सप्तकोशीमा गाँजाको तस्करी! नदीमै भेटियो सयौं किलो लागू औषध

  • जेठ १६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्रस्थित सप्तकोशी नदी हुँदै ठूलो मात्रामा लागूपदार्थ तस्करी भइरहेको सूचना पाएपछि खटिएको प्रहरीले नदीमै बगिरहेको अवस्थामा २०० किलो गाँजा बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगर र चतराबाट संयुक्त रूपमा खटिएको टोलीले बिहीबार बिहान २:३० बजेतिर सप्तकोशी नदीको किनारमा खोजतलास गर्ने क्रममा दुईवटा बेवारिसे ट्यूब नदीमा बगिरहेको फेला पारेका थिए।

प्रहरीले ती ट्यूबहरूलाई पछ्याउँदै कोशी पुलदेखि करिब १.५ किलोमिटर दक्षिणतर्फ नदी किनारमा ल्याई खानतलासी गर्दा ८ वटा प्लास्टिकका बोरामा पोका पारिएको २०० किलो गाँजा जस्तो देखिने पदार्थ फेला परेको हो।

लागू औषध ओसारपसारमा नदी मार्ग प्रयोग

प्रहरीको प्रारम्भिक अनुमानमा तस्करहरूले कोशी नदीलाई सुरक्षित मार्गका रूपमा प्रयोग गर्दै लागू औषध गाँजा ओसारपसार गरिरहेका थिए। तर प्रहरीको विशेष सूचनाका आधारमा गरिएको सतर्क अपरेसनले सो योजना भत्किएको छ।

बरामद गरिएको गाँजा र ट्यूब दुवैलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।

नदी मार्गबाट लागूपदार्थको ओसारपसार हुन थालेपछि सुरक्षा चुनौती थपिँदै गएको छ। तर प्रहरीको सतर्कता र समन्वयले तस्करी रोकथाममा सहयोग पुग्ने विश्वास लिइएको छ।

प्रहरीका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ र तस्करीमा संलग्न व्यक्तिहरुको पहिचान गरी कारबाही प्रक्रिया अघि बढाइनेछ।

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved