मनसुनको पहिलो दिनै धनकुटामा बाढीको कहर, कोशी लोकमार्गको ३० मिटर सडक बगायो

  • जेठ १७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ यस वर्षको मनसुन सुरु भएको पहिलो दिन शुक्रबार रातिको भीषण वर्षापछि धनकुटाको लेउती खोलामा आएको बाढीले कोशी लोकमार्गको करिब ३० मिटर सडक कटान गरेको छ।

धनकुटाको साँघुरीगढी गाउँपालिका–६ फेदीमा कालोपत्रे सडक कटान गरी खोलाले बगाएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

धनकुटा प्रहरीले दिएको जानकारीअनुसार, एसपी शरदकुमार थापा क्षेत्रीले भने, “रातिको झरीले खोलामा बाढी आयो, जसले २५–३० मिटर सडक भत्काएको छ। यसले आज बिहानैदेखि कोशी लोकमार्ग बन्द भएको छ।”

धनकुटाबाट पाँचथर–ताप्लेजुङ जोड्ने सडकसमेत अवरुद्ध

बाढीले धनकुटामा अरु दुई ठाउँमा पनि सडकमा क्षति पुर्याएको छ।

चौबीसे गाउँपालिका–४ मा रहेको छहरे खोलाले तमोर करिडोर सडक भत्काउँदा पाँचथर–ताप्लेजुङ जोड्ने यातायात सेवा पनि पूर्ण रूपमा ठप्प भएको छ।

साथै, पर्यटकीय स्थल नमस्ते झरना नजिकको सडक खण्डमा पनि बाढीका कारण अवरोध भएपनि सो अवरोध प्रहरीको पहलमा हटाइएको जनाइएको छ।

मनसुन १५ दिन अगावै प्रवेश, पूर्वमा १२ घण्टामा २०३ मिमी वर्षा

नेपालमा मनसुन सामान्यभन्दा १५ दिन छिटो, शुक्रबारदेखि सुरु भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, मनसुन सुरु भएको दिनमै पूर्वी नेपालमा १२ घण्टाभित्र २०३ मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ।

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved