Top 4

    Showing १,९५१-१,९६० of ९,७९५ items.
  • धनकुटाको बाढीग्रस्त सडक निरीक्षणमा मन्त्री भण्डारी, आज साँझदेखि एकतर्फी आवागमन खुल्ने

    विराटनगर/  कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले धनकुटाको बाढीले क्षति पुर्‍याएको सडक क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। शनिबार प्रदेश सरकारको तर्फबाट निरीक्षणमा पुगेका मन्त्री भण्डारीले स्थानीय प्रशासन र सरोकारवालासँग समन्वय गरी सडक खुलाउने पहल गरेका हुन्। उनका अनुसार आज साँझबाट धरान–धनकुटा सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आउनेछ। बिहान बाढीले धनकुटाको मूलघाट नजिकै करिब ३० मिटर सडक बगाएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो। मन्त्री भण्डारीले वर्षा र बाढीको समय सुरु भइसकेकाले सबैलाई सतर्क रहन आग्रह गरेका छन्। साथै, विपद् व्यवस्थापनका लागि कोशी

    • प्रकाशित मितिः जेठ १७, २०८२
    • ५४० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मनसुनको पहिलो दिनै धनकुटामा बाढीको कहर, कोशी लोकमार्गको ३० मिटर सडक बगायो

    सुनसरी/ यस वर्षको मनसुन सुरु भएको पहिलो दिन शुक्रबार रातिको भीषण वर्षापछि धनकुटाको लेउती खोलामा आएको बाढीले कोशी लोकमार्गको करिब ३० मिटर सडक कटान गरेको छ। धनकुटाको साँघुरीगढी गाउँपालिका–६ फेदीमा कालोपत्रे सडक कटान गरी खोलाले बगाएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। धनकुटा प्रहरीले दिएको जानकारीअनुसार, एसपी शरदकुमार थापा क्षेत्रीले भने, “रातिको झरीले खोलामा बाढी आयो, जसले २५–३० मिटर सडक भत्काएको छ। यसले आज बिहानैदेखि कोशी लोकमार्ग बन्द भएको छ।” धनकुटाबाट पाँचथर–ताप्लेजुङ जोड्ने सडकसमेत अवरुद्ध बाढीले धनकुटामा अरु दुई ठ

    • प्रकाशित मितिः जेठ १७, २०८२
    • १,२०३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अन्जु गुरुङ ‘मिसेस स्टेट २०२५’ कोशी प्रदेशको ताज विजेता

    धरान/ वुमन्स वर्थ ग्रुप (WWG) द्वारा बिहीबार आयोजित ‘मिसेस स्टेट २०२५’ सिजन थ्री कोशी प्रदेश प्रतियोगितामा अन्जु गुरुङले शीर्ष उपाधि जितेकी छन्। १७ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिसेस स्टेटको साथसाथै ‘मिसेस ब्युटिफुल’ र ‘बेस्ट स्माइल’ शीर्षक पनि हात पारिन्। गुरुङले उपाधिसँगै नगद ५१ हजार रुपैयाँ, ट्रफी, गिफ्ट ह्याम्पर र एक वर्षको सूर्य ज्योति लाइफ इन्स्योरेन्स प्राप्त गरिन्। उनलाई पूर्व मिस नेपाल एवं प्रमुख निर्णायक उषा खड्गी र मिसेस स्टेट सिजन टु विजेता पुष्पा फोम्बोले ताज पहिराइदिएका थिए। प्रतियोगितामा ममता शाह फर्स्ट रनरअप घोषित भइन्। उनले २५ हजार रु

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • १,१९४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भोजपुरको ऐतिहासिक सेल्मे फलाम खानी पुनःसञ्चालनको माग

    भोजपुर/ नेपालमा फलाम खानीको उल्लेख्य सम्भावना हुँदाहुँदै पनि राज्यको बेवास्ताका कारण कतिपय खानीहरू बन्द छन्। त्यही मध्ये एक हो, भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका–९ मा अवस्थित सेल्मे फलाम खानी। करिब १५० वर्ष पुरानो इतिहास बोकेको यो खानी वि.सं. २०१३ सालसम्म सञ्चालनमा थियो। हाल यो खानी पूर्ण रूपमा बन्द छ, जसले गर्दा स्थानीय कालीगडहरू बाह्य देशबाट आयात हुने फलाममा निर्भर बन्न बाध्य छन्। स्थानीयको भनाइमा, राज्यले अध्ययन अनुसन्धान गरी पुनः सञ्चालन गरे रोजगारी र आर्थिक विकासको राम्रो आधार बन्न सक्नेछ। स्थानीय कालिगड मनकुमार विश्वकर्मा भन्छन्, “यहाँको फलाम

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • ५९८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ११४३ किलो गाँजासहित दुई महिला पक्राउ

    उदयपुर/ उदयपुरमा प्रतिबन्धित लागूपदार्थ गाँजाको ठूलो परिमाणसहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी नगरपालिका–१, रानीटारस्थित ४१ वर्षीया रत्नमाया श्रेष्ठको घरबाट करिब १ हजार १४३ किलो गाँजा बरामद गरेको हो। गाँजा ३५ वटा बोरामा हालेर लुकाइएको अवस्थामा भेटिएको थियो। प्रहरीले घटनास्थलबाट रत्नमाया श्रेष्ठसँगै सोही स्थानकी ४२ वर्षीया कमला श्रेष्ठलाई पनि नियन्त्रणमा लिएको छ। हाल दुवैजनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखेर लागूपदार्थ कारोबारसम्बन्धी कानुनी अनुसन्धान अघि

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • २,०४२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राजसंस्था र हिन्दु राष्ट्रकाे मागसहित माइतीघरमा राजावादीकाे प्रदर्शन आज

    काठमाडौँ/  राजसंस्था पुनर्स्थापनाकाे माग गर्दै राजावादी समूहहरूले संयुक्त जनआन्दोलन समितिको नेतृत्वमा आज (शुक्रवार) राजधानीकाे माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएका छन्। यसअघि बिहीबार उनीहरूले शान्ति बाटिकामा प्रदर्शन गर्दै आन्दोलनको औपचारिक सुरुवात गरेका थिए। उनीहरूकाे मागमा राजसंस्थाकाे पुनर्स्थापना, नेपाललाई हिन्दु राष्ट्र घाेषणा गर्ने र सङ्घीयता खारेज गर्नेजस्ता मुद्दा छन्। संयुक्त जनआन्दोलन समितिकाे समन्वयमा सञ्चालन भइरहेको आन्दोलनमा राप्रपा, राप्रपा नेपाल लगायत विभिन्न हिन्दुवादी तथा राजावादी संघ–संगठन आबद्ध छन्। आन्दोलनकारीहरूले आफ्नो आन्दोलन अनिश्चितकाल

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • ४४७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सप्तकोशीमा गाँजाको तस्करी! नदीमै भेटियो सयौं किलो लागू औषध

    बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्रस्थित सप्तकोशी नदी हुँदै ठूलो मात्रामा लागूपदार्थ तस्करी भइरहेको सूचना पाएपछि खटिएको प्रहरीले नदीमै बगिरहेको अवस्थामा २०० किलो गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगर र चतराबाट संयुक्त रूपमा खटिएको टोलीले बिहीबार बिहान २:३० बजेतिर सप्तकोशी नदीको किनारमा खोजतलास गर्ने क्रममा दुईवटा बेवारिसे ट्यूब नदीमा बगिरहेको फेला पारेका थिए। प्रहरीले ती ट्यूबहरूलाई पछ्याउँदै कोशी पुलदेखि करिब १.५ किलोमिटर दक्षिणतर्फ नदी किनारमा ल्याई खानतलासी गर्दा ८ वटा प्लास्टिकका बोरामा पोका पारिएको २०० किलो गाँजा जस्तो देखिने पदार्थ फेला परेको हो। लागू औषध ओसारपसारम

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • १,४०० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पुल त बन्यो, समस्या उस्तै : शेरा खोलाको बाढीले धरान ५ र ६ त्रसित

    धरान/  धरान उपमहानगरपालिका–५ र ६ को सिमानामा पर्ने शेरा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको लामो समय भइसक्यो। तर, पुल बने पनि जोखिम भने टरिसकेको छैन। खोलाको सतह बर्सेनि उचाइँ लिँदै जाँदा बाढीको त्रास झन् बढेको छ। खोलाले गाउँमै पानी पस्ने अवस्था सिर्जना गरेपछि स्थानीय बासिन्दा त्रासमा बाँचिरहेका छन्। धरान–६, पानबारीका स्थानीय कृष्ण गौतम भन्छन्, “करोडौं रुपैयाँ खर्चेर पुल त बनाए, तर खोलाको सतह नै यति अग्लो हुँदै गएको छ कि खोलामा बाढी आउँदा पुल मात्र होइन, सिंगो गाउँ डुब्ने खतरा देखिएको छ।” स्थानीयले हरेक वर्ष वर्षायाम नआउँदै त्रासको सामना गर्नुपर्ने बाध्यता

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • ८५३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानकाे सुनाखरी एकेडेमीद्वारा अन्तर्राष्ट्रिय कराते विजेता छात्राहरू सम्मानित

    धरान/  धरान–१२ मा अवस्थित सुनाखरी एकेडेमीले अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा चार स्वर्ण पदक जित्ने छात्राहरू निमा डोल्मा तामाङ र वर्षा राईलाई विशेष सम्मान गरेको छ। बुधबार विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यालयका प्रिन्सिपल मिलन राई, निर्देशक प्रदीप राईसहित सम्पूर्ण विद्यालय परिवारको उपस्थिति थियो। विजेता छात्राहरूलाई अबिर र खदा ओढाई सम्मान गरिएको थियो। कार्यक्रममा बोल्दै निर्देशक प्रदीप राईले छात्राहरूको सफलताले विद्यालय मात्र नभई सिंगो धरान शहरको गौरव बढाएको बताए। प्रिन्सिपल राईले विद्यार्थीहरूलाई थप प्रेरणा र हौसला दिनका लागि सम्मान कार्यक्रमको आयोजना गरिएको जान

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • ७३२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा प्रहरीको सफल अपरेसन, गाँजाको ठुलो परिमाण बरामद

    दुहबी/ सुनसरी जिल्लाको दुहबी नगरपालिका–११ स्थित तनमुना क्षेत्रबाट प्रहरीले लागू औषध गाँजाको ठूलो खेप बरामद गरेको छ। विशेष सूचनाको आधारमा गरिएको प्रहरी कारबाहीमा ४३८ किलो गाँजा सहित भारतिय नम्बर प्लेटको स्कार्पियो गाडी नियन्त्रणमा लिइएको हो। इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी चौकी तनमुना र प्रहरी चौकी रामगञ्ज वेलगछिया (शुक्रबारे) बाट संयुक्त रुपमा खटिएको टोलीले मिति २०८२।०२।१५ गते बिहान ३:०० बजे तिर तनमुना नहरचोक–शुक्रबारे भित्री सडकखण्डमा चेकजाँचको क्रममा भारततर्फबाट आउँदै गरेको WB 06 H 2858 नम्बरको भारतीय स्कार्पियोलाई रोकेको थियो। तर प्रहरी टोलीलाई

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • १,२५६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved