धरान/धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिको संयोजनमा आयोजित ९ औ बास्केटवल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्प सोमवार समापन भएको छ ।
समापनको दिन सहभागि विद्यार्थी र प्रशिक्षकहरुलाई कार्यक्रमका प्रमूख अतिथि कोशि प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव कृष्ण वस्नेत परशुराम, सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदि, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भिमज्वाला राई, धरान १० न. वडाध्यक्ष एवं सुनसरी बास्केटवल संघका उपाध्यक्ष विवेक राई लगायतले प्रमाणपत्र वितरण गरेका छन ।
वास्केटवल खेल विकास संगै समग्र खेलकुद विकासको लागि प्रदेश खेलकुद वोर्ड वाट सक्दो सहयोग गर्ने कार्यक्रमका प्रमूख अतिथि कृष्ण वस्नेत परशुरामले मन्तव्यको क्रममा वताए ।
खेलकुद वोर्ड वाट हुन नसके आफुले व्यक्तिगत तर्फ वाट भए पनि सहयोग गर्ने सदस्य सचिव वस्नेतले प्रतिवद्धता जनाएको छ ।
उनले तत्काल धरान रंगशाला इन्डोर बास्केटवल कोर्टको स्तर उन्नतिका लागि काम अगाडि वढाउने समेत वताए ।
सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा जेष्ठ १० गते देखि असार १० गते सम्म एक महिना लामो ९ औ ट्यालेन्ट हन्ट क्याम्प सम्पन्न भएको थियो ।
ट्यालेन्ट हन्टमा एल केजि देखि एसइइ दिएर वसेका ६५ जना विद्यार्थीहरुले सहभागिता जनाएको स्वागत मन्तव्यको क्रममा कार्यक्रमका सभाध्यक्ष सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदिले जानकारी गराए ।
बास्केटवल खेल विकाश तथा बास्केटवल खेलाडि उत्पादनका लागि ट्यालेन्ट हन्टको आयोजना १३ वर्ष अगाडि देखि सुरु गरिएको उनले वताए ।
विशेष गरि एसइइ दिएर वसेका विद्यार्थीहरु लाई लक्षित गरि ट्यालेन्ट हन्ट आयोजना गरिए पनि बास्केटवल सिक्न इच्छुक सवैलाई प्रशिक्षण क्याम्पमा सहभागि गराएको थियो । एसइइ दिएका सम्भावित उदयीमान खेलाडिहरुलाई धरानका विभिन्न कलेजमा छात्रवृतिmका लागि सिफारिस गरिने आयोजकले जनाएको छ ।
अहिले सम्म ट्यालेन्ट हन्टका एक सय ५० भन्दा वढिलाई छात्रवृतिmको लागि सिफारिस गरिसकेको आयोजकले जनाए ।
ट्रयालेन्ट हन्ट प्रशिक्षण क्याम्प धरान रंगशाला इन्डोर बास्केटवल कोर्टमा संपन्न भएको थियो ।
प्रशिक्षण क्याम्पमा सहभागिहरुलाई प्रदेशका मूख्य प्रशिक्षक विकाश चाम्लिङ राई, राष्ट्रिय महिला बास्केटवल खेलाडि डा. आशा राई, चिरञ्जिवि गिरि, आस्था कुलुङ, निवा चेम्जोङ लगायतले प्रशिक्षण दिएका थिए ।