पुल त बन्यो, समस्या उस्तै : शेरा खोलाको बाढीले धरान ५ र ६ त्रसित

  • जेठ १५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरान उपमहानगरपालिका–५ र ६ को सिमानामा पर्ने शेरा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको लामो समय भइसक्यो।

तर, पुल बने पनि जोखिम भने टरिसकेको छैन। खोलाको सतह बर्सेनि उचाइँ लिँदै जाँदा बाढीको त्रास झन् बढेको छ। खोलाले गाउँमै पानी पस्ने अवस्था सिर्जना गरेपछि स्थानीय बासिन्दा त्रासमा बाँचिरहेका छन्।

धरान–६, पानबारीका स्थानीय कृष्ण गौतम भन्छन्, “करोडौं रुपैयाँ खर्चेर पुल त बनाए, तर खोलाको सतह नै यति अग्लो हुँदै गएको छ कि खोलामा बाढी आउँदा पुल मात्र होइन, सिंगो गाउँ डुब्ने खतरा देखिएको छ।”

स्थानीयले हरेक वर्ष वर्षायाम नआउँदै त्रासको सामना गर्नुपर्ने बाध्यता छ। खोलाको सतह बढ्दा गाउँका बस्तीमा पानी पस्ने, खेतबारीमा क्षति पुग्ने र जीवन नै असुरक्षित हुने अवस्था दोहोरिइरहेको छ।

स्थानीय सरकारले बारम्बार अवगत गराए पनि समस्या ज्यूँका त्यूँ रहेको स्थानीयको गुनासो छ। "विगतमा खोलाको बाढीले ठूलो क्षति पुर्‍याएको थियो," गौतम सम्झन्छन्, "त्यसपछि मेयर हर्कराज राई आफैं आएर निरीक्षण गर्नुभएको थियो, तर त्यसपछि कुनै ठोस पहल भएको छैन।"

यता धरान उपमहानगरपालिका–६ नं. वडा कार्यालयले भने समस्या समाधानका लागि आवश्यक पहलहरू भइरहेको दाबी गरेको छ। वडा सदस्य राजेन्द्र न्यौपाने भन्छन्, “वर्षायाम सुरु हुनु अघि नै हामीले सम्बन्धित निकायलाई जानकारी दिँदै आएका छौं, बाढीका कारण विगतमा भएको क्षति दोहोरिन नदिन हामी प्रतिबद्ध छौं।”

उनका अनुसार वडाले कृषि पेशामा आधारित स्थानीयको हितका लागि सिंचाइ योजना अन्तर्गत तीन वटा परियोजना प्रदेश सरकारबाट बजेट विनियोजन गराएको छ।

तर दीर्घकालीन समाधानको बाटो अझै बन्द छ। वडाध्यक्ष भुपेन्द्र भट्टराई भन्छन्, “हामीले पटक–पटक स्थानीय सरकार र प्रदेश सरकारलाई समस्या सुनाउँदै आएका छौं, तर बजेट अभावका कारण काम अघि बढ्न सकेको छैन।”

बाढी, पहिरो र प्राकृतिक प्रकोपसम्बन्धी चेतनामूलक कार्यक्रम सरकारका तीनै तहबाट भइरहे पनि जोखिमयुक्त क्षेत्रको पहिचान गरी समस्या समाधानमा अपेक्षित ध्यान नपुगेको आलोचना स्थानीयको छ।

धरान ५ र ६ जोड्ने शेरा खोलाको बाढीले यहाँ बसोबास गर्दै आएका सयौं सर्वसाधारणको बासबास जोखिममा पार्ने खतरा दिन–प्रतिदिन बढ्दै गएको छ। सम्बन्धित निकाय समयमै सचेत नभए, भविष्यमा ठूला मानवीय तथा भौतिक क्षति हुन सक्ने संकेत स्पष्ट देखिन थालेको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved