सुनाखरी एकेडमीले विद्यार्थीलाई सम्मान गर्यो

  • असार १२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरान– वडा नम्बर १२ स्थित चतरालाइनमा रहेको सुनाखरी एकेडमीले उत्कृष्ट भएका विद्यार्थीहरुलाई सम्ममान गरेको छ ।

विविध विधामा विजयी उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको हो । धरानमा भएको बीपी मेमोरियल महिला राष्ट्रिय कराँते प्रतियोगितामा सुनाखरीकी छात्रा निमा डोल्मा तामाङले २ स्वर्ण, १ रजत पदक र उत्कृष्ट फाइटरको उपाधिसहित नगद ८ हजार रुपैयाँ प्राप्त गरेकी थिइन् ।

त्यस्तै, गत ज्येष्ठ ३० र ३१ गते पोखरामा भएको १५ वर्ष मुनिका राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा सुलेखा ठाकुरले १ रजत र १ कास्य पदक हासिल गरेकी थिइन् ।

यसैगरी सुनाखरीकै अर्का छात्र अनिष राईले फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि. ले धरानमा आयोजना गरेको एसईई आइडल–२०२४ को गायनतर्फ फष्ट रनर अपको उपाधिसहित ३० हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए ।

यसैगरी गरिमा डान्स सेन्टर धरानले गत शनिबार आयोजना गरेको चिल्ड्रेन ट्यालेन्ट हन्टमा सुनाखरीकी छात्रा आयुषा राईले मस्ट चार्मिङ फेसको सब टाइटलसहित तेश्रो बनेकी थिइन् । आयुषाले १५ हजार नगद पुरस्कार प्राप्त गरेकी थिइन् ।

सुनाखरीकै तनुजा लिम्बूले मस्ट फ्रेन्डसीप, एबिका लिम्बूले मस्ट डिसिप्लिन र सोफिया राईले मस्ट एक्टिभको उपाधि हासिल गरेकी थिइन् ।

विभिन्न उपाधि हासिल गरेका विद्यार्थीहरुलाई स्कुलका प्रिन्सिपल मिलनकुमार राई, निर्देशक प्रदीप राई र प्लस टु कोअर्डिनेटर टपकुमार राईले अविर र खदा लगाएर सम्मान गरेका थिए ।

यसै अवसरमा स्कुलले कराते प्रशिक्षक किरण लामा र टेबलटेनिसकी प्रशिक्षक गीता थापालाई समेत सम्मान गरेको छ । विद्यार्थीहरुको मनोबल बढाउँदै हौसला प्रदान गर्न सम्मान गरिएको प्रिन्सिपल राईले बताए ।

अनेमसंघ सुनसरीमा विण ...

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सु ...

हाइवे विस्तारबाट जग् ...

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका–१० जिरिखिम् ...

६२ प्रतिशत काम सम्पन ...

धनकुटा । तराइदेखि पहाड हुँदै हिमाली जिल्ला जोड्ने छोटो ...

शिक्षक आन्दोलनले निर ...

धरान । शिक्षा एउन जारी गर्न माग गर्दै निरन्तर आन्दोलनमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved