धनकुटाको बाढीग्रस्त सडक निरीक्षणमा मन्त्री भण्डारी, आज साँझदेखि एकतर्फी आवागमन खुल्ने

  • जेठ १७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले धनकुटाको बाढीले क्षति पुर्‍याएको सडक क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।

शनिबार प्रदेश सरकारको तर्फबाट निरीक्षणमा पुगेका मन्त्री भण्डारीले स्थानीय प्रशासन र सरोकारवालासँग समन्वय गरी सडक खुलाउने पहल गरेका हुन्। उनका अनुसार आज साँझबाट धरान–धनकुटा सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आउनेछ।

बिहान बाढीले धनकुटाको मूलघाट नजिकै करिब ३० मिटर सडक बगाएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो।

मन्त्री भण्डारीले वर्षा र बाढीको समय सुरु भइसकेकाले सबैलाई सतर्क रहन आग्रह गरेका छन्। साथै, विपद् व्यवस्थापनका लागि कोशी प्रदेश सरकारले आवश्यक तयारी गरेको जानकारी पनि उनले दिएका छन्।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved