अन्जु गुरुङ ‘मिसेस स्टेट २०२५’ कोशी प्रदेशको ताज विजेता बिकास चाम्लिङ राई

  • जेठ १६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ वुमन्स वर्थ ग्रुप (WWG) द्वारा बिहीबार आयोजित ‘मिसेस स्टेट २०२५’ सिजन थ्री कोशी प्रदेश प्रतियोगितामा अन्जु गुरुङले शीर्ष उपाधि जितेकी छन्।

१७ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिसेस स्टेटको साथसाथै ‘मिसेस ब्युटिफुल’ र ‘बेस्ट स्माइल’ शीर्षक पनि हात पारिन्।

गुरुङले उपाधिसँगै नगद ५१ हजार रुपैयाँ, ट्रफी, गिफ्ट ह्याम्पर र एक वर्षको सूर्य ज्योति लाइफ इन्स्योरेन्स प्राप्त गरिन्।

उनलाई पूर्व मिस नेपाल एवं प्रमुख निर्णायक उषा खड्गी र मिसेस स्टेट सिजन टु विजेता पुष्पा फोम्बोले ताज पहिराइदिएका थिए।

प्रतियोगितामा ममता शाह फर्स्ट रनरअप घोषित भइन्। उनले २५ हजार रुपैयाँ नगद, ट्रफी र गिफ्ट ह्याम्पर प्राप्त गरिन्। सेकेन्ड रनरअप सुनिता श्रेष्ठ भइन्। उनलाई १५ हजार रुपैयाँ नगद, ट्रफी र गिफ्ट ह्याम्पर प्रदान गरियो।

अन्य विजेता:

बेस्ट ट्यालेन्ट – मिना गुरुङ

• मिसेस पर्सनालिटी – पूजा गच्छेदार

• मिसेस फोटोजेनिक – ममता शाह

• मिसेस फ्रेन्डसिप – सृष्टि राई

• बेस्ट वाक – रिङ्की शाह गुप्ता

• मिसेस एक्टिभ – अस्मिता भुजेल

• मिसेस पब्लिक च्वाइस – सृष्टि राई

• मिसेस डिसिप्लिन – राधा राई

• मिसेस इन्स्पिरेशन – सुनिता श्रेष्ठ

 विजेताहरूले ट्रफी र गिफ्ट ह्याम्पर प्राप्त गरे।

धरान-१६ स्थित गुरुङ BBQ नयाँ पार्टी प्यालेसमा सम्पन्न प्रतियोगितामा एसएसपी भीम दाहाल, वुमन्स वर्थ ग्रुप अध्यक्ष सुजता श्रेष्ठ, उपाध्यक्ष हरि मादेन, सचिव ज्योति राई, सहसचिव छायाँ श्रेष्ठ, कोषाध्यक्ष रोजी ताम्राकार, कोरियोग्राफर डीजे ललित राई लगायतले पुरस्कार वितरण गरेका थिए।

प्रतियोगिताका निर्णायकहरूमा पूर्व मिस नेपाल उषा खड्गीसँगै वरिष्ठ पत्रकार जनकऋषि राई, सांस्कृतिक अभियन्ता संगिता भण्डारी, लायन्स इन्टरनेसनल ३२५ सि डिष्ट्रिक गर्भनर विकास अधिकारी, र नेपाल उद्योग परिषद कोशी प्रदेशका उपाध्यक्ष गरिजा सारडा थिए।

आयोजक वुमन्स वर्थ ग्रुप विवाहित महिलाहरूको व्यक्तित्व विकास र क्षमता उजागर गर्ने उद्देश्यले यो प्रतियोगिता गर्दै आएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved