विराटनगर/ कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले धनकुटाको बाढीले क्षति पुर्याएको सडक क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।
शनिबार प्रदेश सरकारको तर्फबाट निरीक्षणमा पुगेका मन्त्री भण्डारीले स्थानीय प्रशासन र सरोकारवालासँग समन्वय गरी सडक खुलाउने पहल गरेका हुन्। उनका अनुसार आज साँझबाट धरान–धनकुटा सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आउनेछ।
बिहान बाढीले धनकुटाको मूलघाट नजिकै करिब ३० मिटर सडक बगाएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो।
मन्त्री भण्डारीले वर्षा र बाढीको समय सुरु भइसकेकाले सबैलाई सतर्क रहन आग्रह गरेका छन्। साथै, विपद् व्यवस्थापनका लागि कोशी प्रदेश सरकारले आवश्यक तयारी गरेको जानकारी पनि उनले दिएका छन्।