Top 4

    Showing २,०११-२,०२० of ९,७९८ items.
  • धरानको शिवजट्टा : प्राकृतिक र धार्मिक महत्व बोकेको पर्यटकीय स्थल ओझेलमा

    सुनसरी/ धरान उपमहानगरपालिका–४ मा अवस्थित ऐतिहासिक तथा प्राकृतिक रूपमा अत्यन्तै रमणीय स्थलशिवजट्टा प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । पर्यटकीय दृष्टिले अपार सम्भावना बोकेको यो स्थानको विकासमा सरकारी चासो नपुग्दा पर्यटकको ध्यान तान्न सकेको छैन । शिवजट्टा नजिकैको नमस्ते झरना (साँगुरीगढी, धनकुटा) भन्दा कम आकर्षक छैन । तर पनि सडक पहुँच अभावका कारण सर्वसाधारणका लागि सहज गन्तव्य बन्न सकेको छैन । धरान बजारबाट मात्र करिब ५ किलोमिटर टाढा भए पनि यहाँ पुग्न कठिन छ । गर्मी याममा वनभोज र पौडी खेल्न जानेहरूको लागि शिवजट्टा उपयुक्त स्थल हो । पर्यटन व्यवसायीहरूका अनुसार यति सम

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • ७२४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जिन्दगी सन्तानका लागि बिते, बुढ्यौली आश्रमका चार पर्खालभित्र

    धरान/  जीवनभर सन्तानका सपना बुन्दै बिताएका धेरै आमाबुबा अहिले आफ्नै छोराछोरीबाट टाढिएर वृद्धाश्रमका चार पर्खालभित्र एक्लोपनमा दिन गनिरहेका छन्। कोशी प्रदेशका सहरी सहरहरूमा व्यापार, पूर्वाधार र शिक्षाको विकास तीव्र गतिमा भइरहे पनि यिनै सहरभित्र आत्मीयता र पारिवारिक ममताबाट वञ्चित वृद्धवृद्धाको पीडादायी यथार्थ छ। ७० वर्षीया इन्दिरा सुवेदी विगत १४ वर्षदेखि इटहरीस्थित रामजानकी शान्ति वृद्धाश्रममा बस्दै आउनुभएको छ। एक समय थियो, जब उहाँको जीवन सन्तानको साथ, सानो चियापसल र घरायसी खुसीले भरिएको थियो। तर एकपछि अर्को पारिवारिक दुर्घटनाले उहाँलाई आश्रयविहीन बनायो। “सानै उमेरमा विवाह गर

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • ७६१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पुल उद्घाटनमा लिङ्देन: सपना र इमान्दारी भए विकास रोकिन्न

    बनियानी/ झापाको हल्दिबारी गाउँपालिकाको वडा नं ५ र १ जोड्ने भुतेनी खोलामा निर्माण सम्पन्न गरिएको पक्की पुलको आज औपचारिक उद्घाटन गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा संघीय सांसद राजेन्द्र लिङ्देनले उद्घाटन समारोहमा बोल्दै जनप्रतिनिधिमा सपना, योजना र इमान्दारी भए विकासमा कुनै पनि अवरोध आउन नदिने बताए। “हल्दिबारीले यहाँको सर्वाङ्गीण विकासमा जुन फड्को मारेको छ, म त्यसका लागि सबैलाई बधाइ दिन्छु,” सांसद लिङ्देनले भने। हल्दिबारी गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनका अनुसार हालसम्म गाउँपालिकाभित्र एक सय ५० काठेपुल विस्थापित गर्दै पक्की पुल तथा कल्भर्ट निर्माण गरिएका

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • ५७८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नवनियुक्त गभर्नर डा. विश्व पौडेलद्वारा अर्थमन्त्री पौडेलसँग भेट

    काठमाडौं/ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले आज बिहान भेट गरेका छन्। गभर्नर नियुक्तिपछि पहिलो पटक अर्थ मन्त्रालय पुगेका डा। पौडेलले अर्थमन्त्रीसँग शिष्टाचार भेट गरेका हुन्। भेटका अवसरमा अर्थमन्त्री पौडेलले गभर्नर डा। पौडेललाई बधाइ दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले वित्तीय नीति र मौद्रिक नीतिबीच समन्वय गरी अघि बढ्नुपर्नेमा जोड दिँदै वर्तमान आर्थिक तथा मौद्रिक चुनौती समाधानमा डा. पौडेलले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे। गभर्नर पौडेलले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको माध्यमबाट सरकारको वि

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • ५३४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुहबीमा लागुऔषध र साइबर क्राइमबारे जनचेतना कार्यक्रम सम्पन्न

     दुहबी/ इलाका प्रहरी कार्यालय दुहबीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत दुहबी नगरपालिका–१२ स्थित वुग्डहरीको केशलिया इङ्लिस बोर्डिङ स्कुलमा लागुऔषध तथा साइबर अपराधसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा कक्षा ८ मा अध्ययनरत करिब ६० जना विद्यार्थी, युवा–युवती र अभिभावकहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा इलाका प्रहरी कार्यालय दुहबीका प्रमुख प्रहरी निरीक्षक सागर तिमिल्सिनाले लागुऔषधको दुष्प्रभाव र यसको कारणले युवा पुस्तामा पर्ने असरबारे प्रोजेक्टरमार्फत विस्तृत जानकारी दिएका थिए। त्यस्तै, समुदाय–प्रहरी साझेदारी प्रतिनिधिले बढ

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • ६३७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलाममा बुधबारदेखि सिनेमा पर्यटन महोत्सव

    धरान । चलचित्र पत्रकार संघले जेष्ठ ७ गते अर्थात बुधबारदेखि जेष्ठ ९ गते सम्म ’सिनेमा पर्यटन महोत्सव २०८२’ हुने आयोजना गर्ने भएको छ।इलामको श्री अन्तु, सुर्योदय नगरपालिका, इलाम बजारमा विविध कार्यक्रमको साथ महोत्सव आयोजना हुने भएको हो। चलचित्र पत्रकार संघ कोशी प्रदेशको संयोजन, संघको जिल्ला शाखाहरु इलाम, झापा, सुनसरी र मोरङको व्यवस्थापनमा हुने चलचित्र पत्रकारहरुको दोस्रो राष्ट्रिय भेला सहितको उक्त महोत्सव हुने भएको हो।महोत्सव अन्तरगत संघको २६औं वार्षिक उत्सव कार्यक्रम, राष्ट्रिय चलचित्र पत्रकारिता दिवस, सम्मान–पुरस्कार, सिनेमा र पर्यटन संवाद, अन्तरक्रिया, कार्याशाला लगायतको विविध

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • ६१५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सवारीसाधन चोरी गर्ने गिरोह पक्राउ, ४ मोटरसाइकल र १ अटो टेम्पो बरामद

    झापा/  झापाको इलाका प्रहरी कार्यालय अनारमनीले सवारीसाधन चोरीमा संलग्न ४ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट चोरीका ४ वटा मोटरसाइकल र १ अटो टेम्पो बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–३ स्थायी घर भई हाल कनकाई नगरपालिका–६ बुद्धचोक बस्ने २८ वर्षीय रञ्जित राजवंशी, २६ वर्षीय प्रदीप राजवंशी, २० वर्षीय सहकारी कुमार राजवंशी र बिर्तामोड–७ का २७ वर्षीय जागिर आलम रहेका छन्। उनीहरू सबै मुस्लिम समुदायका हुन्। प्रहरीका अनुसार झापा जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएपछि उजुरीको आधारमा अनुसन्धान थालिएको थियो। अनुसन्धानको क्रममा उनीहर

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • १,२३० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा सुविधा सम्पन्न सभा हल सञ्चालनमा, उद्योगी, पत्रकार र व्यवसायी सम्मानित

    धरान/  सुनसरी उद्योग वाणिज्य सङ्घले सुविधा सम्पन्न पार्टी प्यालेससहितको सभा हल सञ्चालनमा ल्याएको छ। एसीसहितको नयाँ हलको सोमबार उद्घाटन गरिएको हो। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सङ्घको ४१औँ साधारण सभाको अवसरमा पुनःनिर्मित भवन उद्घाटन गरेका हुन्। वाणिज्य सचिव किसन मास्केले पुनःनिर्माणमा झण्डै ३० लाख रुपैयाँ खर्च भएको जानकारी दिए। पहिला २०० जनाको क्षमतामा सीमित हल अब ४ सय जनालाई अटाउने गरी निर्माण गरिएको छ। स्टार होटलस्तरको फर्निसिङसहितको हल सभा, समारोह तथा विवाह भोजका लागि प्रयोग गर्न सकिनेछ। साधारण सभामा पत्रकार तथा व्यवसायीलाई सम्मान गरिएको छ।

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • ६८७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा अफ्रिकन स्वाइन फिभरको प्रकोप, ३६ बङ्गुरको मृत्यु

    सुनसरी/  बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण ३६ वटा बङ्गुरको मृत्यु भएको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा. मनोजकुमार महतोका अनुसार स्थानीय किसानले व्यावसायिक रूपमा पालेका बङ्गुरमा यो सङ्क्रमण पुष्टि भएको हो। बराहक्षेत्र–१ मा रहेको दियाली कृषि फार्ममा २० वटा बङ्गुरमा सङ्क्रमण देखिएको र तीमध्ये १७ वटाको मृत्यु भएको छ। त्यस्तै, बराह बङ्गुर फार्ममा १५ वटामा सङ्क्रमण पुष्टि भएकोमा सातवटा बङ्गुर मरेका छन्। यसैगरी, स्थानीय सुवास श्रेष्ठको बङ्गुर फार्ममा २२ वटामा सङ्क्रमण देखिएको र १२ बङ्गुरको मृत्यु भएको डा. महत

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • ७४५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जङ्गलमा निगुरो टिप्न गएका पुरुषको पाँच दिनपछि शव भेटियो

    सुनसरी / मोरङको कानेपोखरी गाउँपालिका–५ का ५२ वर्षीय जितलाल राजवंशीको शव पाँच दिनपछि जङ्गलमा फेला परेको छ। निगुरो टिप्न भनी घरबाट निस्किएका राजवंशी यही जेठ २ गते बिहानदेखि बेपत्ता थिए। राजवंशीको खोजीमा परिवार र स्थानीयवासी निरन्तर खटिएका थिए। अन्ततः जेठ ६ गते बिहान करिब ११ बजे कानेपोखरी–७ स्थित राष्ट्रिय वन क्षेत्रभित्र उनको शव फेला परेको हो। शव घरदेखि करिब पाँच किलोमिटर उत्तरतर्फको जङ्गलभित्र भेटिएको स्थानीयले जानकारी दिएका छन्। शव फेला परेपछि तत्काल इलाका प्रहरी कार्यालय कानेपोखरीलाई खबर गरियो। सूचना प्राप्त हुनेबित्तिकै प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थलमा पुग्यो। स

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • ६८० पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved