्ष आउने बाढी सिधै गाउँ पस्ने गरेको छ । बर्षात शुरु भएपछि गाउँमा रहेकाहरु रातभर निदाउँन सक्दैनन् ।

धरान उपमहानगरभित्रको वडा रहेपनि स्थानीय सरकारले उपेक्षा गरेको गुनासो त्यहाँ वसोबास गर्नेहरुले गरेका छन् ।

यो साल मात्रै होइन,हरेक वर्ष नै खोला गाउँ पस्छ,जस्ले गर्दा गाउँ नै जोखिममा पर्दा समेत बाढी नियन्त्रणको लागि ध्यान नदिएको स्थानीयहरु बताउँछन् ।

धरान उपमहानगरपालिका र वडा नम्बर ६ मा वडा कार्यालयमा समस्याको माग लिएर गएपनि समस्या समाधानको लागि वेवास्ता गरिएको स्थानीय ज्ञानु राई बताउँछन् ।

उनका अनुसार उक्त वस्तीको पुछारबाट डेर्‍न सहितको खोला व्यवस्थापनको लागि काम शुरु गरेको ३ वर्ष भएको छ,तर थोरै मात्रै काम भएको बाँकी काम वजेट अभावले नसकिएको राईले बताए ।

सुच्चा राईको कुल पूज ...

धरान/  किरात राई समुदायले वैशाख पूर्णिमादेखि ...

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved