Top 4

    Showing 1,781-1,790 of 9,497 items.
  • 'अपरेशन सिन्दूर' शीर्षकमा बलिउडमा तीव्र प्रतिस्पर्धा, ५० भन्दा बढी निर्माता दौडमा

    काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका सात सहरमा रहेका नौ जना आतंकवादीहरू लुकेका स्थानमा सञ्चालन गरेको ‘अपरेशन सिन्दूर’ अहिले बलिउडमा चर्चाको विषय बनेको छ। सेनाको सफल सैन्य कारबाहीसँगै यसको नामलाई लिएर फिल्म निर्माण क्षेत्रमा तीव्र प्रतिस्पर्धा देखिएको हो। दैनिक भास्करको रिपोर्टअनुसार, हालसम्म करिब ५० फिल्म निर्माता ‘अपरेशन सिन्दूर’ शीर्षकमा चलचित्र बनाउने तयारीमा जुटेका छन्। फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइज (FWICE) अन्तर्गत इंडियन मोशन पिक्चर प्रोड्यूसर्स एसोसिएसन (IMPPA) का उपाध्यक्ष बीएन तिवारीले यो जानकारी दिएका छन्। उनका अनुसार अपरेशनक

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 722 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चेक बाउन्ससम्बन्धी नयाँ कानुन लागू, जरिवाना घटाइयो, मुद्दा अब प्रहरीले मात्र चलाउने

    काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारणले सिधै अदालतमा उजुरी गर्न नपाउने भएका छन्। बुधबारदेखि लागू भएको संशोधित बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार अब यस्ता मुद्दा प्रहरीमार्फत मात्र अगाडि बढाइने छ। सरकारले विनिमेय अधिकार ऐन, २०३४ को दफा १०७९(क) खारेज गर्दै एउटै मुद्दामा दोहोरो कानुनी व्यवस्था अन्त्य गरेको हो। अब चेक बाउन्सको मुद्दा एक वर्षभित्र प्रहरीमा जाहेरी दिएर, त्यसपछिका ६ महिनाभित्र अदालतमा दायर गर्नुपर्ने व्यवस्था गरिएको छ। संशोधित ऐनले मुद्दा दर्ता प्रक्रिया मात्र होइन, चेक बाउन्सको पूर्वप्रक्रियामा समेत हेरफेर गरेको छ। अब बैंकले खातामा पैसा नपुगेको अवस्थामा खाताव

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 952 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान–८ को खहरे पुल निर्माणमा ढिलाइ, दैनिक आवागमन संकटमा

     सुनसरी/धरान उपमहानगरपालिका–८ स्थित अरुण टोलमा रहेको तीनढ्वाङ्गे खहरे पुल जीर्ण भएपछि भत्किएको झन्डै एक वर्ष बितिसक्दा पनि पुनर्निर्माण सुरु नहँुदा स्थानीयवासी दैनिक आवागमनमा संकट भोगिरहेका छन्। मदन भण्डारी राजमार्ग अन्तर्गत सडक कालोपत्रे सम्पन्न भए पनि सो पुलको पुनर्निर्माणका लागि कुनै ठोस पहल नभएको स्थानीयको आरोप छ। विक्रम संवत २०८० मा नेपाल सरकारको लगानीमा दुई लेनको मदन भण्डारी राजमार्ग अन्तर्गत कालोपत्रे गरिए पनि, सो खण्डमा पर्ने पुल भने निर्माण सम्पन्न भएको केही महिनामै, गत साउन महिनामा भत्किएको थियो। फलामको संरचनामाथि नै कालोपत्र गरिएकोले अतिरिक्त भार थेग्न नसकेर पुल ढलेको

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 546 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • १०औं बास्केटबल ट्यालेन्ट हन्टका सहभागी विद्यार्थी तथा प्रशिक्षकलाई जर्सी वितरण

    धरान/ धरान बास्केटबल संघको आयोजना, सुनसरी बास्केटबल संघको प्राविधिक सहयोग तथा धरान उपमहानगरपालिकाको संयोजनमा जारी १०औं बास्केटबल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्पका सहभागी विद्यार्थी र प्रशिक्षकहरुलाई जर्सी वितरण गरिएको छ। बुधबार धरान–१६ स्थित धरान रंगशालाको इन्डोर बास्केटबल कोर्टमा आयोजित कार्यक्रममार्फत सहभागीहरूलाई जर्सी वितरण गरिएको हो। जर्सी वितरण सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी र धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्बूले गरेका थिए। प्रशिक्षकहरूलाई भने जर्सीसँगै प्राविधिक सामग्री पनि प्रदान गरिएको थियो। बास्केटबल खेलको विकास तथा खेलाडी उत्पादन गर्ने उद्

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 873 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी पर्यटन वर्ष: घुम्न लायक १० गन्तब्य

     इटहरी/ कोशी प्रदेश सरकारले प्रदेशको समृद्धि, विकास र पर्यटन प्रवद्र्धनलाई लक्ष्य गर्दै २०८२ साललाई ‘कोशी पर्यटन वर्ष’ घोषणा गरेको छ। उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले तीनजुरे मिल्के क्षेत्रबाट पर्यटन वर्षको औपचारिक शुभारम्भ गरिसकेका छन्। पर्यटन वर्षअन्तर्गत प्रदेश सरकारले ८२ वटा गन्तव्य पहिचान गरी सूची तयार पारेको छ। साथै, नयाँ गन्तव्यहरू पहिचान गरी तिनीहरूको पूर्वाधार विकासका लागि योजना अघि बढाइएको जनाइएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन वर्षलाई सफल बनाउन सबै पक्षलाई आ-आफ्नो भूमिकामा सक्रिय हुन अपिल गरेका छन्। यसै अवसरमा नेपाल न्यूज बैंकले

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 683 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘ऊनको स्वीटर’को भव्य प्रिमियर सम्पन्न, कलाकारदेखि राजनेतासम्मको उल्लेखनीय उपस्थिति

    काठमाडौं/  नेपाली कथानक चलचित्र ‘ऊनको स्वीटर’ ले बुधबार साँझ राजधानीको सिटी सेन्टरस्थित सिनेमा हलमा भव्य प्रिमियर सम्पन्न गरेको छ। कार्यक्रममा राजनीतिक व्यक्तित्वदेखि कलाकारसम्मको उल्लेखनीय उपस्थिति रहेको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङदेनले चलचित्र उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन्। उनले पछिल्लो समय नेपाली चलचित्रहरू हेर्नलायक बन्दै गएका उल्लेख गर्दै ‘ऊनको स्वीटर’ ले पनि दर्शकको मन जित्ने विश्वास व्यक्त गरे। चलचित्रका प्रमुख अभिनेता विपिन कार्कीले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको बताउँदै “चलच

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 591 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लाहुरे बन्ने सपना: धरानमा बढ्दो आकर्षण, युवाको पहिलो रोजाइ सिंगापुर पुलिस

    धरान/  देशमा राजनीतिक अस्थिरता र बढ्दो बेरोजगारीको बाबजुद, नेपाली युवाहरुले लाहुरे बन्ने सपना त्यागेका छैनन्। देशभित्र सम्भावना देख्न नसकेका युवाहरु विदेशमा भविष्य खोज्न आतुर छन्। लाहुरे बनेर आर्थिक समृद्धि र पारिवारिक सुखको सपना सजाउने युवा पुस्ताको पहिलो रोजाइ बनेको छ — सिंगापुर पुलिस। खोटाङका विनोद श्रेष्ठ धरानस्थित ब्रेफ गोरखा ट्रेनिङ सेन्टरमा लाहुरे बन्ने सम्भावनासहित तालिममा जुटिरहेका छन्। उनी भन्छन्, "नेपालमा स्थायीत्व नहुनु, बेरोजगारी बढ्नु र आत्मनिर्भर बन्ने अवसर नहुनुका कारण लाहुरेतर्फ मोडिन बाध्य भएका हौं।" यस्तै ताप्लेजुङका सुजन लिम्बु कक्षा १२ मा अध्ययनरत छ

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 749 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भारत–पाक तनाव: ‘सिन्दूर अपरेसन’मा ४४ को ज्यान गयाे

    काठमाडौ/ दक्षिण एसियामा भारत र पाकिस्तानबीचको सैनिक तनाव फेरि उत्कर्षमा पुगेको छ। भारतले मे ७ को राति पाकिस्तानको सीमावर्ती क्षेत्रमा ‘सिन्दूर अपरेसन’ नाम दिइएको सैन्य कारबाही चलाएपछि दुवै देशमा गरी ४४ जनाको ज्यान गएको छ। भारतले पाकिस्तान प्रशासित कश्मीर र पन्जाब प्रान्तमा रहेका आतंकवादी शिविरहरूलाई लक्षित गर्दै हवाई हमला गरेको जनाएको छ। भारतीय रक्षा मन्त्रालयका अनुसार यो कारबाही अप्रिल २२ मा कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणको प्रतिशोध थियो। सो आक्रमणमा हिन्दू तीर्थयात्रीहरू मारिएका थिए, जसको जिम्मेवारी पाकिस्तानमा आधारित ‘द रेसिस्टेन्स फ्रन्ट’ले लिएको थियो

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 734 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बृहत्तर वराहक्षेत्र विकास समितिमा पदाधिकारीद्वारा पदभार ग्रहण

    वराहक्षेत्र/ बृहत्तर वराहक्षेत्र विकास समितिका नव नियुक्त पदाधिकारीहरूले बुधबार पदभार ग्रहण गरेका छन्। चतरास्थित समितिको कार्यालयमा आयोजित समारोहमा अध्यक्षसहितका पदाधिकारीहरूले औपचारिक रूपमा कार्यभार सम्हालेका हुन्। समितिको स्थापना २०६६ सालमा नेपाल सरकारअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मातहतमा गरिएको हो। हाल यो समिति कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत कार्यरत छ। समितिको उद्देश्य सुनसरीको वराहक्षेत्र नगरपालिका, रामधुनी नगरपालिका, धरान उपमहानगरपालिका, उदयपुरको बेलका नगरपालिका तथा धनकुटाको साँगुरीगढी र सहिदभूमि गाउँपालिकाभित्र रहेका धार्मिक क्षेत्रको संर

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • 640 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान–१३ मा प्रहरीको छापा, सयौँ क्याप्सुल र इन्जेक्सनसहित युवक पक्राउ

    सुनसरी/धरान उपमहानगरपालिका–१३ स्थित अमरहाट कृषि बजार नजिक एक व्यक्तिको घरबाट ठूलो परिमाणमा लागू औषध बरामद भएको छ। गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मिति २०८२/०१/२४गते आज (बुधबार) दिउँसो करिब ३ः१० बजे ३० वर्षीय मिलन लिम्बुको घरमा छापा मारेको थियो। घरमा खानतलासीका क्रममा प्रहरीले विभिन्न प्रकारका लागू औषधहरू फेला पारेर लिम्बुलाई नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय धरानका अनुसार लिम्बुको घरबाट ट्रामाडोल हाइड्रोक्लोराइड ५० मिलिग्रामका ३,०९० क्याप्सुल, डाइसाइक्लोमिन हाइड्रोक्लोराइडका ३,०७० ट्याब्लेट, बुप्रेनोर्फिनका ४ एम्पुल, फेनिरामिन मालेएटका १७ एम्पुल र डाइजेपामका ९ एम्प

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • 4,110 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved